यसरी पनि हुन सक्छ हृदयघात

२०७३ भाद्र ४ गते, शनिबार

काठमाडौ, ४ भदौ । मुटुसम्बन्धी रोगको खतरा बढ्दो छ। हालै गरिएको एउटा अध्ययनका अनुसार यदि मुटुसम्बन्धी सबै रोगबाट बच्नुछ भने आफ्नो दाँतको राम्रो ख्याल गर्नु जरुरी छ । दाँतको जराको माथिल्लो भागमा हुने संक्रमणबाट मुटुसम्बन्धी रोगको खतरा बढ्ने गर्दछ । यो संक्रमण निकै सामान्य र लक्षणरहित हुने गर्दछ । जसमा खासै ध्यान दिने गरिन्न । यस्तो अवस्थामा उपचारमा ध्यान नदिँदा यो रोग घातक बन्ने गर्दछ ।
फिनल्याण्डस्थित युनिभर्सिटी अफ हेलसिन्कीका अध्ययनकर्ता जन लिजेस्ट्रैडका अनुसार–दाँतको जराको उपचार आवश्यक व्यक्तिले बेलैमा चिकित्सकबाट उपचार नपाए विकारबिनाका रोगीको तुलनामा एक्युट कोरेनरी सिन्ड्रोमको खतरा २.७ प्रतिशतले बढ्ने गर्दछ ।
दाँतको जरामा संक्रमण एपिकल पिरियडोन्टाइटिसको विरामी हुन् । यो रोगमा दाँतको जराको माथिल्लो भागको चारैतिर एक प्रकारको तिब्र संक्रमण र पीडा महशुस हुने गर्दछ । यो रोगको मुख्य कारण दाँतको सडन हुनु हो । अध्ययनका लागि अध्ययनकर्ताहरुले फिनल्याण्डका ६२ वर्षभन्दा माथिका उमेर समूहका ५०४ जना रोगीमाथि अध्ययन गरेका थिए । अध्ययनमा सामेल गराइएका सबै जना मुटुसम्बन्धी रोगी थिए ।
अध्ययनका अनुसार यो रोगबाट संक्रमितहरुले दाँतको रुट क्यानल गराउँदा मुटुसम्बन्धी रोगबाट बच्न सहज हुने गर्दछ । अध्ययनले पुष्टि गरेको छ कि मुखमा हुने कुनै पनि प्रकारको संक्रमणले शरीरका अन्य अंगलाई पनि प्रभावित गर्दछ । यो अध्ययनको निष्कर्ष जर्नल अफ डेन्टल रिसर्चमा प्रकाशित छ। – एजेन्सी

प्रतिक्रियाहरु