सुन गाडेर राख्ने प्रहरीको फन्दामा

२०७३ असार ३० गते, बिहीबार

काठमाडौं, ३० असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ । जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको सुन पसल र उनकै घरमा गाडेर राखेको अवस्थामा काठमाडौंको महानगरीय प्रहरी वृत्त, स्वयम्भू, अपराध अनुसन्धान महाशाखा, हनुमानढोका र सिन्धुपाल्चोक प्रहरीको संयुक्त टोलीले गरेको अनुसन्धानपश्चात् उक्त परिमाणको सुन र चाँदीसहित माझीलाई बुधबार पक्राउ गरिएको हो ।
त्यसै विषयमा इलाका प्रहरी कार्यालय मेलम्चीसँग बुझ्न खोज्दा सो घटनाको थप अनुसन्धान भइरहेकाले त्यसबारे अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिनसकिने इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा पहिलोपटक प्रहरी उपरीक्षकको दरबन्दी व्यवस्था भएपछि जिल्लामा हुने तस्करी एवम् आपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु