साम्राज्यवादी हत्केलाकाे सुतलि बम – भरत दाहाल

२०७३ असार २९ गते, बुधबार

इण्डीयनहरूकाे असभ्य सत्ताले अाफूले उपहार दिएकाे हेलिकाेप्टरकाे भुक्तनि बिल पठाएकाे समाचार अाएपछि अाजै मात्र मैले याे घटनालार्इ अाफूले चाराे ख्वाएका बचेराहरूका लागि ‘गर या मर’काे संकेतका रूपमा दिएकाे चेतावनी पनि हाे भन्ने टिप्पणी गरेकाे थिएँ। बिल भुक्तानि समाचारकाे १२ घन्टा नबित्दै एमाअाेवादी केपी सरकारबाट बाहिरियाे। एमाअाेवादीलार्इ सरकारबाट निकाल्न शेरबहादुरले गरिदिएकाे कबुलियतनामाका ७ वटा बुँदाहरूमा पुष्पकमल दाहालले केपीसंग किचकिच गर्नका लागि तेर्स्याएका कुनै पनि मागहरू मूर्त रूपमा लेखिएका छैनन्, केवल तमसुके भाषा नै छ। यसबाट सहजै के कुरा बुझिन्छ भने सरकार ढाल्नका लागि दाहाल विवसताकाे नियतिबाट गुज्रिंदै अाएका थिए।
माअाेवादी नेताहरूकाे जीन्दगीकाे लगाम हेगका बाेसहरूले फुत्कार्इ सकेका छन्। उनीहरूले अार्जन गरेकाे श्रीसंपत्तिकाे पाेकाे तिनै बाेसहरूका बैंकमा खात लागेकाे छ। ‘शान्ति प्रकृया’ टुंगिएकाे फैसला गर्ने न्यायाधिशहरू पनि तिनै हुन्। १० बर्षकाे लामाे कालखण्डमा डेरा दिने, गाेलि दिने, स्याटालार्इट फाेनहरू दिने, तालिम दिने सबैकाम तिनकै हुन्।
यति मात्रै हाेर्इन, माअाेवादी नेताहरूले लेफ्ट-रार्इट गर्दै अटलबिहारी वाजपेयीकाे कार्यालयमा अाफै बिन्तिपत्र हालेका छन्। बिन्तिपत्रमा बाेसलार्इ हानि गर्ने कुनै काम नगरिने बाचा छ। यतिबेला नेपालसंग चीनकाे संबन्ध विस्तारका कारणले बाेसहरू निकै ठूलाे संकटमा फसेका छन्। याे संकट टार्न हत्केलाकाे सुतलि बम पट्काउनै पर्ने थियाे।
अर्काकाे हातमा समातिएकाे सुतलि बमबाट स्थिरताकाे अाशा गर्नेहरू महामूर्ख थिए। तर सवाल यति मात्र छैन। केपीले अाफूमाथि हानिएकाे सुतलि बमलार्इ के कसरि प्रतिकार गर्छन् भन्ने कुराले उनकाे राष्ट्रवादलार्इ अन्तिम परिक्षण गर्नेछ। उनी कित्ताबन्दीकाे बाटाेमा जानेछन् वा तिनै गिराेहहरूसंग अर्काे समिकरणकाे बाटाेमा जानेछन् ?
यसबेलाकाे अावश्यकता साम्राज्यवादका विभिन्न गिराेहहरूकाे सहमति नभएर देशभक्तहरू र देशघाति गिराेहहरूका बीचकाे ध्रुविकरण हाे। यतिबेलाकाे जरूरत सबै साम्राज्यवादीहरूका विरूद्धमा जनताकाे पंक्ति निर्माणकाे हाे। यस्ताे भूमिका निर्वाह गर्ने तत्परता नदेखाएर जनमतकाे अपमान गरेकाे खण्डमा केपी अाेलीकाे भविष्य रहने छैन।
कसकाे कदम ?
गत बैशाख दाेश्राे हप्तामा दिल्लीकाे सत्ताले शेरबहादुर र कृष्णबहादुर महरालार्इ एकैसाथ बाेलाएर सरकार ढाल्ने सहमति गराएपछि याे विषयले पहिलाे पटक सार्वजनिक चर्चा पायाे। तर अकारण सरकारबाट निस्कन एमाअाेवादीलार्इ सहज थिएन। त्यसैले दबाबका रूपमा पुष्पकमललार्इ अष्ट्रेलिया भ्रमणमा गिरफ्तार गराउने अातंक खडा गरियाे। त्यसपछि भारतीय गुप्तचर संस्थाका अधिकारीहरू हप्ताैंसम्म काठमाडाैंमा बसेर यसका लागि गृहकार्य गरे। यतिले पनि नपुगेपछि माेदीकाे दानका रूपमा प्रचारित हेलिकाेप्टर बिल भर्पार्इ काण्ड देखा पर्याे। याे कमाण्ड वस्तुतः विदेशि चाराे खाएर पेट फूलाएकाहरूलार्इ ड्युटि पूरा गर्नका लागि दिर्इएकाे कठाेर रूपकाे पराेक्ष चेतावनि थियाे। एमाअाेवादीका अगाडि कि त तत्कालै स्वाहा हुनु पर्ने कि त स्वाहा हुन केहि समय प्राप्त गर्नु पर्ने बाहेक अर्काे विकल्प नै थिएन।
ज्यूज्यान र लुटेकाे सम्पत्तिकाे सुरक्षाका लागि एमाअाेवादी नेताहरू कति विक्षिप्त भएका थिए भन्ने तथ्यकाे अनुमान २ वटा घटनाहरूबाट सहज रूपमा गर्न सकिन्छ। एउटा घटना हाे, नारायणकाजी र अमिक शेरचन लगायतका अाफ्ना बरिष्ठ नेताहरूलार्इ जानकारि नदिएर सरकारबाट फिर्ता हुने कदम चाल्नु। यसबाट के प्रष्टिन्छ भने याे एमाअाेवादी भित्रकाे मन मिल्ने गिराेहकाे निर्णय हाे, जाे गाेपनियताका कारणले सबैका बिचमा छलफल गर्न संभव थिएन। दाेश्राे घटना हाे, शेरबहादुरसंगकाे बाध्यकारि गठबन्धन। सबैलार्इ ज्ञात हाेला कि विगत २ महिना यता एमाअाेवादीले सत्य निरूपण अायाेगमा युद्धकालिन मानवता विराेधि अपराधकाे अााराेपमा सबैभन्दा बढि मुद्दा दर्ता गराएका व्यक्ति शेरबहादुर नै हुन्। शेरबहादुरतिर अाैंला देखाउनेहरूलार्इ ठेगान लगाउन एमाअाेवादीलार्इ उनकै नेतृत्वमा जाेतिएकाे छ।
एमाअाेवादी विसर्जनकाे प्रकृया सुरू :
सरकार ढल्दा उत्पन्न हुने अस्थिरतामा द्वन्दकालिन मुद्दाहरूबाट जाेगिन सकिन्छ भन्ने एकथरि एमाअाेवादी कार्यकर्ताहरूकाे बुझार्इ छ। द्वन्दकालिन केशहरू साम्राज्यवादीहरूका हातमा गैसकेकाे तथ्यलार्इ नबुझेकाहरूले यस्ताे अाशा गरेका हुन सक्छन् र तिनीहरूलार्इ के लागेकाे हुन सक्छ भने केपीले नगरि दिएकाे काम अब शेरबहादुरले गरि दिनेछन्। जसले यस्ताे साेंच बनाएका छन्, तिनीहरू रूने दिन अब सुरू भएका छन्।
अब द्वन्दकाे कथा अर्काे माेडतिर जाँदैछ। यहाँ सत्य निरूपणकाबहानामा द्वन्दकालिन मुद्दाहरूमा तल्लाे स्तरका केहि मानिसहरूलार्इ फसाउने र नेतृत्व पंक्तिका मूख्य मानिसहरूलार्इ जाेगाएर प्रयाेग गरिरहने याेजना बनेकाे छ। अब लडाकु शिविरहरूमा प्रचण्ड र बाबुरामले सेना हुलेर सबैलार्इ मध्यराति भाग्न बाध्य बनाएझैंकाे दृष्य देखिनेवाला छ। युद्धमा प्रयाेग गरेर सबैलार्इ खाडिमा विस्थापित हुन बाध्य बनाएझैं एमाअाेवादी नेताहरूलार्काेइ जाेगाउन कार्यकर्ताहरूकाे अन्तिम किस्ता जेलमा काेचिने छ। एमाअाेवादी, कांग्रेस, एमाले कतैतिरका नेताहरू अभियाेगमा फस्ने छैनन्। बाबुरामले संपूर्ण पंक्तिलार्इ खाडलमा हालेर फट्का सकेका छन्। याे काम अब दाहालबाट सुरू हुँदैछ।
एमाअाेवादीले सरकारर ढाल्ने बहानाका रूपमा जे कुराहरू उछालेकाे छ, ति एउटा पनि कार्यान्वयन हुने छैनन्। जुन दिन याे दृष्य स्पष्ट रूपमा सतहमा अाउने छ, त्याे दिनदेखि एमाअाेवादीकाे पूर्ण विसर्जनकाे थालनि हुने छ। माअाेवादी वृत्त प्रयाेगका लागि उत्पादन गरिएकाे रसायन हाे।
बाैलाहाहरूकाे सपना :
सरकार ढाल्नुका पछाडि जम्माजम्मि २ वटा कुराहरू मात्र छन्, बाहिर देखार्इएका अर्थहिन नाटकहरूकाे पछाडि कुद्नु हुँदैन। दाहालकाे कलाविहिन नाटकका पछाडिकाे एउटा कुरा हाे दिल्लीकाे पानी रणनीति। प्रदेश सिमाङ्कनका नाममा त्यसले नेपालकाे भूगाेललार्इ अाफ्नाे रणनीति अनुसार चिर्न खाेजेकाे छ। यसका पछाडिकाे अर्काे कारण हाे, चिनियाँ राष्ट्रपतिकाे भ्रमण राेक्ने र नेपालसंग भएका सहमतिहरू कार्यान्वयनकाे प्रकृया अबरूद्ध पार्ने पश्चिमाहरूकाे याेजना।
चीन र पश्चिमाहरूलार्इ लडार्इं विश्व प्रवृति हाे। याे प्रवृतिकाे दिशा चीनकाे हकमा विकाशमान र पश्चिमाहरूकाे हकमा पतनशिल छ। विश्वभरिकाे बजार गुमार्इसकेकाे, अाफै अान्तरिक द्वन्दमा फसेर विघटनतिर धकेलिएकाे र पूर्वी प्रशान्त क्षेत्रमा अाधा दर्जन उपग्रहहरू लगाएर केहि गर्न नसकिरहेकाे पश्चिमा साम्राज्यवादकाे बुर्इ चढेर संकट माेचनकाे सपना देख्नेहरू बाैलाहाहरू हुन्। स्खलनकाे गुणात्मक फड्काे मार्दै अाएकाे एमाअाेवादीले यस्ताे सपना देख्नु त भद्दा मजाक मात्र हाे।
पागलहरूकाे बकबक :
विदेशी डिजाइनमा सुरू भएकाे १२ बुँदेकाे प्रकृयामा स्थिरताकाे बकबास गर्नेहरू पागल हुन्। भिन्नभिन्न साम्राज्यवादीहरूले प्रयाेग गरेका ग्याङहरूका बीचमा अाम सहमतिकाे भ्रम छर्नेहरू पागल हुन्। मागेका मन्त्रालयहरू खान पाएपछि केपीकाे सरकारलार्इ नेपालकाे पहिलाे राष्ट्रवादी सरकारका रूपमा घाेषणा गरेर अहिले यसलार्इ राष्ट्रघाति भन्नेहरू महापागलहरू हुन्।
पागलहरूकाे शाश्त्रमा शेरबहादुर कहिले टाउकाकाे माेल ताेक्ने अपराधि हुन्छ त कहिले शान्तिकाे दूत ! पागलहरूकाे शाश्त्रमा दिल्लीकाे सत्ता कहिले शत्रु हुन्छ त कहिले मुक्तिदाता ! पागलहरूकाे शाश्त्रमा केपी अाेली कहिले एक धार्निकाे राष्ट्रवादी हुन्छ त कहिले दुर्इ धार्निकाे राष्ट्रघाति ! पागलहरूकाे शाश्त्रमा दशगजा वितण्डा कहिले विदेशी उक्साहट हुन्छ त कहिले अान्तरिक राष्ट्रियता !
याे अाफ्नाे जिन्दगी विदेशि शक्तिहरूकाे हत्केलामा पुगिसकेकाहरूकाे नियति हाे। यिनीहरूले अाजसम्म ३ पटक शान्ति प्रकृया पूरा गरिसकेका छन्। बृहत शान्तिसंझाैता गरेपछि, क्यान्टाेनमेन्टमा सेना चढाएपछि र संविधान जारि गरेपछि शान्ति अाएकाे घाेषणा गर्ने यिनीहरू अशान्तिका लागि साम्राज्यवादकाे हातका सबैभन्दा अनुकूल अाैजारभन्दा बढि केहि हाेर्इनन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु