हामीले के पायौँ सिंहदरबारबाट ? – भोला घिमिरे

२०७३ भाद्र १८ गते, शनिबार

निश्चय पनि यो कुरा उठाउदै गर्दा हामीहरुको मनमा अनेकौँ कुराहरु घुम्न सक्छ । सिंहदरबारलार्ई माया गर्ने र दलाल फासिवादी राज्यसत्तालार्ई समर्थन गर्ने जोसुकैले पनि गणतन्त्र धर्मनिरपेक्षता समाबेशी, समानुपातिकताको कुराहरु चर्का स्वरमा निकाल्लान् त्यो तिनीहरुको कुरा हो । तर, गणतन्त्रको नाममा देसलाई लुट्ने दलाल र माफिया, डन, गुन्डागर्दी, भ्रस्टचार, महङ्गी, कालोबाजारीलार्ई नियन्त्रण गर्ने गणतान्त्रिक मुलुकको सरकार खोइ ? जनता कहाँ छन् ? देसका पिल्लर मानिने ६० लाख युवा कहाँ छन ? के यो कुरालार्ई गणतन्त्रका कथित मालिक मानिने मुठ्ठिभरका दलालहरुले बुझेका छन कि छैनन् । भुकम्प गएको डेढ बर्ष बित्नै लाग्दा पनि भुकम्प पीडित पाल मुनि छन्, बाढीपीडितहरु, पहिरो पीडितहरु घरबारबिहिन भएर बिचल्लीमा छन् तर पनि सिङ्हदरबारमा रातदिन भोज भत्तेर लगाएर जनताको दुखमा एक शब्द दुख ब्यक्त गरेर मोजमस्तीमा रमाउदै हाम्रै पसिनालार्ई बिहानै र बेलुकै व्हिस्की र ब्रान्डीको बोतल ठड्याएरै बिताउनेहरु सबैभन्दा धेरै त्यही सिङ्हदरबार भित्र छन । म यो कुरा ठोकेर भन्न सक्छु । नागरिक सिटामोल नपाएर दैनिक मरिरहेका छन् । तर ती नै नागरिक सिटामोल नपाएर मर्दा सङ्हदरबारमा बस्ने ब्वाँसाहरु जनताकै रगत् र पसिनाबाट अर्जिएको रास्टको ढुकुटी सिध्याउदै छन । कोहि दिल्ली पुगेर उपाचार गराउने, कोहि अमेरिका, कोहि थाइलेन्ड, कोही कहाँ कोही, कहाँ सिंहदरबारले बनाएको कानुन यिनलार्ई नलाग्ने तर हामीलाई मात्र किन लाग्ने ? गणतान्त्रिक सरकारले नागरिकलार्ई भन्नुप¥यो राष्ट्रको ढुकुटीमा नेताको मात्र राज चल्छ ? होइन भने नागरिक भोकै र नागै मर्दा वास्ता नहुने तर उमेर पुगेका पितृहरुलार्ई बचाउन राज्यको करोडौँ रकम सक्न पाइँदैन । प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा महेन्द्रले गाडेका बिकासका पिल्लरहरु बेचेर खाने भ्रस्ट, दलाल र माफियाको नेपाली राजनीतिमा हाबि हुनु लाजमर्दो कुरा हो । इथोपियाभन्दा नाजुक देश नेपाल यही सिङ्हदरबारमा पसेका भ्रस्ट र दलालहरुले गर्दा नै हो । राज्यले हरेक नागरिकलार्ई समान दृस्टिकोणले हेर्नेछ भन्नेर मिलाई मिलाई तिमीहरुले लेखेको सम्बिधानको पानामा दलितलार्ई पनि समान नै भनेर लेखेको हौला यदि त्यस्तो लेखेको छौ भने अन्तरजातिय बिबाह गर्ने मिजार कान्डका दोषीलार्ई कारवाही गर्न किन हिचकिचाउछौ ?
गलत हामी कि सिंहदरबार । गलत कानुन कि दलित, गलत भ्रस्टचारी कि इमान्दार । यी कुरा गर्दा अझै धेरै प्रस्न माथी प्रस्नहरु उठ्दै जान्छन् । सत्यको पक्षमा लड्नेलार्ई पनि त्यही सिंहदराबारिया शासकहरुले आतङ्ककारी भने । टाउकोको मूल्य नै तोके तर तिनै मुल्यबान टाउको भएका नेताहरु जब सिंहदरबार पसे तब मुल्यबान टाउको पनि एकाएक शून्यमा झर्न पुग्यो । तीन करोड नेपालीको आस एकै झड्कामा सिंहदरबारले च्वाट बनाएको हो भनेर बुझ्दा फरक पर्दैन । यहाँ सिंहदरबार सिंहदरबार भन्दै गर्दा तपाइको मनमा एउटा प्रस्न उठ्न सक्छ । सिंहदरबारको के दोस भनेर । दोस सिंहदरबारको होइन सिंहदरबार भित्र बसेर मोज गर्ने दलाल भ्रस्ट र रास्टघातीहरुको हो।
नेपालको ढलमलिएको राजनीति अस्तिरताले नेपाल फेरि पनि प्रतिगमनतिर जाँदै छ । जस्ले एउटा परिवर्तनको आवाज लिएर प्रतिगमनको विरुद्ध लड्यो त्यही प्रतिगमन को विरुद्ध लड्ने पार्टी आज तितरबितर भएको छ । नेतृत्वले सही बाटो पहिल्याउन नसक्दा आज प्रतिगमनकारी तत्वहरु सलबलाउनु स्वाभाविक नै हो । उनीहरु त केबल मुख थुन्ने शासन लाद्न खोज्छन् तर हामीलाई त्यो मान्य छैन । तिनै प्रतिगामी तत्वहरुले चिप्लो भासामा भन्ने गर्छन् लोकतान्त्रिक गणतन्त्रलार्ई सस्थागत गरौँ । हासो लाग्छ खुन तात्छ अनि दुख पनि लाग्छ । अब हामी तिमीहरुको लुटाहा लोकतन्त्रलार्ई लात हानेर हिड्ने छौँ । नेपालमा नयाँ ब्यवस्था दिने छौँ । जनअदालत ब्युँताइने छ, जनमुक्ति सेना गठन गरिने छ र अन्तिम रुपमा तिम्रो भ्रष्टाचारी लोकतन्त्रलार्ई अन्तिम रुपमा प्रहार गर्दै नयाँ जनवादी राज्यसत्ता निर्माण गर्नेछौँ, चेतना भया ..

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु