प्रधानमन्त्री ज्यू थारु चेलीलाई बलत्कार गर्न छुट छ ? – सिताराम थारु

२०७३ भाद्र १६ गते, बिहीबार

प्रधानमन्त्री ज्यू,क्रान्तिकारी अभिवादन ।
कस्तो चल्दैछ सरकार ? के.पी ओली उखाने टुक्केलाई फालेर दोस्रो पल्ट प्रधानमन्त्री हुन भएकोमा धेरै खुसी लाग्यो हजुरलाई हृदयदेखि बधाई टक्रयाउन चाहन्छु । हाम्रो तराईमा आगो लाएर दिपावली मनाउने के.पी. ओली देखि कसरी खुसी हुन्छौं ? आज हिम्मत गरेर तपाई संघीयता विरोधी, पहिचान विरोधी मान्छेलाई हाम्रो सहयोग लिई ढाल्नु भो हामी उत्पिडीत जनता निक्कै हर्षित छौं ।
संघिय गठबन्धनको रिले अनसन चलेको दिन हजुर आउनु भाथ्यो । तराई मधेशका जनतासंग लभ परेको वरषौं दिनपछि माईती आएको हजुरले जानकारी गराउदा हामी शोषित जनता निक्कै खुसी भयौं । त्यो दिन माईतीसंग सहयोग माग्नु भयो । दुश्मनलाई पराजित गर्नको लागि र हामी तराईबासी दिलदार भएको नाताले हजुरलाई फेरी विश्वास गर्दै सहयोग गर्ने बाचा ग¥यौं । केहि दिन पछि मिलेर दुश्मनलाई ढाल्ने योजना बन्यौं । हामी थारु, मधेशी, जनजाति, दलित, मुश्लिम उत्पिडनमा परेका सबै जनता ३ बुँदे शर्त सहित फेरी एकचोटी हजुरको झोला बोक्न तयार भयो । खोक्रो राष्ट्रबादीलाई हामी मिलेर ढाल्न सफल भयो । त्यो दिन धेरै आन्नद महसुस भयो खुट्टामा पाकेको घाउको खिल निस्केको झै महसुस भयोे ।
जुन दिन केपी ओली ढल्दै थिए । म पनि टि.भी हेर्दै थिए सरकार । त्यो दिन हजुर निक्कै टेनसनमा हुनुहुन्थ्यो । तर पनि केपी ओलीको बिच बिचमा टुक्के भाषणले हजुलाई मुसकुराउन बाँध्य बनाइराखेको थियो । तर प्रष्ट झल्किन्थ्यो सरकार हजुरको त्यो बनावटी मुसकुराहट । हजुरलाई केपी ओली ज्यूले दन्त्य कथा पनि सुनाउनु भयो हजुरलाई याद छ की छैन तर मलाई झलझल्टी याद आईराछ त्यो केपी जीको दन्त्य कथा । धेरै भावुक हुदै केपी जी ले त्यो फलामे बन्चरो र रुखको कथा सुनाउनु भयो । रुख रुदै थियो, कसैले त्यो रुखलाई सोध्यो । रुख दुखि हुदै जवाफ दिए, मलाई कात्न सहयोग गर्ने त मेरै जात पो रैछ । बन्चरोको बिद हजुरलाई र रुख चाही आफुलाई केपी जी ले दाज्दै ब्यंग हान्नु भयो । हजुर पनि कति चलाख मुस्कुराएर त्यो टुक्के के.पी.को बास्तविकतालाई कसैले चाल नपाउने गरि पन्छयाई दिनु भयो । त्यो दिन हजुरलाई माने र बुझे राजनिति गर्न विभिन्न सिप चाहिदो रैछ । आज बल्ल बुझे मान्छेहरु हजुरको झोला किन बोकेको भनेको त । यहि चलाखीको कमाल रहेछ ।
आज महिना दिन वित्न नपाउदै एउटा दुखद समाचार सुने मन ठाम्न नसकी हजुरलाई खुला पत्र लेख्न बाँध्य भए । उही टिकापुरको घटना एक वर्ष वित्दा पनि पिडितहरुले न्याय नपाएकोले हजुरसंग भेत्न हजुरको दरबार आका रैछन । भेटमा हजुरले पिडितसंग मनछुने आश्वासन दिनु भयो “टिकापुरको हत्यामा संलग्नलाइ माफी दिन कठिन” सरकार कुरा त निक्कै सहि गर्नु भयो । तर शंका डर हामी जस्तो कमजोर पहँुच नभएको जनतालाई खत्कीरहन्छ सताईरहन्छ । हजुरको त्यो भनाईले मेरो मनमा धेरै प्रश्न उब्जाई दियो र हजुरलाई प्रश्न गर्न मन लाग्यो । हत्याको कानुन टिकापुरको थारुलाई मात्र लाग्छ की कर्फुको समयमा थारुको घर छानी छानी आगो लगाउने, थारु चेलीहरुलाई घर घरमा गइ बलात्कार गर्ने अपराधीलाई पनि कानुन लाग्छ सरकार ? हत्याको कानुन टिकापुरको थारुलाई मात्र लाग्छ की सर्वोचोले अपराधी प्रमाणीत गरिसकेको माओवादीलाई पनि लाग्छ सरकार ? यदि लाग्दैन भने नेपालमा किन दुईटा कानुन छ सरकार ? कानुन भन्ने चिज एउटै हुदैन र ? सरकार हामी थारुले नेपालमा दुईटा कानुनको महसुस गर्दैछौ । एउटा थारुको लागि, अर्को तपाईहरुको लागि जो सत्तामा बस्छन राज्यलाई हिदाउछन् ।
सरकार हजुरलाई एकचोटी फर्केर हेर्न आग्रह गर्दछु । जातिय विभेद, वर्गिय विभेद, लिंगिय विभेद यि सबै विभेद, शोषणको विरुद्धमा तपाईले नै हतियार उठाउन सिकाएको होईन र ? हजुरले जे सिकाउनु भो हामीले उही टिकापुरमा गरीम । अन्याय, अत्याचार, शोषण, दमनको विरुद्धमा विद्रोह गरीम । हजारौं हजार बर्षदेखि ठिचिएका गुम्सिएका पिडा ठेग्न नसकी टिकापुरमा विष्फोट गरिम । यो त प्राकृतिक नियम हो सरकार । भकुण्डोमा हावा भरिदै गयो भने अन्त्यमा ठेग्न नसकी विष्फोट हुन्छ ।
तर नेपालका नश्लवादी मिडीयाहरु थारुलाई आतंककारी, विखण्डनकारी, देशद्रोही मात्र देखे । ति नश्लवादी मिडिहरुलाई जानकारी गराई दिनुस सरकार, थारुको चेलीलाई बलत्कार गर्न छुट छ, कर्फुको समयमा थारुको घर छानी छानी आगो लगाउन छुट छ, गरिब निहत्था थारुलाई गोली हान्न छुट छ । सोझा थारुलाई जे गर्न नि छुट छ सरकार । यदि सक्नु हुन्छ भने देश निकाला गर्नुस तराईका भुमिपुत्र थारुलाई । किनकी उनीहरु नेपाली जनता होईनन उनीहरु देशद्रोही हुन् यही सुन्न भन्न नश्लवादी मिडियाहरुलाई आन्नद आउछ । जति आनन्द लिनु छ लिन दिनुस यहाँका नश्लवादी मिडियालाई । हामीलाई थाहा छ ति नश्लवादी मिडियाहरुमा सच्चाई लेख्ने हिम्मत कहाँ छ ? आज यहि दुई चार दानामा विकेका मिडियाहरुले थारुको पहिचान, अधिकार इतिहास लुट्नमा लागेका छन् सरकार । यो हामीले राम्ररी बुझेका छौ र तपाई पनि बुभ्mनुस सरकार, चार हजार थारुले बलिदानी गरेर त्यो कुर्सीमा बस्न लायक बनाएका हुन । ईमान्दार थारुहरुले तपाईलाई कहिल्यै ढोका दिएका छैनन । तर तपाईबाट पटक पटक उनीहरुलाई विश्वासघात भएको छ । सायद तपाईमा थारुको पिडा, थारुको वेदना बुभ्mने क्षमता नभएर होला । कुनै दिन समस्या पर्दा माईत आउनुस तर यसपाली अमाइती आउदा असली थारु बनेर आनुस् अनि मात्र माइतीको पिडा महसुस गर्न सक्नु हुन्छ ।
लेखक ः बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु