क्रसरोड्स सार्वजनिक

२०७३ असार २६ गते, आईतवार

काठमाडौं, २६ असार । पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा कथा समेटेर यस पुस्तकलाई सावजनिक गरेको हो ।
पुस्तक विमोचन गर्दै प्रसिद्ध समालोचक एक उपन्यासकार सञ्जीव उप्रेतीले आफू यस कृतिभित्र सङ्गहित कथाले बोकेको स्थानीय रङ्ग र नेपाली कथाबाट निकै रोमाञ्चित भएको बताए । उनले, पश्चिमका लेखिएको सबै राम्रो तथा पूर्वको नराम्रो भनेर पूर्वाग्रह पाल्नेहरूका लागि यो पुस्तक एउटा कसिलो जवाफ भएको पनि बताए । प्रमखु वक्ताको स्थानबाट बोल्दै कवि तथा कथाकार अम्माराज जोशीले सङ्ग्रहित कथाको सांस्कृतिक पक्ष निकै बलियो भएको बताए । केही कथामा भने भाव निकै मर्मस्पर्शी भएपनि विवरणको कमी खडकिएको टिप्पणी गरे । विमोचन समारोहको अध्यक्षता गरिरहेका समालोचक अरुण गुप्तोले प्रकाशनको तिरन्तता यस कार्यसँग जोडिएका सबैको प्रतिबद्धताको प्रमाण भएको टिप्पणी गरे ।
सङ्ग्रहलाई महेश पौड्यालले सम्पादन गरेका हुन् । -माधव अधिकारी

प्रतिक्रियाहरु