जब आयो दक्षिणी हावाहुरी – हस्तबहादुर के.सी.

२०७३ असार १७ गते, शुक्रबार

जब आयो दक्षिणी हावाहुरी
भारत र अमेरिकातिरबाट
पेरिस डाँडा हुदै बुद्धनगरसम्म
पस्यो त्यो क्रान्तिकारी माओवादीको
मूख्यालय भित्र
ब्यूँझायो त्यसले त्यहाँ
लुकेर बसेका अवसरवादीहरुलाई
हल्लायो त्यस हावा हुरीले
वैचारिक धरातल र सिद्धान्तको जग
चल्यो क्रान्तिकारी माओवादीभित्र
सिद्धान्तनिष्ठ र विनासर्तको
चल्यो बहस दश दश दिनसम्म
बाडिएका दुई कित्तामा
क्रान्तिकारी र अवसरवादीहरु
बोल्यो धावा दक्षिणी प्रतिनिधिहरुले
चाहिदैन तिम्रा सिद्धान्तका निष्ट एकता शानहरु
टारेन गुजारा
पालेन भोक, पेटहरु
किरणको क्रान्तिकारी माक्र्सवादले
गरे घोषणा दक्षिणाहरुले
धाती खोलेर
धक फुकाएर
निर्धक्क भएर
भने उनिहरुले
टारेन गुजारा हाम्रो
मरेन हाम्रा भोका पेटहरु
पालेन हाम्रा लालावालाहरु
किरणको क्रान्तिकारी माक्र्सवादले
त्यसैले–
जानु पर्छ हामीहरु
विनासले एकताको
झण्डा बोकेर पेरिसडाडातिर
गुजारा टार्न
भोका पेटहरु भर्न र
हाम्रा नालावालाहरुको
सुखमय भरणपोषण गर्न
तर
छोडेनन क्रान्तिकारीहरुे
सिद्धान्तनिष्ट एकता रटानहरु
गरे उनिहरुले प्रतिबद्धता
क्रान्तिको ब्यू
बचाई राख्नु पर्छ
क्रान्तिको सपना
देख्न छोड्नु हुन्न ।
गरे क्रान्तिकारीहरुले उद्घोष
क्रान्तिको झण्डा
ढल्न दिनु हुन्न
क्रान्तिका सपनाहरु
मर्न दिनु हुन्न ।
मानेनन् दक्षिणाहरुले
क्रान्तिकारीरुको आग्रहहरुलाई
स्वीकारेनन् उनिहरुले
क्रान्तिकारीहरुको ११ बुँदे सर्तलाई
तेस्यौए उनिहरुले
१४ बुँदे र १२ बुँदे शर्तहरु
विनासर्त दक्षिणाहस्रीत
विलय हुने ।
तोडे दक्षिणाहरुले म
अनुशासन र पद्धति दुवै
समाते दक्षिणाहरुले
आत्मसमर्पण र विसर्जनवादी बाटो
फाले हाम उनिहरुले
आँखा चिम्लेर
भेडाइहरुले झै गरेर
भए विलय उनिहरु
माओवादी केन्द नाम गरेको
भेडा गोठमा

जब आयो दक्षिण हावाहुरी
उडायो, जारपात र कसिङ्गरहरु
क्रान्तिकारी माओवादी–भित्रका
ग¥यो त्यसले सुद्धिकरण
सिंगो क्रान्तिकारी माओवादी भित्र ।
पलायो आशावाद क्रान्तिको
उठे क्रान्तिकारीहरु
फोहोर मैलाको
धुलो टक्टक्याउदै ।
सिद्धान्त र क्रान्तिको
झण्डा बोकेर ।

प्रतिक्रियाहरु