बजेट पारित हुँदै

२०७३ असार २९ गते, बुधबार

काठमाडौं, असार २९ । सरकारले ल्याएको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आज संसद्बाट पारित हुँदैछ । अहिले केहीबेरमा बस्ने संसद बैठकले जेठ १५ गते संसदमा पेश भएको बजेट पास गर्न लागेको हो ।
संसदले गत शनिबार विनियोजित विधेयक पारित गरिसकेको छ भने आज बजेटसँग सम्बन्धित थप तीन वटा विधेयक पारित गर्ने छ । बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यसूची रहेको छ । राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयकमाथि सामान्य छलफलपछि पारित गर्ने तयारी संसद्ले गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु