कमल थापाले मेरो चरित्र हत्या गर्न खोजे : राणा

२०७३ श्रावण २७ गते, बिहीबार

काठमाडौं, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी उनले साउन २५ गते पार्टी एकता गर्ने तय भएको तर त्यसको अघिल्लो दिन थापाले आफूलाई गाली–गलौज गरेपछि एकता भाँडिएको जिकिर गरे । राणाले पार्टी एकता गरेपनि आफूहरु सत्तापक्षमा बस्ने र राप्रपा नेपाल विपक्षमा बस्ने सहमति भएको दाबी पनि गरे ।

प्रतिक्रियाहरु