झाेले, चम्चेहरूसंग नअल्झिनुहाेस् – भरत दाहाल

२०७३ भाद्र १६ गते, बिहीबार

नेपाललार्इ हिंसाकाे चक्रब्युहमा हाल्ने ‘सिअार्इए’ र ‘रअ’काे तयारिकाे षडयन्त्रलार्इ विषायान्तर गर्न दलका सदस्य वा समर्थकका नाममा सामाजिक सञ्जालमा यस्ता तल्लाेस्तरका मानिसहरू परिचालन गरिएका छन्, जसकाे उद्देश्य नानाथरि कमेन्टहरू गरेर हामीलार्इ सानातिना विवादमा अल्झाउनु रहेकाे छ । जानेर वा नजानेर यस्ता तत्वहरूले देशकाे मूल समस्यालार्इ अाेझेलमा पार्ने किसिमले विवाद झिक्न प्रयास गर्दै अाएका छन् ।
यतिबेला देशमाथि भैरहेकाे षडयन्त्र प्रमुख पक्ष हाे । कुनै दलका झाेले, चम्चेहरू ठूस्सिने डरले अपराधिहरूकाे पर्दाफास गर्नमा कमजाेरि भयाे भने हाम्रा अगाडि पश्चातापका अाँशु बाहेक केहि रहने छैन । सिक्कीमलार्इ भारतमा बुझाउने निर्णय गर्नुभन्दा १ घन्टा अगाडिसम्म लेण्ैडुप दाेर्जेले पनि अाफूलार्इ स्वतन्त्रता सेनानीकै रूपमा प्रस्तुत गरिरहेकाे थियाे । सद्दाम र कद्दाफिकाे निरङ्कुशताकाे विराेधमा बहकिएर परचक्रिहरूलार्इ घरभित्र बाेलाउँदा इराकि र लिवियार्इहरूले नियमित मृत्यूकाे नियति भाेगिरहेका छन् ।
साम्राज्यवाद ससैन्य देशभित्र पस्याे भने त्यसले मानव कङ्काल मात्र बाँकि राखेर जान्छ। अाफ्नाे स्वार्थका लागि यसमा मतियार बन्नेहरू जाे जाे छन्,ति अक्षम्य अपराधिहरू हुन् । यस्ताे अपराधमा पराेक्ष वा प्रत्यक्ष भूमिका खेल्ने अपराधिहरूकाे विराेध गर्दा रिसाउने मानिसहरूसंगकाे विवादमा फसिरहन जरूरि छैन। देशमा जे भैरहेकाे छ, त्यसलार्इ अाम जनतामा जस्ताकाे तस्तै लैजान र सबैलार्इ सचेत गराउन एकहाेराे ढंगले लाग्नु पर्ने बेला छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु