मोबाइल र फेसबुक अपराधका मुख्य कारक : एआईजी शर्मा

२०७३ असार ११ गते, शनिबार

काठमाडौँ, १० असार । एआईजी विज्ञानराज शर्माले नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक रहेको बताएका छन् । अचेल नेपालीहरूका हरेक पार्टी तथा उत्सवमा रक्सीको बढ्दो प्रयोगले गर्दा सामाजमा अपराधका घटना उल्लेख्य घटेको भन्दै शर्माले रक्सीसँगै मोबाइल दुपयोग र फेसबुकको बढ्दो प्रयोगले अपराध गराउन व्यक्तिलाई डोर्याउने गरेको बताए ।
‘अहिले रक्सीबिना बेलुकाको पार्टी हुँदैन, एकातिर बाबुआमा बियर र ह्वस्की लिएर बस्छन् । अर्कातिर छोराछोरी रक्सी र वाइनमा लठ्ठ हुन्छन्, अनि घरैबाट सुरु हुन्छ अपराध,’ शर्माले इलाममा आयोजित कार्यक्रममा शुक्रबार भने ।
नेपालमा बलात्कार, घरेलु हिंसा, सीमा अपराधजस्ता घटना बृद्धि भएको भन्दै शर्माले त्यसको नियन्त्रणमा सबैले सघाउनुपर्ने बताए । उनले अहिले नेपालमा लागुऔषधमा बालबालिकाको संलग्नता पनि बढिरहेको जानकारी दिँदै बालबालिकालाई प्रयोग गरेर पनि अपराध हुने गरेको बताए । – राजधानी दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु