नेपालमा हुने आन्दोलनहरुलाई नियाल्दा – शोभा गजुरेल

२०७३ जेष्ठ २४ गते, सोमबार

२-४ महिना अगाडी हामीले सोझा सिधा गाउका जनतालाई लुट्न पाउनुपर्छ भनि मानब बेचबिखन गर्ने नेपालीमा भन्नुपर्दा सिधा साधालाई लुट्ने दलालहरुको आन्दोलन चर्केको थियो । आजभोलि फेरी गाडी मनलाग्दी चलाउन पाउनुपर्छ , मान्छे मरे केहि हुन्न तर जरिवाना बढाऊन पाइदैन भनेर आन्दोलन गर्नेहरु भेटियो । कहिले चरी जस्ता नामुद गुण्डा मारिदा आन्दोलन त कहिले घैटे मारिदा , आजकल राजनीति सस्कार यस्तो बन्न थाल्यो कि आफ्नो पाटीको मान्छे भए बलात्कारी , भ्रस्टाचारी, गुण्डा जे भएपनि छुट्नु पर्यो । त्यसका लागि पनि आन्दोलन , कतै हामी जनता नै मुर्ख भएर त होइन यो देश लुटिएको ? सोचौ त कतै हामी नै देश होइन आफ्नो पाटीको लागि मात्र लड्न तम्सि रहेका छैनौ । सोचौ त सुस्ता कसरी मिचियो ? हाम्रा अगाडी प्रस्टसग देखिएको बिप्पा सम्झौता गर्ने बाबुरामलाई ठिक भन्ने हामी कस्ता देशभक्त ? अनि आफनै आखा अगाडी जनसेनालाई आत्मसमर्पण गराई हतियार बुझाउन बाध्य बनाउने प्रचण्ड आज गद्दार होइन ठुलो नेता । कस्तो अजिब बन्यो , क्रान्तिकारी सस्कार एउटा एमाओबादीको साथी थिए , मैले उनि अहिले छुट्टियर गएपनि उनलाई बचाउनुपर्छ भनि एकजना मानब बेचबिखनमा संलग्न महिलाबाट जोगिनु है भाई भनेर सचेत गराएको त उनले त उसैलाई तपाइलाई यस्तो भनिन भनेर कुरा लगाई उनीसग नै मिलेर मानब बेचबिखनको धन्दामा लगेछन् । उनि अरबतिर को कुनै देशमा अझै एमाओबादीक़ा मुख्य पद मै काम गर्छन । अब हामीले कसलाई साथी भन्ने अनि अब राजनीति सस्कार कहाँ पुगेको सम्झने ? सहि र इमान्दार मान्छे को ? यसैगरी लोप हुदै जाने हो भने नेपाल अबको १० बर्षमा झुट र गद्दार अनि पैसाको लागि सबै स्वाभिमान बेच्ने दलालहरुको देश भनेर चिनिने पक्का छ । बर्सौ वर्ष जेल नेल भोगेका आफ्नो जिबन सधै पाटीमा समर्पित गरेकाको कदर छैन । कसले करोड तिर्न सक्छ त्यहि ठुलो नेता बन्ने यस्तो सस्कार बन्यो । करोडौ तिरेर नेता बन्छ कोहि भने उसले त्यसको साऊ मात्र होइन ब्याजको स्याज असुल्ने छ। अनि देश कस्तो बन्ला? कल्पना गर्ने पर्दैन । पैसा तिरी पद किन्ने ब्यापारी नेता भएपछि नदि नाला मात्र के देश नै बाकी पाउन सकिने छैन । आज देखिएका यस्तै यस्तै कारणले देश यति ठुलो संकटमा परेको छ , त्यो हेर्नै सकिदैन । जनताका लागि को लड्दै छ, देश बचाउन को खोज्दै छ , कुन राजनीति सहि छ ,कसले उठाएका मुद्दाले देश र जनताको भलो हुन्छ भन्ने भन्दा त्यो पाटी मेरो होइन त्यसले राम्रो काम गरेका भए अझ त्यसलाई खुट्टा तान्नु पर्छ। समर्थन होइन बिरोध गर्नु पर्छ , भन्ने मानसिकता प्रबल बन्दै गएको छ । यसले हामी अनि हाम्रो देशलाई कहा पुर्याउला ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु