आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक

२०७३ असार ३० गते, बिहीबार

काठमाडौं, ३० असार । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक गरेका छन । आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो भएकाले मुद्रास्फीति उच्च हुने भन्दै राष्ट्र बैंकले नियन्त्रणका लागि केही संकुचित मौद्रिक नीति ल्याएको छ ।
उत्पादनशील कर्जा विस्तारका लागि कृषि तथा उर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने अनिवार्य लगानीलाई १२ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।
राष्ट्र बैंकले लघुवित्त संस्थाहरुले कर्जा लगानी गर्दा लिने व्याजदरलाई सम्बन्धित संस्थाको लागत कोषको आधारमा बढीमा ७ प्रतिशतमात्र व्याज लिन पाउने व्यवस्था गरेको छ ।
यस्तै, सीमित जिल्लाबाहेक अन्य जिल्लामा लघुवित्त संस्था खोल्न राष्ट्र बैंकले अनुमति स्थगित गरेको छ । राष्ट्र बैंकले थोक कारोबार गर्ने लघुवित्त संस्थाको चुक्तापुँजी ६० करोड पुर्‍याएको छ । मौद्रिक नीतिमा शेयर लगानी, रियल स्टेटतर्फको कर्जामा केही कडाइ गरेको छ । राष्ट्र बैंकले शेयर धितोको लगानीमा प्रवाह गर्ने कर्जाको सीमालाई ६० प्रतिशतबाट ५० प्रतिशतमा झारेको छ । सरकारले बजेट ल्याएपछि त्यसलाई प्राविधिकरुपमा सहयोग गर्न राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु