बिचारमा परास्त भैसके पश्चात अराजनैतिक हर्कत – खगेन्द्र छन्त्याल

२०७३ असार २७ गते, सोमबार

समयाभावको कारण बिगत केहि समय देखि झिल्को अन्लाईन हेर्ने अवशर मिलेको थिएन ! आज अनायास एकजना सह्योद्दाले झिल्को हेर्नुस डा. ओम गुरुङको बारेमा लेखेकोछ भने लगत्तै ल्यापटप खोलेर झिल्को हेरें ! उक्त अनलाईनको समाज स्तम्भमा डा . ओम गुरुङको आर्थिक अनियमितता छताछुल्ल ” शिर्षकमा एउटा वेनामी लेख प्रकाशन भएको रहेछ ! लेख पढ्दै गर्दा त्यसमा लेखकले सो लेख मार्फत डा . गुरुङ माथि लागेको आर्थिक अनियमितताको आरोप हरुलाई पुस्टि गर्ने तथ्य संगत प्रमाण भन्दा पनि आरोपहरु कै फेहरिस्त पेश गरेको देखियो ! जस्तै सो लेखको दोस्रो प्याराग्राफमा लेखिन्छ ” विभिन्न दातृनिकायबाट लिएको सहयोग विश्वविद्यालयभन्दा पनि आफैले खर्च गरेको आरोप गुरुङमाथि छ ।
सोहि प्याराग्राफमा झिल्को फेरि लेख्छ : विभागीय प्रमुख डाक्टर ओम गुरुङसहितको टोलीले विभिन्न शीर्षकमा आठ करोडभन्दा बढी अनियमितता गरेका हुन । त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका विभागीय प्रमुख डाक्टर ओम गुरुङले कयअष्ब िचभकभबचअज ागलम बाट प्राप्त छ करोड रकम अनियमितता गरेको आरोप छ । ”
त्यस्तै तेस्रो प्याराग्राफमा उल्लेख छ : एकै दिनमा एकमुष्ट हाजिर गर्ने गरेको आरोप उनीमाथि छ । विभागलाई कर्नेल नेपाल स्टडी प्रोग्रामबाट बर्षनी दुई हजार अमेरिकी डलर आउने गर्छ । तर, विभागीय प्रमुख डक्टर गुरुङले सो रकम दाखिला नगरी अपचलन गरेको र पूर्व विभागीय प्रमुखले विद्यार्थी भर्नाबाट बचत गराएको ५७ लाख रुपैयाँ गुरुङ विभागीय प्रमुख भएपछि ६ बर्षे कार्यकालमा झन्डै छ सय देखि आठ सय विद्यार्थी भर्ना गर्दा भएको आम्दानी अपचलन गरेको समेत आरोपमा उनीमाथि छानबिन थालिएको छ ।
आरोप र यथार्थ फरक फरक कुरा हुन् ! रिस , राग आवेश र उत्तेजनामा प्रतिशोध साध्ने साधन हो आरोप ! तथ्य र प्रमाणमा आधारित सत्य हो यथार्थ ! झिल्कोले वास्तवमै डा. गुरुङको चरित्र हत्या गर्ने र वहाको व्यक्तित्व बिघटन गरिदिने आफ्नो योजनामा कामयाम हुनको निम्ति आरोप माथि आरोपको चाङ्ग लगाउने होईन कि एउटा मात्र आरोपलाई पुस्टि गर्ने आधार पेश गर्न सक्नु पर्दथ्यो !खोई आधार ? यो आरोप छ , त्यो आरोप छ मात्र भनेर अपुस्त कुरा गर्दै बिषयलाई अराजक बनाएर वातावरण भड्काउने ? या आधार सहित उभियर छानबिनलाई मद्दत गर्ने ? या निराधार ,कपोलकल्पित पूर्वाग्रही आरोप हरुको जिम्मेवार ढंगले खण्डन गर्ने ? झिल्को ग्रुपको अगाडी प्रश्नको पोको उभियकोछन !
ड़ा. गुरुंगले आफ्नो कार्य क्षेत्रमा आर्थिक अनियमितता गरेको भन्ने आरोपको कै आधारमा झिल्कोले सो लेख मार्फत पेश गरेको रकम को तथ्यांक पनि अत्यन्तै अपत्यारिलो , अपरिपक्क र अबिस्वसनिय प्रकारको देखिन्छ ! जस्तै : सो लेखको दोस्रो प्याराग्राफ मै झिल्को लेख्छ : विभागीय प्रमुख डाक्टर ओम गुरुङसहितको टोलीले विभिन्न शीर्षकमा आठ करोडभन्दा बढी अनियमितता गरेका हुन ।
सोहि प्याराग्राफ मै झिल्को थप लेख्छ : त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका विभागीय प्रमुख डाक्टर ओम गुरुङले कयअष्ब िचभकभबचअज ागलम बाट प्राप्त छ करोड रकम अनियमितता गरेको आरोप छ ।
झिल्को अगाडी लेख्छ : नियमतः विभागलाई प्रोजेक्ट चलाएबापत छ करोड रुपैयाँको १० प्रतिशत रकम बराबर ६० लाख रुपैया“ दिनुपर्ने हुन्छ । गुरुङले उक्त रकम नै अपचलन गरेका हुन ।
झिल्को फेरि लेख्छ : नियम विपरीत १० प्रतिशत नभई आठ प्रतिशत रकम बुझाउने सम्झौता भएको थियो । विभाग स्रोतले दिएको जानकारी अनुसार प्रोजेक्टबाट ल्याएको रकम कम देखाउनुका साथै त्यही सानो रकमको आठ प्रतिशत रकम विभागलाई बुझाउने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार करिब १५ लाख रुपैयाँ बुझाउनुपर्ने थियो । तर, उक्त रकम पनि बुझाइएन । प्रोजेक्ट सम्पन्न भएपछि गुरुङहरूले अन्तर्र्रािष्ट्रय सेमिनार भनेर एउटा कार्यक्रम गरेका थिए । उक्त कार्यक्रममा उपस्थित विज्ञलाई पारश्रमिक तथा कार्यक्रम खर्च गरी करिब १२ लाख रुपैयाँ खर्चियो । त्यसबाट बचेको चार लाख ३८ हजार रुपैयाँ विभागीय प्रमुख गुरुङले खातामा रकम जम्मा गरेको बताइएको छ ।
यसरी झिल्को स्वयं कै लेखको आधारमा ड़ा.गुरुङले अनियमितता गरेको रकम सुरुमा आठ करोड , त्यसपछि छ करोड , त्यसपछि साठी लाख , त्यसपछि पन्ध्र लाख र त्यो पन्ध्र लाखमा बाह्र लाख खर्च कटाएर तिन लाख भन्ने बुझिन्छ ! र फेरि सोहि लेखनुसार ड़ा . गुरुङले चार लाख अरतिस हजार खातामा राखेको भनेर बुझिन्छ ! यसरी हेर्दा झन् उल्टो ड़ा.गुरुङको एक लाख अरतिस हजार बढी गएको देखिन्छ ! अनि कहा ? र कसरि भयो ड़ा . गुरुङ बाट आर्थिक अनियमितता ?
ड़ा. ओम गुरुङ : मेरो निम्ति आज भन्दा लगभग बिष बर्स अघि अमेरिकाको कोर्नेल बिस्व विधालयमा अध्यन गर्दा देखि नै परिचित र गत दश बर्स देखि निक्कै सामिप्यतामा रहेको नाम हो ! सबै प्रकारको शोषन, दमन र उत्पीडनको बिरुद्ध संघर्स गर्ने कसम खाएका कतिपय कम्युनिस्ट नेताहरु जातिय र क्षेत्रिय शोषन ,दमन र उत्पीडन बिरोधि आन्दोलन प्रति नाक खुम्च्याएर हिडेको हामीले देखेका छौ ! तर कम्युनिस्ट पार्टी कै शिर्स नेतृत्वमा रहेर सधै पहिचानबादी आन्दोलनको अग्रिम मोर्चामा देखिने नाम हो डा. ओम गुरुङ ! सायद यहि कारण पनि होला आफुलाई कम्युनिस्ट भन्न रुचाउने तर कम्युनिस्ट मूल्य र मान्यता लाई नचिन्ने केहि मान्छेहरुको आखाको कसिंगर पनि बन्नुहुन्छ डा. गुरुङ कहिले काही ! कम्युनिस्ट क्रान्तिकारी हरु प्रति पर्तिक्रियावादी हरुले गलत ढंगले हेर्नु कुनै अनौठो कुरा होईन तर क्रान्तिकारी आन्दोलन भित्रैका कुनै कोण बाट उत्पीडन बिरोधि आन्दोलन प्रति घृणा भाव राख्नु र ति आन्दोलनको नेतृत्व गर्ने नेता कार्यकर्ता प्रति प्रतिशोध साध्नु ज्यादै दुखद कुरा हो ! डा. गुरुङको बारेमा आएको यो पछिल्लो झिल्को प्रकरण पनि यसैको एउटा कडी हो भन्दा बढी नहोला !
मैले बुझेको व्यक्तिगत स्वार्थ र लोभ लालच लाई लात्ताले हानेर हिडेको मान्छेको नाम हो ड़ा. ओम गुरुङ ! व्यक्तिगत स्वार्थ प्रति यदि उ लालायीत् हुन्थ्यो भने तत्कालिन एमाओवादी बर्तमान माके , एमाले कांग्रेश होईन उहिल्यै पंचायतले नै उसको निम्ति आवस्यक भौतिक शुख्ख सुबिधा र एस आरामको प्रबन्ध गरि सकेको हुन्थ्यो ! व्यक्तिगत भौतिक शुख्ख सुबिधा र एस आरामको बाटो हिड्न चाहन्थ्यो भने उ आफै पनि आफ्नो लागि सबै ब्यबस्था गर्न सक्थ्यो ! तर उसले ति सबलाई दुत्कार्दै आफ्नो बर्गको मुक्तिको निम्ति सब भन्दा बढी दुख्ख को बाटो रोजी रोजी हिडी रह्यो ! त्यसकारण मेरो बुझाईमा यो खालको मान्छेले नियतबस आर्थिक अनियमितता ग-यो नै भनेर पत्याई हाल्ने स्थिति छैन !
फेरिपनि , भनिन्छ ” मान्छेको भर हुदैन ” ! चिज गतिशील हुन्छ ! राम्रो चिज कुनैपनि दिन नराम्रो हुनसक्छ ! झिल्को ले लेखेनुसार ड़ा. ओम गुरुङ अख्तियारको छानबिन मै हुनुहुन्छ ! अवस्य सत्य तथ्य बाहिर आउने नै छ ! अख्तियार राज्य द्वारा गठन गरियको अधिकार सम्पन्न राज्य कै एउटा अभिन्न अंग हो उसलाई सहयोग गर्नु हामि राज्यका हरेक नागरिकको कर्तब्य हो ! तसर्थ अख्तियारको गतिविधिमा मेरो असहमति होईन ! मात्र मेरो भनाई के हो भने अख्तियारले छानबिन गर्ना साथ् त्यो व्यक्ति या संस्था गलत नै हो भनेर प्रचार प्रसार गरेर निजको चरित्र हत्याको प्रयास गरि हाल्नु राम्रो होईन ! झन छानबिन कै क्रममा अझै कारवाही भएन भन्नु त मुर्खता र पूर्वाग्रहको पाराकास्थ नै हो !
झिल्कोले सो लेखको पहिलो प्याराग्राफ मै लेख्छ : कम्युनिष्ट राजनीतिको आवरणमा देखिएका गुरुङ त्रिविको समाजशास्त्र विभागको आर्थिक अनियमिततामा मुछिएका छन । उक्त अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । तर, अहिलेसम्म कारबाही भएको छैन ।उजुरी परेमा या शंकास्पद देखियमा अख्तियार जति बेला पनि र जो संग पनि आएर छानबिन गर्न सक्छ ! र सफाई तथा कारवाहीको बिचको प्रक्रिया हो छानबिन ! गुण दोषको आधारमा छानबिन पश्चात सम्बन्धित लाई सफाई या कारवाही जे पनि हुन्क सक्छ ! तर कस्ता स्वाठ हुन् झिल्को संचालक हरु ? छानबिन भैरहेको छ तर अझै कारवाही भएको छैन भन्ने ?
खात मुनि लुकाएर राखेको बिरालोले म्याउ गरेर अन्तिममा पोल खोलिय जस्तै झिल्को अनलाईनले लेखको अन्त्यमा यत्रो कथा लेख्नुको उद्देस्य के हो आफै म्याउ गर्दै यस्तो लेख्छ : यिनी अहिले मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीको केन्द्रीय सल्लाहकार सचिव छन् । यद्दपि डा. ओम गुरुङ क्रान्तिकारी माओवादीको केन्द्रिय सल्लाहकार परिषद्को अध्यक्ष हुनुहुन्छ ! यसैलेपनि राम्रै संग बुझाउछ झिल्को लेख्नु अघि कति शोच्छ ? कति बुझ्छ ? र कति सुन्छ ? त्यसकारण डा. ओम गुरुङले आर्थिक अनियमितता गरे या गरेनन ? उनलाई अख्तियारले कारवाही गर्छ या सफाई दिन्छ ? भन्दा पनि झिल्को ले सो लेख प्रशारण गर्नु को नियत के ? उद्देस्य के ? त्यसको जवाफ खोज्नु मेरो आसय हो !
बास्तवमा झिल्को बिगत देखि नै माओवादी केन्द्र भित्रको बादल-पम्फा गुटको मुखपत्र हो यो कसैसंग छिपेको कुरा होईन ! धेरैले बुझेको कुरा हो बादल-पम्फा गुट क्रान्तिकारी माओवादीको बिघटन चाहन्थ्यो ! सो गुट आफुले जस्तै सबै नेता कार्यकर्ता र सिंगो पार्टीले प्रचण्डको पैतलामा निधार ठोकुन भन्ने चाहन्थ्यो ! सारमा त्यो गुट क्रान्तिको बिशर्जन चाहन्थ्यो ! तर केहि बिशर्जनको शिकार भए पनि केहि पलाएन भएपनि केहिले प्रतिक्रान्तिसंग आत्मसमर्पण गरेपनि पार्टीको ठुलो हिस्साले बर्तमानमा बिचारमा किरा परिसकेको तर बिगतमा युद्ध लडेको तिनको खोक्रो धमासको अघि पटक्कै नझुकेर सतिसाल बन्दै क्रान्तिकारी माओवादी लाई बिघटनबाट जोगायो ! क्रान्तिको झण्डालाई बचायो ! त्यो हिस्साको एउटा बलियो खम्बा हुनुहुन्थ्यो डा . ओम गुरुङ !त्यसैले नै निशानामा पर्नु भयो वहा ! अत : बिचारमा परास्त भैसके पश्चात अराजनैतिक हर्कतगरि मान्छेलाई हैरान पार्ने दुनियाभरको प्रतिक्रान्तिकारीहरुको अनैतिक हर्कतलाई झिल्कोले पच्छ्याउनु र पर्तिशोधको मतियार बन्नु लाई त्यति सारै अनौठो मानिरहनु नपर्ला ! र झिल्को उसको लोगो तलतिर लेखिएको जस्तै अन्तरक्रियात्मक र बिस्लेश्नात्मक नै हो या राजनैतिक प्रतिशोध साध्ने प्रतिशोधात्मक ? भन्ने कुराको पोल खुल्न पनि लामो समय कुरिरहनु अब नपर्ला !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु