बाहुन नै जनजातिको प्रधान सत्रु हुन भन्ने भ्रम – अनिस तामाङ

२०७३ भाद्र १४ गते, मंगलवार

मैले पहिचान र संघीयताको लागि अवाज उठाउदै हिडेको धेरै समय भइसक्यो । प्रायले मलाई पहिचानबादी भनेर गाली गरे कै छन तर हिजो अचानक एक जना राई थर गरेको साथीले इनबक्समा पहिचान विरोधी बाहुनको झोले, बाहुनाबादी, नक्सालबादी दलाल भनेर एस. एम. एस गर्नु भयो । म एक पटक त खित्ता छोडेर हाँसे । शायद उहाँले भनेको पहिचान र मैले खोजेको पहिचानमा फरक होला , केहि प्रतिक्रिया दिइन । बास्तबमा हामी आफै बाहुनबादको अर्थ नबुझेर ढुलमुले राजनीति गरिरहेका छौं । बाहुन नै हामी जनजातिको प्रधान सत्रु हुन भन्ने भ्रम परेको छ ।
हाम्रो विरोध बाहुन हैन बाहुनबादको हो। बाहुनबादमा बाहुन मात्रै पर्दैनन् । एकल जातीय सोच, यथास्थितिवादी पुरातन मानसिकता, परिवर्तनलाई सुइकार गर्न नसक्ने सबै जातिका मान्छेहरु बाहुनबादी हुन। तर यसो भन्दै गर्द कतिपयले बाहुनबादको ठाउमा किन तामाङबाद, राइबाद भएन भनेर प्रश्न गर्न नि सक्छ। हिजो शासकहरु बाहुनहरु थिए ति बाहुन शासकहरुले एकल जातिय हैकम चलाएका थिए, आफ्नै मात्रै भाषा, आफ्नै भेषभुसा, आफ्नै संस्कृतिलाई मात्रा राष्ट्रिय रुपमा अगाडि सारिएका थियो अनि अरु समुदायको जाति, भाषा, धर्म, संस्कृतिलाई निशेधको राजनीति गरेका थिए।त्यसैले हामी उत्पिडित समुदायले ति शासकहरुलाई बाहुनबाद नाम दिएका हौ। आज त्योही शासकहरु ठिक भन्ने त बाहुन मात्रै छैन जनजातिहरु नि धेरै छन त्यसैले तिनिहरु पनि बाहुनबादी नै हुन।
अनि हिजो ति बाहुनबादी शासकहरुको विरोध गर्नेमा परिवर्तनशिल बाहुन समुदायका मान्छेहरु नि धेरै छन। हामीले शासकको विरोध गर्न त पाइयो नि।। हामीले बाहुन शासकलाई विरोध गरेका हौ बाहुन जातलाई हैन।।बाहुन हाम्रो दुश्मन हुनै सक्दैन किनकी उहाँहरु जातिय, भाषिक, संस्कृतिक रुपमा उत्पिडित त छैन तर वर्गीय रुपमा हामी भन्द नि उत्पिडित छन। तपाईं कर्णालीको किनारहरुमा गिट्टि कुट्ने गरेका बाहुन दाजुभाइहरु हेर्नुस के उहाहरु उच्च वर्गको संज्ञा दिन मिल्छ?? अनि शेष घाले, विनोद चौधरीहरुलाई हेर्नुस् के उहाँहरुलाई वर्गीय उत्पिडन भन्न मिल्छ? त्यसैले जात तोकेर गाली त्यति न्याय नहोला कि? कतिपय साथीहरूले पहिचानको नाममा बाहुनहरुलाई बेस्सरी गाली गरेका पाउछौ। साहेत यो बाटो ले पहिचान पाउछ जस्तो लाग्दैन। तपाईं संग क्षमता छ भने गाली हैन तपाईंको जातिय पहिचान बुझाउने हिम्मत राखौ। प्यारको भाषा सबैले बुझ्छन, क्रोधको भाषा एकात मात्रै बुझ्छन। तपाईंको पहिचानको लागि अरुको मनमा चोट पुर्याउनु गलत हो। ब्राह्मण साथीहरूले बाहुनबाद भनेको हामी हैन हाम्रो शासकहरु हुन भन्ने बुझ्न जरुरी छ।
हामी हिन्दुको पनि विरोधी हैन धर्म भित्रको कुसंस्कारको विरोध हौ। धर्म एउटा मनलाई शान्त बनाउने आस्थाको केन्द्र हुन। प्रत्येक धर्ममा सहि छन प्रत्येक धर्ममा गलत पनि छन। आफ्नो आङमा भैसि हिडेको नदेख्ने अरुको आङमा जुम्रा हिडेको देख्ने प्रबिधि को अन्त्य गरौँ । धर्म आफै कुनै पनि गलत छैन। गलत हाम्रो बुझाइ हुन। कुनै पनि धर्मले गलत सन्देश दिएको हुदैन।।हामीलाई गलत लाग्ने उनिहरुलाई सहि लागेको हुन सक्छ, हामीलाई सहि लाग्ने उनिहरुलाई गलत लाग्न सक्छ। यदि गलत कुरा छन भने आजको २१ औं शताब्दीका हामी युवाहरु भएर गलत चिजहरुलाई विस्तारै परिवर्तन गर्दै जाने कि हामी एक अर्कामा मुसा विरालोको खेल खेलि रहाने त!!बहुजाती,बहुभाषा, बहुधर्मको देशलाई हिन्दुराज्य माग्नु पनि गलत हो।। राज्य कुनै धर्म हुदैन, राज्य सधैं जतिया रुपमा धार्मिक रुपमा तटस्थ हुनु पर्छ। आजको दिन सम्म राज्य पछि परेको कारण पनि एकल जातीय, एकल धार्मिक राज्यको कारण नै हुन। यदि देश समृद्धि हेर्न चहानु हुन्छ भने एकल जातिय, एकल धार्मिक देश बनाउने कोशिश गर्नु मुर्खता हो।।
कतिपय ब्राह्मण साथीहरूले संघीयताको अर्थ विखण्डन भनेर नेपालमा एक प्रकारको भ्रम सिर्जना गरिरहेका छन। संघीयता अर्थ विखण्डन हैन विकास हो, एकता हो। पाँच विकास क्षेत्रलाई नै संघीयताको नामकरण दिनु पर्छ भन्नु पनि परिवर्तन विरोधी कुरा हुन। नेपालमा जातिय समस्य केहि हत सम्म हल गर्नै पर्छ। संघीयताको नामकरण अवस्था हेरेर जातिय पहिचान झल्किने नै हुनु पर्छ। विस्वको इतिहास हेर्द जातिय मुक्ति विना वर्गीय मुक्ति भएको इतिहास छैन। नेपालको खोला नदि, हिमाल पहाड देखि गल्लिगल्लिको नामकरण एक जातिको प्रतिनिधित्व गरेर दिदा आजको दिन सम्म केहि भएन तर आज संघीयताको नाम उत्पिडित जनसमुदायको पहिचान र इतिहासलाई सम्बोधन गरेर जातिय राख्द देश टुक्रिन्छ भन्नु नि गलत नै हो। यदि कसैको भाषा, संस्कृति, इतिहास लाई सम्बोधन गर्नु पर्छ भनेर भन्दै गर्द त्यसको विरोध गर्नु बाहुनबादी मानसिकता हो।।।।
हामी समानुपातिक समाबेशिको कुरा गर्ने फेरी जात तोकेर गाली गर्ने, आफ्नै जात अगाडि मात्रै अगाडि आउनु पर्छ, मेरौ धर्म मात्रै माथि आउनु पर्छ भन्न अन्याय हो। हिजो बाहुन शासकहरुले हालीमुहाली गर्थे आज फेरि बाहुन शासकहरुलाई हटाएर अर्को जातिको शासकहरुलाई हालीमुहाली गर्नु पर्छ भन्छन भने त्यो हो बाहुनबादी। हामी समानुपातिक समाबेशी चहान्छौ एकल जातिय हैकमबाद हैन। समानताले मात्रै विकासको गति लिन सक्छ समृद्धि नेपाल भन्न सक्छ। पहिचानको अन्तिम विन्दु भनेकै वर्गीय उत्पिडनको मुक्ति हुन भनेर बुझ्न अवश्याक छ। समानुपातिक समाबेशी,जातिय पहिचान सहितको संघीयता आजको अवश्यकता हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु