रसुवागढी नाका सुचारु

२०७३ असार २० गते, सोमबार

काठमाडौ, २० असार । अबिरल बर्षासँगै चीनको केरूङतर्फ ठाउँ ठाउँमा पहिरो गई अवरूद्ध भएको रसुवागढी नाका सञ्चालनमा आएको छ । नेपालतर्फ निर्माणाधीन रसुवागढी जलबिद्युत आयोजनाको एस्काभेटर प्रयोग गरि सडक खुलाइएको हो । चिनियाँ पक्षले पनि आधा दर्जन स्थानमा पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको भन्सार कार्यालय रसुवाले जनाएको छ ।
सडक खुलेपछि ठूलो संख्यामा चिनियाँ पर्यटक पनि नेपाल भित्रिएका छन् । १५ वटा मालबाहक कन्टेनर पनि नेपाल भित्रिएको भन्सार अधिकृत फणिन्द्र अर्यालले बताए । यसैगरि नेपालबाट केरुङतर्फ पनि सामान लिन कन्टेनरहरु गएका छन् ।

प्रतिक्रियाहरु