नारी पुरुषको दासी होइन – शोभा गजुरेल

२०७३ जेष्ठ २१ गते, शुक्रबार

२१ सौ शताब्दीमापनि नेपाली महिलाको स्थिति जहाँको त्यहि रहनुमा महिलाले यो कुरा बुझन जरुरि छ कि परिबर्तनका नाममा हामी प्रयोग त भयौ तर जुनसुकै सत्ता आएपनि हाम्रो स्थिति जस्ताको त्यस्तै छ । यसको प्रमुख कारण पुरुष प्रधान समाजनै हो । आजपनि छोरी जन्मिदा फर्सि र छोरा जन्मिदा खसी काट्ने प्रथा कायम रहेको छ , शिक्षामा समानता छैन । मानिसको पहिलो पाठसाला आफ्नै घर हो ,जहाँ छोरा र छोरीलाई दिइने शिक्षा नै फरक हुन्छ । छोराले पढ्नु पर्छ तर छोरीले घरधन्दा गर्न सिक्नु पर्छ भन्ने मान्यता बोकेको हाम्रो समाजले छोरीलाई पढाईमा भन्दा घरको कामकाजमा बढी ध्यान दिन लगाएको छ । घर गरेर खान पर्ने जातको रुपमा छोरीलाई सानै देखि अर्काको भरोशामा बाच्न पर्ने शिक्षा दिइन थाल्यो । यसको फलस्वरुप नारीमा आत्मनिर्भर भन्दा परनिर्भर हुने चाहना बढन गयो ,जसका कारण महिलाले पढाईलाई भन्दा अरु कुरालाई महत्व दिन थाले । त्यसैले आज महिला पछाडी परे, महिला पछाडी पर्नुका प्रमुख कारण नै उच्च शिक्षा हासिल नगर्नु र आत्मनिर्भर नहुनु नै हुन् । पुरुषले आफ्नो सासन कायम राख्न कै लागि नारीलाई घरको दिवारमा कैदी बनायो । नचाहदा नचाहदै पनि नारी यसरी मायाको जन्जालमा फस्छन जुन उनको नज़र बन्धकको कारण बन्न जान्छ । आजको २१ सौ सताब्दिमा बिदेसी नारीहरुले यो कुरा बुझेका छन । यूरोप अमेरिका जस्ता ठुला देशमा अब नारी र पुरुष दुबैले सन्तानको जिम्मेवारी लिन पर्ने कानुन बनाएको छ , जसका कारण महिलापनि आफ्नो काममा अगाडी बढ्न सफल भए । तर नेपालको सन्दर्भमा अझैपनि यो लागु भएको स्थिति पाइदैन ।सकेसम्म नारीलाई पढेलेखेकै भएपनी बाहिरको काम गर्न नदिने , यदि गर्ने परे पनि सन्तान र घर दुवै जिम्मेवारी नारीले नै उठाउनु पर्ने स्थिति छ । यस्ता अन्यायपूर्ण समाजको सस्कारमा बिकाश भयो कि ,पतिलाई जिबन साथी होइन परमेश्वरको रुपमा हेर्नु पर्ने ,श्रीमानको आयु बढाउन श्रीमती भोकभोकै बस्न पर्ने , यस्ता धर्म र सस्कृतिमा नारीलाई कैदी बनाइयो । त्यहि हिसाबमा नचले उनलाई समाज विरोधीको बिल्ला भिराइदियो , अनि त्यो समाजसग लड्न भन्दा जे चलेको छ त्यहि मान्दै जाने नारीहरुमा सोचको बिकाश भयो । जसका कारण नारी पूर्णरुपमा स्वतन्त्र हुन सकेनन । जबसम्म मानिस स्वतन्त्र हुन पाउदैन तब सम्म उसले आफुलाई अगाडी बढाउन कहिले सक्दैन । अरुको भरमा निर्भर हुनुपर्ने महिलाले आफ्नो आवाज पनि निकाल्न मुस्किल छ । यो पुरुष प्रधान समाजमा अनि कसरी आफ्नो अधिकार माग्ने ? युरोप अमेरिका जस्ता मुलुकमा बाबु आमाले छोरा र छोरीलाई अलग व्यवहार गर्न प्रतिबन्द लगाइएको छ ।बच्चालाई जबर्जस्ति काममा लगाउन पाइदैन् भने आफ्नो काम छोरा होश या छोरी दुबैले सानैबाट गर्नपर्ने हुन्छ । तर हाम्रो देश जहाँ दाई या भाईको काम पनि दिदि बहिनिलाई गर्न लगाउने कारण उनीहरु सानैबाट अर्काको काम गर्नुपर्ने बाध्यतामा पर्ने गर्छन । जन्मने बित्तिकै फरक सस्कार छ छोरा र छोरीमा । यहाँ सम्म कि छोरीको न्वारन र पास्नी दुवै छोराका भन्दा पहिला गरिन्छ । यसको अर्थ छोरी जन्मिएका आमाले चाडै काम सुरु गर्नु पर्ने हुन्छ । छोरीले छिट्टै भात खान पर्ने अर्काको घरजाने जात बच्चैबाट अपहेलित हुदै दाजु भाइका जुठा थाल माझ्न सिक्दै पतिलाई प्रमेश्वोरको रुपमा मान्न पर्ने बाद्यताको सिर्जना गरिन्छ । तिमि छोरी सहन्सिलता तिम्रो गुण हुनु पर्छ, कठोर होइन कोमल बन्नु पर्छ, यहि शिक्षा पाउदै हुर्कियाका नारीलाई त्यहि मायाको जन्जाल भित्र बेरिन बाध्य बनाई उनीमाथि अन्यायका अनेकौ शृंखला लादिन्छ । बाबुको सम्पतिको कुरा उठाए दाजु भाई टाढा हुने हुन की भन्ने डर श्रीमानको सम्पतिमा कुरा उठाए तेरो बाउले दिएको होर भन्ने नमिठो सब्द प्रहार । अनि चुपचाप सहनु बाहेक अरु विकल्प के त ? त्यहि माया रुपी बन्धनलाई आत्मसाथ गर्दै सहदै नजरबन्दको बन्दी बनि बाच्न वाद्य छन् २१ सौ सताब्दिमापनि नेपाली नारी । जब सम्म यो भेदभाबको अन्त्य हुदैन तबसम्म नारीले आफु अगाडी बढन सक्ने बाटोहरु सधै बन्द भएको पाउने छन् । सधै अन्याय सहेरै यो पुरुष प्रधान समाजमा आफ्नो अधिकारको बलि चढाई , सधै मरेर बाच्न नारी बाध्य भएका छन् । त्यसैले अब उठ नारी आफ्नो अधिकार खोज पुरुषको दासी होइन तिमि स्वाभिमानी र स्वोतन्त्र भएर बाच । – हाल फ्रान्स

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु