नेताको कुर्सि जोगाइदिएर देश लुट्न पाइन्न – शोभा गजुरेल

२०७३ श्रावण ८ गते, शनिबार

यो कुर्ची ताना तानको खेल कहिले सम्म ? यसको तिथि मिति कहिले समाप्त नहुने भो देशमा संसदीय व्यवस्था रहेसम्म ।कहिलेसम्म बन्ने हामी छिमेकीको गुलाम ? हामी स्वतन्त्र कहिले हुने ? कहिले उठ्छ हाम्रो स्वाभिमान ? सधै छिमेकी कै भरमा बाच्न पर्ने ? सत्ता उसैले चलाएको छ । नेता उसकै गोटी बनि नाचिरहन्छन । कहिले कुन खेलाडी चुन्छ , कहिले कुन । खेल मैदान बनिरहेको छ , हाम्रो मातृभुमि । बिकाश योजना केहि छैन । भएपनि कागजमै सिमित । अलि अलि देखाउने योजना पनि ठेक्दारकै कमाउ धन्दामा अलपत्र , अधकल्चो र गुणस्तरहिन भएका छ । दक्ष जनशक्ति युवा विदेश पलायन भै रहेका छन् ।देशमा बाकि रहेका युवामा पनि जोश जागर घट्दैछ । हरेक युवा यौटा न यौटा पाटीको कार्यकर्ता र नेताले जे भन्छ त्यसमा ताली बजाउछ । कताबाट चन्दा बढी तान्ने युवाको दिमागमा त्यसैमा केन्द्रित छ । गाउ खाली छन् , तराइका फाट बाझै छन । देशमा काम गर्ने जनसक्ति छैन , सबै जनसक्ति अर्काको देश बनाउन विदेश पलायन भैरहेका छन् ।यो सबका आखाले देखेको तितो सत्य हो । देशका नदीनाला सबै बिक्रीमा छन् । कोहि कौडीको दाममा बिकिसके, कोहि लिलामीमा राखेका छन् । अनि हामी कसरी स्वोतन्त्र बन्न सक्छौ ? स्वाभिमानी कसरी बन्ने यसको चिन्ता नेतालाई कहिले भएन । रास्ट्रको ढुकुटी कार्यकर्तालाई बाड्दै , भिआइपिलाई बंगला र गाडी किन्दै सकिन्छ। कार्यकर्ता सबै त्यहि ध्यानमा हुन्छन । हाम्रो पाटीको सरकार आए पैसा हात पर्थ्यो । जस्तोसुकै डुकुलठुक नेता पदमा पुगोश , उनलाई त्यसमा मतलब छैन , मात्र आफ्नो पाटी पुग्न पर्यो। जति भस्ट्र नेता किन नहोश आफ्नो पाटीको भए हाई हाई । अनि त नेता गर्छ खुले आम देशको ढुकुटीमा डकैति । करोडौको पाटी दिन्छ । आफनो कार्यकर्तालाई जयजय कार् गर्न लगाउछ । पैसाको मातमा होस् गुमाएका कार्यकर्ता दाया बाया केहि हेर्दैनन् । नेताको जय जय कारमा आफु गुलाम बनिदिन्छन । देशको भबिस्य के होला भन्ने उनीहरुमा रति चिन्ता देखिदैन । चिन्ता छ त आफ्नो नेताको कुर्सि जोगाउन । जसरि हुन्छ नेतालाई खुसि पारी देशको धन लुट्न । अनि त्यस्ता लुट्न पल्केका कार्यकर्तालाई काम गर्न मन हुन्न डुलेर खाने बनि बस्छ । मेहनत होइन चन्दा उठाउने उनको धन्दा हुन्छ । जहिलेसम्म जसको सरकार टिक्छ त्यहिलेसम्म नेता देखि कार्यकर्तासम्म त्यहि देशको ढुकुटीमा ब्रम्म लुट गर्छन । अनि अर्कालाई छिमेकीले उक्साउछ । उसको पालो सकियो अब अर्का थरिलाई लुट्न पालो दिन्छ । यो उसको योजनाबद्द खेल हो । जसरी हुन्छ, नेपाललाई अस्थिर बनाउने, देशको ढुकुटी रित्याइदिने । गरिब रास्ट्रको नामकरण गराइ आफ्नो प्रभाब कायम राख्ने । त्यसो गर्दा देशको बिकाश हुन्न अनि सधै नेपाली उसकै गुलाम बन्नुपर्छ । आफ्नो देशमा केहि उत्पादन छैन अनि सधै छिमेकी कै मुख ताक्न पर्छ । यो नै हाम्रो आजको नियति हो । यो जहिलेसम्म चल्छ यो देश बिकाश होइन झन् बिनाश हुदै जान्छ । श्रम गर्न चाहने युवा सबै विदेश पलायन हुनेछ । देशमा रहने युवाले मेहनत होइन गुलामीको बाटो रोज्ने छ । आज देशलाई सिनेमा बनाइ छिमेकी निर्माताले हामीलाई दर्शक बनाई लुटिरहेको छ । रंगमंचको पर्दा जस्तो बनिरहेको छ हाम्रो देश । क्षेणिक मनोरंजन लिएर हामी सिनेमामा रमाइ रमाई हेरिरहेका छौ , त्यसले हाम्रो पुजीमात्र होइन हाम्रो नैतिकतालाई पनि गिराइ रहेको छ । सिनेमा का त्यी अस्लील दृश्यले हामीलाई गलत बाटोतिर धकेली रहेको छ । देश सखाप बनाइदिएर हामीलाई उसको गुलाम बनाउन उ बिस्तारै सफल हुदैछ । हाम्रै सम्पति कौडीको भाउमा बेच्दै हामी उसको गोठाला बन्दैछौ । यसमा अब कसले कसलाई दोष दिने ? आफैले आफैलाई कि अरुलाई । हामीले हाम्रा सन्तानलाई के जवाफ दिने? हाम्रो गुलामीपनले देश डुब्यो । यसको लागि माफी माग्नु बाहेक हमिसग अर्को विकल्प नहुने कुरा हामीले आजै बाट सोच्नु जरुरि छैन र ? आज देशलाई यो अबस्थामा पुर्याउने अरु कोहि होइन यहि व्यवस्था हो । जसका कारण अब हामी डुब्दै छौ । धेरै ठुलो दलदलमा फस्दै छौ । यो जनिसकेर पनि अझै हामी त्यहि भुमरीमा पस्न खोज्छौ भने यो हाम्रो नादानी होइन उल्लुपन हुनेछ । देशको लागि अबपनि नसोची हामी यदि नेताकै गुनगान र उनले गरेका गलत काममा ताली पिटिरहन्छौ भने अब धेरै दिन बाकिरहने छैन ,हाम्रो स्वाभिमान गुमेको बिगुल बज्न । देशको लागि केहि नगर्ने अनि देश भक्त बन्ने यो हाम्रो नाटकको पर्दाफाश हुदैछ । मेहनत नगरी बिकाश खोज्ने । यो गतिहीन राजनीतिको अन्त नहुदासम्म हामीले स्वतन्त्र नागरिकको नाम जप्नु बेकार छ । आफ्नो घर बन्धकी राखी जुवा खेल्ने हाम्रा नेताकापछि लागेर हामी कहिले सुरक्षित हुन् सक्दैनौ । त्यो घर एकदिन जुवामा हार दिने छन् हाम्रा नेताले, अनि हामी घरबिहिनी बन्ने पक्का छ । अझैपनि हामीले यो कुरामा सचेत भएनौ भने हाम्रो मातृभूमि जुवाकै खालबाट पराइको हातमा पुग्ने निश्चित छ । अनि हामी कार्यकर्ता बनि नेताको गुलाम बनेकोमा आफैलाई धिक्कार्ने छौ । जब हाम्रो मातृभूमि नेताले जुवामा हार्ने छन् तब हामी पछुताउनु बाहेक अर्को बिकल्प हुने छैन । सिनेमाको निर्माता हाम्रो छिमेकी आफ्नो सिनेमाको लगानी उठेर खुशीले गदगद हुदा हामी आफ्नो सम्पति सिध्याउदै सिनेमा हेर्नेसग न कुनै योग्यता बाकि हुन्छ , न सिप ,न मेहनत गर्ने वानी, न सम्पति अनि हामी त्यति बेला के हुन्छौ ? त्यो आज नेताको गुलाम बन्ने हरेक कार्यकर्ताले सोच्नु अत्यन्त जरुरि छ । अझ पनि नेताको कुर्सि जोगाएर देश लुट्न पाइन्छ भन्ने मानसिकताबाट हामी टाढा गएनौ भने यो घटना हुने निश्चित छ । सबैलाई चेतना भया ..
– हाल – फ्रान्स

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु