श्रीमान म जेल गए , अरुलाई हेग पठाउने हिक्मत छ – विवशकुमार सेजुवाल

२०७३ असार २१ गते, मंगलवार

श्रीमान !
सायद म अहिले पनि तपाइको गोप्य तमसुकको डम्पिङ कागजबाट आतंककारीको सुचिबाट हटिसकेको नहुला किनकि मैले यो देशको निम्ति भनेर नै आफ्नो कलिलो उमेरमै सबै समय यो देशको निम्ति खर्चेको छु । त्यसैले यो देशको म आतंककारी पात्रको भुमिकामा बाधिएको छु । सायद अहिले यो भनी रहदा मलाइ कुनै प्रमाणको कुराले कानुनी रुप दिएला र फेरि मेरो जेल बस्ने साच्चिकै बन्दोबस्त मिलाइने कुरा गरिएला । म हारेर डराएर र कसैको डर धम्कीले यो देशको निम्ति पुन एकीकृत जनक्रान्तिको कुरा गरिरहेको छैन । यो मेरो रहर पनि होइन । म र यो मेरो पुस्ताको बिबशता हो । किनकि जति जतिबेला तिमी र तिम्रो कानुनी ठुला – ठुला महाजनहरु र तिमिले रचेका कानुनी बाइबलहरु निरङ्कुश तन्त्रको एक कुनामा थन्क्याएर तिमिलाइ पनि म जस्तै आतंककारी बनाइएको थियो । तिमी आपत बिपत गरेर घरी थवाङ, घरी जेलवाङको भिक्षु बनेर मैले निर्माण गरेको न्यायलयको ढोग गरेको बिर्सिएका रहेछौ । अनि अहिले फेरि मलाइ आतंककारी भन्न खोज्दै छौ ।
हो म उहिले पनि आतंककारी थिए र अहिले पनि उहीँ छु । किनकि मसङ्ग मेरो देश छ । म तिमीबाट आतंककारीको सटिफिकेट पाउन सकेको छु । यो देशमा म गर्बकासाथ मुक्तीको बाटो रोज्न पाएको छु । अनि तिम्रो कालो कानुनको निम्ति लाखौ जनताको सहयोगमा सिंहदरबारका कोठा-कोठामा पसेर तिम्रो निद हराम गर्न सकेको छु । म आखिर को हु र उहीँ तिमीले छानेर राखेको पुरानो आतंककारी अर्थात छापामार कमरेड युद्ध हु ।
म आतंककारी हुनुमा डराएको छैन । किनकि म गर्ब गर्छु देशको निम्ति भनेर लडे । अनि मैले आफ्नो कलकलाउदो उमेर नेपाल आमाको आँसु पुछ्नमा सघाए र पो तिमीले मलाइ आतंककारी भन्न पाएका छौ । आखिर म संकटकाल र किलोसेरा टु अभियानको तिम्रो खोजीमा नहुदो हु त अहिले पनि तिमी फेरि गोठालो बसेको मेरो हर्के काकासङ्ग मेरो बारेमा बुझ्दै फेरि संगिन रुपितिर लिएर युद्धको छोरा नवीनलाई तिमिले सिकार बनाउने थिएनौ होला ?
आखिर देशको निम्ति लडेकै आरोपमा आतंककारी हुने भए त प्रचण्ड , बाबुराम पनि आतंककारी हुने थिए । आखिर मान्छे मारेकै आरोपमा हत्याको अभियोग लाग्ने भए त कमल थापा र रुकमाङ्गत कटुवाल अनि देउवाहरु सायद अहिले कुनै जेलको सिडिमा भेटिन्थे होला ? किनकि उनी नक्कली रास्ट्रबादी बनेर लागे अनि देशलाई धितो राखेर आफ्नो भबिस्य सुनिश्चित बनाउने प्रयास गरे । अनि पो म जस्तो आतंककारी बनेनन् र मेरो जत्तिकै देशको मायाले बिछिट्टै भिजेर लाग्ने हिक्मत पनि गर्दैनन् ।
आज त्यही तिमिले दिएको उपहारले फेरि यो देशमा मलाई अझ एक पटक आतंककारी बन्न मन लाग्यो ।
श्रीमान, म र मेरो यो पुस्ताको कसम ज्यानसम्बन्धी मलाई कुनै माया छैन । मैले अहिले जुन जीवन पाएको छु यो मेरो नाफा को जिन्दगी लिएर आफ्नो देश बनाउने कुरा गरिरहेको छु । म कुनै तिमी जस्तो दर्जनौ स्कटिङ गाडिको अघिपछि देश बेचेर ज्यानको माया राख्ने कम्युनिस्ट होइन । म ज्यानको बाजि राखेर देशको अस्तित्वको निम्ति लड्ने एक सिपाही हु । स्मरण रहोस्, म देशको निम्ति लडे बापत जेल जानु पर्यो भने तिमीले संरक्षण दिएका प्रचण्ड , बाबुराम अनि सेरेहरु देखि ६०१ सम्म हेग जाने कुरा पनि धेरै टाढा छैन । तिम्रो दिमाग छ भने बेलैमा एकीकृत जनक्रन्तीको आगो बल्न नदिए कै राम्रो ।यसमा सामाधानको उपाय धेरै छन् । हामी माओवादी बिना तिमीले यो देशको सत्तालाई आफू अनुसारको बाटोमा लिन मुस्किल पर्छ । यदि फेरि दलाली भ्रष्टाचारिलाई कार्बाही गरिएको अभियोगमा तिम्रो अदालतले कानुनी बाटो रोज्यो भने हाम्रो पनि २४ बर्ष पुरानो कानुनले तिमिलाइ सफायाको भागेदारी बनाउने छ ।

प्रतिक्रियाहरु