जनताले पुनः बन्दुक उठाउन नपरोस् – प्रशान्त लामा दोङ

२०७३ श्रावण १ गते, शनिबार

देश यतिखेर राजनीतिक गर्मीले तातेको छ । नयाँ संविधान कार्यान्वयनको चरणमा गर्भपात भएको, इतिहासको कालखण्डमा जनतालाई थोरै भए नि आशा दियो बालेको बामपन्थी गठबन्धन नेतृत्वको सरकार आज दिल्लीमा पाकिएको सत्ताको खिचडीमा देश र जनताको चाहनाभन्दा बाहिर गएर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्नो बहसमा पार्न खुट्टा झिकेर सत्ताको बागडोर सम्हाल्न खोज्दैछ । उसले बिस्तारवादको घोडा काँग्रेसको समर्थनमा अनि मधेशलाई बिहारसँग गभ्न तयार देखिएका आन्दोलनरत मधेशवादी दलको उपस्थिमा आपूmलाई सत्ताको चाबी लिन खोज्दैछ, त्यो पनि नौ महिनाको लागि आलोपालो गठबन्धनमा । यसरी छेपारोले रङ फेरिए झैँ सत्ताको दाउमा लाग्ने पद्धति राजनीतिको खोल ओढ्ने हनुमानलाई फाईदा होला तर देश र जनताको लागि किमार्थ फाईदा हुनेवाला छैन । ००७ सालको प्रजातन्त्रको स्थापना पछाडि जनता अनेक जालझेलको राजनीतिले जनता आशा र भरोषामा पटक पटक तुषारापात गरेको यथार्थ नकार्न सकिन्न । नेपालको करीब सात दशक लामो बहुदलीय ब्यवस्थाको राजनीतिक दलहरू भारतीय बिस्तारवाद अनि सांम्राज्यवादी शक्तिहरूको गोट्टी बन्दा देशमा यि राजनीतिक दलहरूको घैँटोमा कहिल्यै घाम लागिएन । ब्यक्तिगत स्वार्थ र गुटगत स्वार्थमा संसदीय ब्यबस्थाको दुरुपयोग भएको कुरा इतिहास प्रस्ट छ । जसले जनता ००७ सालमा संविधानसभाको निर्वाचन हुन सकिएन । देशमा पुनः पञ्चयति व्यबस्थाको उदय भयो । जनता पीडित भए । देशले काँचुली फेर्न सकिएन । ०४६ साल जनआन्दोलन भयो तर जनताले आशामा खुसी छर्ने काम कहिल्यै गर्न सकिएन । काँग्रेस सत्ता गिराउने र बनाउने घृणित खेलमा लागे जसले गर्दा एमाले नेतृत्वको ०५१ सालको जनमुखी सरकार टिक्न सकेन । देश ०५२ साल पछाडि द्वन्दमा गयो । दश बर्षको द्वन्द्वमा देश क्षेदबिच्छेद भयो । १७ हजार नेपाली जनताको ज्यान गयो । तर जनताले के पाए त ? ०६४ सालमा संविधानसभाको पहिले निर्वाचन भयो । तर संविधान पहिलो सभा पार्टीगत र गुटगत राजनीतिक स्वार्थ अनि अन्तर्राष्ट्रिय शक्तिको दलाल बन्दा संविधानसभा सरकार बनाउने र गिराउने फोहोरी खेलले संविधान दिन सकिएन । संविधानसभा विघटन भयो । न्यायालयको न्यायाधिशको नेतृत्वले दोस्रो संविधानसभा सम्पन्न भयो । संविधानसभाले जनताको दबाबको कारण अनेकण संकीर्ण असमझदारीको बाबजुद अनि भारतीय बिस्तारवादको अघोषित चक्रब्यूहको बाबजुद पनि नयाँ संविधान दियो । देशमा नयाँ संविधान घोषणा पश्चात राजनीतिक दलहरू दुई खेममा बाँडियो । एकातिर दक्षिपन्थ शक्ति र अर्कोतिर बामपन्थी शक्तिहरूको, नवीकरण भयो । आफ्नो फरक मुद्दाको बाबजुद पनि केही देशभक्त शक्तिले आफ्नो देशको स्वाभिमानको लागि बामपन्थी समीकरणलाई सहयोग गरे र बने बाम नेतृत्वको सरकार । दक्षिपन्थी धरोहर ढल्यो अनि भारतीय बिस्तारवाद र अन्तर्राष्ट्रिय साम्राज्यवादीहरू खेल असफल भो तर भारतीय बिस्तारवादले मधेशको दलाल मसिहा मधेशवादी दललाई प्रयोग गरी अस्थिरता पैदा ग¥यो । भूकम्पले थिलथिलोमा पारेको देशलाई अघोषित नाकाबन्दी गरेर भारतीय बिस्तारवादले अन्तर्राष्ट्रिय आताङ्कवादी प्रबृत्ति देखाए । तर, जनताको सहयोगको कारण त्यो बामपन्थी नेतृत्वको सरकार गिराउन बरू देश र जनताको हितलाई ध्यानमा राखी देशलाई अघि बढाउने खाका तयारीमा जुटे । जनताको मुहारमा आशा पलायो तर बिस्तारवादी शक्ति दक्षिणि छिमेकी मुलुक चीनसँगको सम्बन्ध गहिरिँदा सह्य भएन । जसले गर्दा भारतीय बिस्तावादले दक्षिणपन्थी दलाललाई हातमा लिएर देशलाई चलाउन खोजे तर देशको स्वाभिमान चल्न सकिएन । अन्त्यमा बामपन्थ भित्रको उग्रबामपन्थी शक्ति र बामपन्थी दक्षिणपन्थी शक्तिलाई हातमा लिएर बामपन्थी गठबन्धन फुटाए र आजको अवस्था सिर्जना भयो । आज देश करीब करीब दक्षिणपन्थी शक्तिको नियन्त्रणमा गयो । के अब माओवादी केन्द्रको नौ महिने गर्भिणी नेतृत्वले मधेशलाई जोगाइराख्न सक्छ त ? के अब देश स्थिर रहन्छ त ? कुनै पनि हालतमा नयाँ संविधान कार्यान्वयन हुन सक्तैन र गर्न खोजे पनि बिस्तारवादी दलाल शक्तिले कार्यान्वयन हुन दिँदैन । हिजो देशमा बिभेदीकरणमा हटाउन संघर्ष चले अब देशको अस्तित्वको निम्ति संघर्ष चल्नेछ । माओवादी नेतृत्वलाई कुनै पनि हालतमा स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई तराईलाई बिखण्डनको नारामा सही गर्न बाध्य गराए त्यसरी नै प्रचण्डलाई देशलाई सिक्किमिकरणको दिशामा बाध्य बनाउनेछ । यसको कारण देश फेरि पनि स्वाभिमानको नाममा अस्थिरतातिर जाने पक्का छ । त्यसैले होशियार देशभक्त नेपालीहरू स्थिर राजनीतिको लागि सक्दो दबाब दिउँ । अनि सत्ताको फोहोरी खेल बन्द नखेल, फेरि पनि देशले तिमीहरूको नाम जनताले बन्दुक उठाउन नपरोस् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु