सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा बारे – हस्तवहादुर केसी

२०७३ असार ११ गते, शनिबार

“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायीहरु छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । यदि बन्दुकहरु छ्र्र्रैनन् भने ती पनि प्राप्त हुन सक्छन्, यदि राजनीतिक सत्ता छै्रन भने त्यो पनि प्राप्त हुन सक्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्दछन् । कार्यदिशा भनेको जालको डोरी हो जब त्यो तानिन्छ पुरै जाल खुल्दछ ।”
–माओ रसेतुङ
माथि कमरेड माओ रसेतुङले भन्नु भएका भनाइहरु ज्यादै सारगर्भित छन् । एउटा क्रान्तिकारी पार्टीले कुन प्रकारको कार्यदिशा अवलम्बन गर्दछ, त्यसैले नै क्रान्तिको भविष्य सुनिश्चित गर्न सक्तछ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) द्वारा २०७३ असार ६–८ गतेसम्म काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलाले नेपाली विशिष्टतामा आधारित “सशस्त्र जनविद्रोह” को कार्यदिशा पारित गरेको छ । यस कार्यदिशा अन्तर्गत सहरलाई आन्दोलनको मुख्य भाग र गाउँलाई पृष्ठभागमा किटान गरिएको छ । यस प्रकारको कार्यदिशा पारित गरे पछि नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान क्रान्तिकारी धारा भित्र क्रान्तिकारी आशावादको रक्तसंचार भइरहेको छ । मुक्तिकामी आम नेपाली जनताको क्रान्तिको आशावाद थप पल्वित हुन पुगेको छ ।
क्रान्तिका लागि क्रान्तिकारी विचार, नयाँ ढंगको क्रान्तिकारी पार्टी र संयुक्त राजनीतिक मोर्चाको आवश्यकता पर्दछ । यसलाई कमरेड माओ सेतुङले ‘क्रान्तिका तीन जादूमपी हतियार’ बताउनु भएको
छ ।
माओ अगाडि भन्नु हुन्छ– “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनै पर्छ । क्रान्तिकारी पार्टी विना, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र क्रान्तिकारी पद्धतिनुसार बनेको पार्टीविना, साम्राज्यवाद तथा यसका दलालहरुलाई परास्त गर्न मजदूरवर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।” कमरेड माओले माथि भन्नु भए झै यो कुरा साँचो हो कि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टी विना क्रान्तिको नेतृत्व गर्न र क्रान्ति सम्पन्न गर्न सकिदैन । आज नेकपा (क्रान्तिकारी माओवादी) नया ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी हो । विभाजित नेपाली कम्युनिष्ट आन्दोलन भित्र क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्ने आज नेपालमा नेकपा (क्रान्तिकारी माओवादी) मात्र एक मात्र पार्टी हो । नेकपा (क्रान्तिकारी माओवादी) नेपाली सर्वहारावर्गको उच्चस्तर संगठित अग्रदस्ता हो । यसको न्यनूतम लक्ष्य जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्नु हो भने उच्चतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवाद हो ।
नेकपा (क्रान्तिकारी माओवादी) पार्टि महान दश वर्षे जनयुद्ध गरेर आएको तत्कालिन एमाओवादीको एउटा हिस्सा दक्षिणपन्थि नवसंशोधनवादमा पतन हुन पुगेपछि त्यस हिस्सासँग सम्बन्ध विच्छेद गरि २०६९ असार ५ मा बौद्ध भेलाबाट नेकपा–माओवादी हुदै २०७२ कार्तिक २२ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सँग पार्टी एकता सम्पन्न गरि नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका एक क्रान्तिकारी पार्टीका रुपमा गठन हुन पुगेको पार्टी हो ।
यो अवधिका बीचमा यो पार्टीले दुई ठूला ‘वामविचलनवादी’ विप्लव गुट र ‘नवसंशोधनवादी पुच्छरवादी बादल गुट’ सँग भिषण विचारधारात्मक दुइलाइन संघर्षमा ती हुँदा विचलनवादी एवं विसर्जनवादी तथा आत्मसमर्पणवादी विचार प्रवृत्तित्वलाई सैद्धान्तिक÷वैचारिक रुपमा परास्त गरेर बनेको नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्न पुगेको छ ।
सर्वविदितै कुरा हो, गत वैशाख जेठमा यस पार्टीको केन्द्रीय समितिको वैठकमा भीषण दुइलाइन संघर्ष चल्यो । त्यो दुई लाइन संघर्ष ६६ वर्षको लामो नेपाली कम्युनिष्ट आन्दोलन भित्रको सबै भन्दा कुरुप र भद्धा नमूना थियो । कमरेड माओले भन्नु भए झै समुद्री आँधी झै आएको दुइ लाइन संघर्षको जवारभाटाले पार्टी भित्र रहेका सम्पूर्ण दक्षिणपन्थि नवसंशोधनवादी पुच्छरवादका फोहोर मैलाहरुलाई बगाएर लग्यो र माओवादी केन्द्रमा मिसाइदिएको छ । माओले “पार्टिभित्रको फोरमहिला पन्छ्याउन कँुचो लगाउनु पर्दछ” भन्नु भए झै क्रान्तिकारी माओवादी पार्टी भित्र चलेको भिषण दुईलाइन संघर्ष दक्षिणी हावाले साच्चिकै क्रान्तिकारी माओवादी भित्र वर्षौदेखि थुप्रीएर बसेको फोहोर मैलालाई उडाएर लगेर माओवादी केन्द्रमा डम्पिङ्ग गर्न पु¥याएको छ र अहिले पार्टी भित्र ठूलो सुद्धिकरण भएको छ । यो परिघटनाहरुबाट पार्टी ज्यादै अनुभवी बनेको छ र ठूलो स्वआत्मालोचनाबाट पनि खारिन पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) वर्तमान अवस्थामा समस्त नेपाली जनताको नेतृत्वको केन्द्रीय शक्ति हो । यो शक्तिविना, नयाँ जनवादको प्राप्ति र वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने उद्देश्यहरु विजयी हुन सक्तैनन् ।
यही विषयसँग मेलखाने गरी कमरेड माओले अगाडि भन्नु हुन्छ– “चिनीया कम्युनिष्ट पार्टीका प्रयत्नहरुविना, चीनीया जनताका प्रधान अवलम्बन चिनीया कम्युनिष्ट पार्टीविना, चीन कहिल्यै पनि स्वाधिन र मुक्त हुन सक्तैन, न त चीनको औद्योगीकरण र यसको कृषिको आधुनिकीकरण हुन
सक्तछ ।”
हो, यो कुरा साँचो हो कि हामी माथि क.माओले भन्नु भए झै समस्त नेपाली जनताको नेतृत्व गर्न सक्न र नेपाल राष्ट्रलाई स्वाधिन र मुक्त गर्न सक्ने लडाकु तथा क्रान्तिकारी पार्टी निर्माणको दिशासँगै अगाडि बढिरहेका छौं ।
क्रान्तिकारी विचार निश्चित भए पश्चात क्रान्तिका लागि क्रान्तिकारी पार्टी, अनुभवी पार्टीको आवश्यकता पर्दछ । त्यसो भएर कमरेड स्टालिनले अगाडि भन्नु हुन्छ– “एक नयाँ पार्टी, एक लडाकू पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ । यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने संघर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्दछ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरुमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति रहेका सारा लुकेका चट्टानहरुबाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभइकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधितापककतन्त्र कायम गर्ने कुरा सोच्नु निरर्थक हुन्छ ।”
कम्युनिष्ट पार्टी मजदुरवर्गको अग्रगामी चेतनशील शक्ति भएकाले सिद्धान्तले सुसज्जित, र अनुशासित पार्टी हुनै पर्छ । यस प्रकारको पार्टी बिना क्रान्तिको नेतृत्व गर्न असम्भव हुन्छ । त्यसो भएर नै लेनिन अगाडि भन्नु हुन्छ– “पार्टी मजदूरवर्गको एक हिस्सा हो र यसको अग्रगामी चेतनशील शक्ति हो । त्यसबेलामात्र पार्टीले सर्वहारावर्गको संघर्षको सफलतापूर्वक नेतृत्व गर्न सक्छ, जब यसका सबै सदस्यहरु एकदलमा एकतत्वद्ध भएका हुन्छन् । एउटै कामना कार्य र अनुसासनद्वारा बाँधिएका हुन्छन्, जब पार्टी क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित हुन्छ ।”
लेनिन र स्टालिनले माथि बताउनु भएका भनाइहरु आज हाम्रो पार्टी र महान नेपाली क्रान्तिका लागि पनि उत्तिकै आवश्यक छन् ।
आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । आजको यो युगमा साम्राज्यवाद बलियो र सर्वहारा क्रान्तिको अवस्था कमजोर हुनु, विद्युतीय सूचना प्रविधिको तीव्र विकाससँगै एकातिर भूमण्डलीकृत साम्राज्यवादको उत्पीडन चरम बन्दै गइरहेको छ भने अर्कोतिर विकसीत उत्पादन शक्ति पुरानो आर्थिक आधार तथा उत्पादन सम्बन्धको विरोधमा परिलक्षित बन्न पुगेको अवस्था छ र साम्राज्यवाद भित्र पनि संकटहरु पैदा भइरहेका छन् ।
नेपाल र आजसम्म पनि अर्ध सामन्ती र अर्ध उपनिवेशिक अवस्थामै छ । नेपाली गतिशिल भएका कारण हिजो भन्दा आज धेरै परिवर्तन त भएको छ । तर पनि नेपालमा पूँजीवादी क्रान्ति भएको छैन । र नेपाल अर्ध सामन्ती र अर्थउपनिवेशिक अवस्थामै भएकाले यहाँ गरिने क्रान्ति नयाँ जनवादी क्रािन्त नै हो । यस क्रान्तिको नेतृत्व मजदुर–किसानहरुको एकतामा आधारित कम्युनिष्ट पार्टीले नै गर्ने हो र आज यसको नेतृत्वदायी शक्ति नेकपा (क्रान्तिवादी माओवादी) हो ।
हामीले दश वर्षे जनयुद्ध गरेर आयौ । अहिले नेपाली नयाँ जनवादी क्रान्तिले गंभीर प्रकारको धक्का खाएको छ । अहिले दक्षिणपन्धि नवसंशोधनवाद नयाँ जनवादी क्रान्तिका लागि मुख्य खतराको करुपमा खडा हुन पुगेको छ र यसलाई परास्त गर्नेे दायित्व क्रान्तिकारी माओवादीको काँधमा आएको छ ।
हामीले जनयुद्धको जगमा जनविद्रोहको सामरिक फौजी कार्यदिशा तय गर्दै आएका थियौं । तर अहिले भरखरै समाप्त भएको राष्ट्रिय भेलाबाट जग त जनयुद्ध नै हो तर नेपाली विशिष्टताका आधारित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा पारित गरेका छौं र आगामी २०७३ फाल्गुण महिनामा आयोजना गरिने राष्ट्रिय सम्मेलनबाट टुंगो लगाउने गरि बहसलाई खुला गर्ने निर्णय गरेका छौं । आज नेपाली समाज जुन गतिशीलताका आधारमा अगाडि बढी रहेको छ, यसका विशिष्ट प्रकारका विशेषताहरुको पनि व्याख्या गर्दै नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा तय गर्न पुगेका हौं ।
अब आज नेपाली समाज कुन अवस्थामा छ ? वर्तमान नेपाली समाजमा वर्ग विश्लेषण कुन आधारमा गर्ने ? र त्यसका आधारमा नेपाली क्रान्तिको वैज्ञानिक र वस्तुवादी कार्यदिशा ठोस गर्ने भन्ने बारेम महान बहस चल्ने छ । क्रान्तिलाई अगाडि बढाउदै लैजाने क्रममा जसले यसले दीर्घकालीन जनयुद्धमा जाने परिस्थिति पनि आउन सक्छ । जी सबै कुरालाई ख्याल गर्न जरुरी छ । किनकि एमाओवादीबाट विघटित अर्ध माओवादी केन्द्रमा परिणत हुन पुगेको नवसंशोधनवादी शक्तिले नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेकोले जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने भन्दै नेपाली समाजमा ठूलो भ्रमको खेती गरिरहेको छ । यो बहसले यी सबै प्रकारका भ्रम र अन्योलताहरुको पनि चिरफार गर्नेछ ।

प्रतिक्रियाहरु