सुनको मूल्य ह्वातै बढ्यो

२०७३ असार १० गते, शुक्रबार

काठमाडौँ, १० असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला रु ७९५ मूल्य कायम भएको चाँदी आज रु २५ ले वृद्धि भएको छ ।

प्रतिक्रियाहरु