राष्ट्रिय युवा जनस्वयंसेवक र नेपाली युवा – ओम प्रकाश पुन

२०७३ श्रावण ७ गते, शुक्रबार


कम्युनिष्ट युवकहरु र अन्य जनसुकै युवकहरुको हकमा गर्नुपर्ने एउटै कार्य हो सिक्नु : क.लेनिन ।

आरम्भ,
राष्ट्रिय युवा जनस्वयं सेवक हाम्रो पार्टी नेकपा माओवादीको सहायक संगठन हो । हरेक पार्टीले आफ्नो वर्गाधार र उद्देश्य अनुरुप युवा संगठनहरु निर्माण गरेका हुन्छन् । हाम्रो पार्टीले पनि सोहि अनुरुप नै राष्ट्रिय युवा जनस्वयं सेवकको निर्माण गरेको छ । यो संगठनको उद्देश्य हाम्रो पार्टीको जनवादी क्रान्ति गर्ने उद्देश्य संग अभिन्न रुपले जोडिएको छ । यो अन्य पार्टीको जस्तो सामान्य कार्यदिशालाई सहयोग गर्ने स्थिर वा अस्थिर प्रकृतिको मात्रै नभई संघर्षको प्रकृति र आबश्यकता अनुरुप रुपान्तरित हुने संगठन हो । जस्तो कि २०५२ साल फागुन १ गते पार्टी जनयुद्घमा जानु पूर्व यो संगठन वाईसेल(थअ)िको रुपमा थियो, जो पछि जनयुद्घकालमा जनमिलिसिया हुदै जनमुक्ति सेनामा रुपान्तरित भयो । पार्टी फेरी जब युद्घबाट खुला राजनितिक परिबेशमा आयो तब फेरी एक हिस्सा क्यानटोन मेन्टमा पिएलएको रुपमा बस्यो भने एक हिस्सा वाईसेलको रुपमा जनतामा आयो । पार्टीको एक हिस्साले क्रान्तिको परित्याग र जनमुक्ति सेनाको बिर्सजन गरे पछि पूर्ब जनमुक्ति सेना र वाईसेलमा रहेका युवाहरु नै क्रान्तिको बदलिदो परिबेश अनुरुप अहिले राष्ट्रिय युवा जनस्वयं सेवकमा संगठित भएका छन् । हो यहि भुमिका अन्तरगत अहिले राष्ट्रिय युवा जनस्वयं सेवक जनता र युवाको बिचमा लोक प्रिय र स्थापित हुदै गएको छ । यदि पार्टी र क्रान्ति एकिकृत जनक्रान्तिको कार्यदिशा अनुरुप नयाँ चरणमा प्रवेश गर्यो भने यसको भुमिका पनि सोहि अनुरुप बदलिने छ । अर्थात एकिकृत जनक्रान्ति संघर्षको अर्को प्रक्रियामा प्रवेश गर्यो भने स्वभाविक रुपले राष्ट्रिय युवा जनस्वयं सेवक जनमुक्ति सेना वा राष्ट्रिय मुक्ति सेनामा रुपान्तरित हुने छ ।
नेपाली युवाको अवस्था,
नेपाल अहिले युवा बिहिन देश बनेको छ । पासपोर्ट लिएर बिदेशिने युवाहरुको संख्या दैनिक १५ सयको हाराहारीमा छ भने बिदेशबाट दैनिक तीन जनाको लाश आईरहेको अवस्था छ । २०७२ सालको रीपोटलाई हेर्ने हो रोजगारमा गएका युवाहरुको मृतु संखया १००२ रहेको छ । खुला सिमाना वा अबैध रुपबाट जानेको संख्या पनि त्यहि अनुपातमा देखिन्छ । नेपाली गाउँहरुमा अहिले अपाङ्ग, असक्त, बृद्घ÷ बृद्घा र बाल बच्चाहरु मात्रै रहेको अवस्था छ । यो देशका दलाल शासकहरु तिनै बिदेशमा खुन पसिना बगाउने युबाहरुको रेमिट्यान्समा मोज मस्ति गरिरहेका छन् र युवाहरुलाई बिदेश पलाएन गराउन टेण्डर खोलेर बसेका छन् । यसरी नेपाली युवाहरुलाई पलायनता, निराशा र अविश्वासको भुमरीमा फसाएर यहाँको दलाल पूजिपति वर्गले एकलौटी दलाल संसदिय ब्यवस्था चलाउने कुचेष्टा गरिरहेको छ । नेपाली समाजको यो भयाबह अबस्थाको बिचबाट नेपाली युवाहरुको बिचार धारा, जीवन शैली, चरित्र र संस्कृतिलाई निम्न त्रिकोणात्मक वा त्रिपक्षिय आधारमा वर्गिकरण गरि हेर्न सकिन्छ । साथै यसका आधारमा समाधानको बाटो पनि खोज्नु पदर्छ ।
राजनैतिक÷बैचारिक धाराः– यसमा क्रान्तिकारी धारा, यथास्थितिवादी धारा र प्रतिगामी धारा पर्दछन् । क्रान्तिकारी धारा अन्तरगत राष्ट्रिय युवा जनस्वयं सेवक लगाएत नयाँ जनवाद, समाजवाद हुदै साम्यवादको लक्ष्य राख्ने देश भक्त तथा वामपंथी युवाहरु पर्दछन् । यो धारामा क्रियाशील युवाहरुमा राष्ट्रिय भावना, क्रान्तिको उद्देश्य, संघर्षशीलता, भबिश्यप्रति आशावादीता र जनउत्तरदायीत्ववोधका साथै क्रान्ति निष्ठा भरपुर मात्रामा छ । यो धारा प्रगतिशील राष्ट्रवादको आधारमा राष्ट्रियस्वाधिनताको मुद्दामा अघि बढेको छ । यथास्थितिवादी धारा अन्तरगत संसदवादी दल निकट युवा संगठनहरु वाईसेल, प्ररायुसंघ, तरुणदल र मधेशी युवा फोरम लगाएतका युवा संगठनहरु पर्दछन् । यो धारा अन्तरगत सुधारवादी र प्रतिक्रियावादी चरित्र र चिन्तनका युवाहरु क्रियाशील छन् । प्रतिगामी धारा अन्तरगत राप्रपा निकट राप्रयुसंघ लगाएत राजावादी र केहि धार्मिक संघमा आबद्घ युवाहरु पर्दछन् । यो धाराका युवाहरुको सोच निकै पश्चगामी र पुरातन प्रकारको छ । यीनिहरुको सोच भनेको हिन्दु सामन्ति समाज ब्यबस्थाको पुर्नस्थापना गर्ने रहेको छ र उनिहरुले उठाउने राष्ट्रियताको नारा पनि गाई राष्ट्रवाद वा सामन्ति अन्धराष्ट्रवादमा आधारित छ । यी तिनै प्रबृतिका युवाहरुमा सबै भन्दा खतरनाक र घातक धारा भनेको संसदवादी यथास्थितिवादी धारा हो । जसले सत्ता र शक्तिको भरमा राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई संस्थागत गर्ने ठुलो भुमिका निर्बाह गरिरहेको छ । डनबाद र धनवादको संरक्षण र परिचालनका साथै पुजिवादी साम्राज्यवादी छाडा संस्कृतिको संरक्षण र बिकाश पनि यहि धाराले गरिरहेको छ । यसले राष्ट्रियताको सवालमा दलाल एबं गुलाम राष्ट्रबादको पक्ष पोषण गर्छ ।
सामाजिक÷साँस्कृतिक धाराः– यसमा पनि मुलत तीन प्रकारका प्रबृति र धाराहरु नै क्रियाशील देखिन्छन्, जो कुनै राजनितिक दल संग स्थायी रुपले जोडिएका हुदैनन् । जस अन्तरगत श्रमिक÷बौद्घिक धारा, आभारा÷लम्पट धारा र स्वछन्दतावादी÷अर्थवादी धारा पर्दछन् । यसमा श्रमिक र बौद्घिक तप्काका युवाहरु शारिरिक र मानसिक श्रममा क्रियाशील छन् । देश,जनता र आफ्नो पेशा–ब्यबसाय प्रति चिन्ता गर्छन् । गुण दोशको आधारमा पार्टी राजनितिलाई सहयोग पनि गर्छन् । समाज र प्रकृति संग जोडिएका साहित्य श्रृजना र जनकार्य पनि गर्छन् । तर दीर्घकालीन भबिश्य प्रति उदासीन छन् र दलाल पुजीवादी ब्यबस्थाको बिकृति र बिसंगतिबाट निरास र चिन्तित छन् । आभारा र लम्पट तप्काका युवाहरुमा कुनै मानसिक र शारिरिक श्रमको गुणजाईस छैन । अश्लिल र छाडा संस्कृतिमा लिप्त हुनु, अर्धनग्न भएर हिड्नु, पैशा र मोज मस्तिको लागि आफ्नो अस्तित्व बेच्ने देखि लिएर साना–ठूला अपराधमा सामेल हुनु बिभिन्न खाले लागु औषधको कुलतमा फस्नु आदी उनीहरुको जिवन चर्या भैसकेको छ । यसमा सामान्य परिवार देखि उच्च घरानिया परिवारका युवाहरु समेत पर्छन् । उच्च घरानियाका युवाहरु मोच मस्ति र विलासिताका कारण यसरी बिग्रियका छन् भने सामान्य परिवारका युवाहरु परिस्थिती र बाध्यताका कारण बिग्रियका छन् । यो आम युवा र समाजको निम्ति डरलाग्दो चुनौति हुदै गएको छ । स्वच्छन्दतावादी–अर्थवादी धाराका युवाहरु नेपाली समाजको मौलिक संस्कृति, सामाजिक मर्यादा र परिवर्तनको आन्दोलनका चुनौति हुदै गएका छन् । यो तप्काका युवाहरुमा कुनै राष्ट्रियताको बोद्घ वा सामाजिक बोद्घ वा क्रान्ति बोध केहि पनि छैन । सिसिप पैशा कसरि कमाउन सकिन्छ ? बिदेशी संस्कृति र धर्म कसरी समाजमा घुसाउन सकिनछ ? कहाँ गएर मोजमस्ति गर्न पाईन्छ ? पैशा कमाएर समाजमा कसरी हाईफाई देखाउन सकिन्छ ? पूजीवादीहरुले बनाएका बिलासिताका सामान कस्ले कति किन्न सक्छ ? भन्ने होड भन्दा यो तप्कासंग अरु कुनै उद्देश्य छैन । यसमा खास गरेर एनजिओ÷आईएनजिओमा काम गर्ने, फिल्मि तथा अन्य पुजिवादी साँस्कृतिक क्षेत्रमा काम गर्ने, कतिपय धर्म संस्कृतिको प्रचारमा लाग्ने अनि तस्करी र गुण्डा ग्याङ्ग चलाउने युवाहरु पर्दछन् ।
यस प्रकारले युवाबर्गलाई बिषाख्त संस्कार र संस्कृतिमा लठ्याएर आफ्नो वर्गको राज बचाउन पूजिवादी साम्राज्यवादीहरुले नियोजित ढंगले तीन प्रकारका रणनितिहरु अघि सारेका हुन्छन् । त्यसममा पहिलो आफ्नो वर्गको रक्षा गर्ने भाट र दलालहरु पैदा गर्छन् । आफ्ना बफादार नोकर र सेवक तयार पार्छछन् । यसै कुरालाई जोड दिएर लेनिनले भन्नु भएको छ कि पुजिपति वर्गले युवाहरुलाई सुसंस्कृत हुने शिक्षा हैन कि पूजिपति वर्गको हित अनुकुल हुने तालिम र शिक्षा दिन्छन् जसले पूजिपति बर्गको शाान्ति तथा अमनचयनमा कुनै बिध्न बाधा नपुगाईकन उसको निम्ति नाफा कमाउन मदत गरोस । दोश्रो पूजिवादी संस्कार र संस्कृतिमा डुबाएर युवाहरुलाई घोर अर्थवादी, ब्यक्तिवादी, असामाजिक र एकलकाँटे, ब्यभिचारी र भ्रष्ट्राचारी, दलाल र राष्ट्रघाती, छाडा र स्वच्छन्दतावादी, आभारा र अपराधी बनाउछन् । जसले देश दुनियाको बारेमा केहि सोच्न नसकोस र एक लौटि आफ्नो स्वार्थको स्वर्ग बचाउन सकियोस । तेश्रो यी सबै कुराबाट बचेर युवाहरु राष्ट्रबादी र क्रान्तिकारी भएर अगाडि बढे भने दमन गर्ने र समाप्त पार्ने षयन्त्र गर्छन् ।
पलायनवादी धाराः– खास गरेर यो बिदेश जाने वा पलायन हुने प्रबृति संग संबन्धित छ । यसमा बौद्घिक, श्रमिक र अन्य गरि तीन प्रकारका युवाहरु पर्दछन् । बौद्घिक युवाहरु अबसरको खोजिमा बिदेशिने क्रम बढ्दो छ । डिभि भरेर, पिआर लिएर वा अन्य कुनै प्रयोजनमा बौद्घिकहरु पलाएन भैरहेका छन् । कति सम्म भने यहाँ प्रोफेसर भएका, जनप्रतिनिधि भएका वा अन्य कुनै राम्रो पेशा ब्यबसायमा भएका युवा समेत बिदेशमा गएर अरुको नोकर भै पैशा कमाउदै छन् र त्यस्ता युवाहरु कमै स्वदेश फर्किन्छन् । श्रमिक युवाहरु भने केहि बिकल्प नभए पछि ऋणदान गरेर विदेश जाने गर्छन् । उनिहरु थोरै मात्र भनेबमोजिमको पैशा कमाएर फर्किएका छन् । नत्र भने अधिकांश अपाङ्ग भएर , रोगि भएर, जेल परेर वा यस्तै दुःख भोगेर फर्किएका छन् । बिदेशिने युवाहरुका कैयौंका घर परिवार ध्वस्त पनि भएका छन् । तर केहि युवाहरु बिदेशमा हण्डर खाएर वा त्यहाँबाट काम सिकेर नेपालमा आएर राम्रो ब्यबसाय वा पेसा अपनाएर बसेका पनि छन् । यो सकारात्मक पक्ष हो । तेश्रो पक्षीय युवाहरु झन डरलाग्दो ढंगले बिदेशमा नारकिय जिवन बिताउदै छन् । खास गरेर युवतीहरु सुनौलो रोजगारको नाममा दलालहरुको फन्दामा परेर यशियाको घेरा काटेर अहिले अफ्रिकी मुलुकमा समेत बेचिएर बेश्याबृति गर्न बाध्य छन् । भारत लगाएत अरब मुलुकको त कुरै छोडौ । त्यस्तै कैयौं युवा युवतीहरु अहिले लागु औषत लगाएत अन्य थुप्रै अबैध कामको तस्करीमा समेत प्रयोग भैरहेका छन् । तर दलाल राज्य यसबाट बेखबर छ ।
राष्ट्रिय युवा जनस्वयंसेवकको भुमिकाः– यो युवा संगठन भनेको राष्ट्र र जनताको सेवामा स्वयं समर्पित हुने हो । स्वयंसेवक भनेको स्वईच्छिक सेवा गर्ने भनेको हो, कुनै करकाप वा सर्तमा हैन । यो संगठन भनेको युवा कम्युनिष्टहरुको संगठन हो । यसको मार्गदर्शक सिद्घान्त भनेको मालेमावाद हो । मालेमावादी शिक्षाको सार भनेको श्रमजीबीलाई बुद्घिजीवी र बुद्घिजीबीलाई श्रमजीबी बनाउने हो । लेनिनले कम्युनिष्ट नवयुवकहरुको शिक्षा भाबुकतापूर्ण ब्याख्या र परम्परागत नैतिक उपदेशका आधारमा हुनु हुदैन, किनकि शिक्षा प्रणाली पूजिपतिहरुको हातमा रहुन्जेल युवा पुस्ता अन्ध र अज्ञानी बनिरहने छ, कारण पुजिवादी शिक्षाको दश खण्डको नौ खण्ड बेकारको हुन्छ भने बाँकि एक खण्ड पनि बिकृत हुन्छ भन्नु भएको छ । युवा देश र समाजको बैकल्पिक नेतृत्व हो । भोलीको समाज कस्तो बन्ने भन्ने कुराको निर्धारण अहिलेको युवा पिढीको चेतना, चरित्र र ब्यबहारमा भर पर्छ । त्यसै कुरालाई मध्यनजर गरेर क.माओले भन्नु भएको छ, युवाहरु हो यो संसार तिमीहरुको हो हुन त हाम्रो पनि हो तर अन्तमा तिमीहरुकै हो किनकि हामी अस्ताउदा सूर्य हौं तिमी उदाउँदा सूर्य हौं । हो युवाहरुमा तातो र रातो रगत हुन्छ । युवाहरुको बिशेष क्षमता भनेको छिट्टो नयाँ चिजलाई ग्रहण गर्न सक्ने हो । युवाहरुमा जोश बढी र होस कम अर्थात संबेग कम र आबेग बढी हुन्छ । त्यसमा हामीले जोश र होस अर्थात बल र बुद्घि दुबै भर्नु पर्छ । यसलाई नै क्रान्तिकारी भाषामा लाल र दक्ष(चभम बलम भहउयचत) भनिन्छ । हाम्रो नेपाली समाज अहिले सामन्तवाद र पूजीवाद बिचको संक्रमणकालीन चरणमा छ । यसमा थुप्रै पक्षौटे चिन्तन र उत्पादन प्रणाली छ । लेनिनले भने झै हाम्रो समाजको चरित्र भनेको कि लुट, कि अरुलाई लुट्न देउ, कि अरुको निम्ति मेहनत गर, कित अरुलाई आफ्नो निम्ति काम गर्न लगाउ, कि अरुलाई दास बनाउ, कित तिमीनै अरुको दास बन भन्ने खालको छ । लेनिन कै भाषामा भन्नु पर्दा हाम्रो समाजका मानिसहरुको नसा नसामा बास्तबमा भन्ने हो भने आमाको दुध चुस्दा देखि नै यस्तो मनोभाबना, वानी र धारणा घुसेका छन् कि दासहरुको मालिक कित दासानुदास, यात सानोतिनो समपत्तिवाला, सानोतिनो कर्मचारी, सानोतिनो अधिकारी अथवा बुद्घिजीबि हुने तर आफ्नो स्वार्थ भन्दा अरुको पटक्कै चिन्ता नगर्ने चिन्तनले घर गरेको छ । हो हाम्रो नेपाली समाज यी र यस्तै मनोभावनाबाट ग्रसित भएको छ र यसका बिचबाट हामीले यो समाजलाई क्रान्ति र समृद्घिको बाटोमा लिनु परेको छ । आम जनता र युवालाई कम्युनिष्ट बनाउनु परेको छ र समाजवादी÷साम्यवादी शिक्षाले लैश पार्नु पर्ने भएको छ । क.लेनिनले नवयुवकहरुलाई भन्नु भएको छ कि कम्युनिष्ट तब मात्र बन्न सकिन्छ जव तपाईले आफ्नो बुद्घिलाई मानवजातीले आर्जन गरेको सारा ज्ञानराशीले सम्पन्न तुल्याउनु हुनेछ । क्रान्तिकारी युवा त्यो हो जो किशान र मजदुरहरु संग एकाकार भएर काम गर्छ । यस आधारमा राष्ट्रिय युवा जनस्वयंसेवकले आफ्नो कार्यभारलाई अगाडि बढाउनु पर्ने छ । हाम्रो समाजमा रहेका सर्बहारा बर्गिय, मध्यम बर्गिय र उच्च बर्गिय युवाहरुको चरित्र र बिशेषतालाई पकडेर संगठन र संघर्षको कामलाई ब्यबस्थित गर्नु पर्छ । माथि उल्लेखित धारा र प्रबृतिका युवाहरुको हकमा पहिलो, श्रमशिल र बिवेकशिल युवारुलाई साथ, सहयोग र हौसला प्रदान गरि क्रान्तिकारी आन्दोलनमा गोलबन्द गर्नु पर्छ । दोश्रो आभारा, लम्पट, स्वच्छन्दतावादी र अर्थवादीयुवाहरुलाई सुधार गर्नु पर्छ । अर्थात सके तिनीहरुलाई सुधारेर क्रान्तिको पक्षमा तान्नु पर्छ, नभए क्रान्ति बिरोधी नहुने बनाउनु पर्छ । तेश्रो दलाल, राष्ट्रघाती, जनघाती र भ्रष्टाचारीयुवाहरुलाई कार्बाहि गर्नु पर्छ । यसको साथ साथै युवा जनस्वयंसेवकले पार्टीको निति र योजनामा रहि पहिलो, आम युवा र जनताको बिचमा बिचारधारात्मक राजनितिक कामलाई ब्यापक बनाउनु पर्छ । दोश्रो देश भक्त र क्रान्तिकारी युवाहरुलाई संगठनमा गोलबन्द गर्नु पर्छ र जुझारु एवं बलियो संगन बनाउनमा जोड दिनु पर्छ । तेश्रो राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको सवाललाई लिएर ब्यापक संघर्षको उठान गर्नु पर्छ र यसमा अन्य युवा संगटन संग पनि मुद्दागत सहकार्यमा ध्यान दिनु पर्छ । चौथो, सामाजिक बिकृति र बिसंगतिका बिरुद्घ जनकार्बाहिलाई अगाडि बढाउनु पर्छ र पाचौ, भ्रष्ट र दलालहरुका बिरुद्घ शसक्त प्रकारको कार्वाहिलाई अगाडि बढाउनु पर्छ । यसको साथै अहिलेको बिकसित प्रबिधि, चेतना र बिचारलाई एकिकृत जनक्रान्तिको कार्यदिशा अनुरुप अगाडि बढाउनमा प्रयत्नशील हुनु पर्छ । यसो गरियो भने नै राष्ट्रिय युवा जनस्वयंसेवक आम जनता र नेपाली युवाको ढुकढुकि र भरोसायोग्य संगठन बन्न सक्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु