नेविसंघको नेतृत्वका लागि मतदान सम्पन्न

२०७३ भाद्र २ गते, बिहीबार

काठमाडौ, २ भदौ । नेपाल विद्यार्थी संको नयाँ नेतृत्वका लागि रातभरी नै मतदान भएको छ । हिजो मध्यान्ह सुरु भएको मतदान भर्खरै सम्पन्न भएको छ । ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि हिजो दिउँसोबाट मतदान सुरु भएको थियो ।
उम्मेदवार धेरै भएको र मतदान गर्दा समय लाग्ने भएकाले रातभरी मतदान गर्नु परेको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । मतदाताले आफ्नो उम्मेदवारको नाम खोज्न नै धेरै समय लगाउने गरेका छन् ।
आजै बिहान ९ बजेपछि मतगणना गर्ने तयारी छ । एक अध्यक्षका लागि सात जना, २ महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लािग ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । एक सय २९ पदका लागि झण्डै ७ सय जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीसहित ६ जना भने निर्विरोध भएका छन् ।
सहमहामन्त्रीमा परमेश्वर साह र सदस्यमा सितारा बनु, कल्पना खड्का, सरोज रेग्मी, सीता गौतम र सुमित्रा शाही निर्विरोध निर्वा्चित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रियाहरु