कराते खेलमा स्वच्छ प्रतिस्पर्धामा ध्यान केन्द्रित गरौ – ध्रुबबिक्रम मल्ल

२०७३ जेष्ठ २० गते, बिहीबार

नेपालको खेल क्षेत्रमा विभिन्न किसिमले धेरै जसो खेल विधामा खेलको नीति नियम विधालाई बेवास्ता गर्दै पद टिकाउने र खेलको नाममा रमाइलो र मस्ती उडाउने अर्काले राम्रो भनोस नभनोस आफै राम्रो सक्षम साबित गर्न खोज्ने अहमकारी प्रवृतिले जरो गाड्दै गर्दा कराते खेल त यति सम्म हुन् थाल्यो की राष्ट्रिय खेलकुद परिषदमा स्थायी जागिर खाने, स्कुल, कलेजमा प्रशिक्षन दिने र डोजो संचालन गर्ने गरि ३ हजार हाराहारीमा प्रशिक्षक गुरुहरु नै भई सके l अहिले नेपालमा कराते खेलको अन्तराष्ट्रिय र राष्ट्रिय मान्यता भन्ने बिबादको भुमरीमा यी प्रशिक्षकहरु रुमलि रहेको देख्छु l
बिश्व कराते महासंघ WKF ले लागु गरेको नया नियमले गर्दा २०२० मा जापानमा हुन् गईरहेको ओलम्पिक गेम्समा कराते खेलले प्रवेश पाएको छ, त्यसै नियमलाई अनुसरण गर्दै WKF नियममा रहेका सितोरियो,गोजुरियो, सोतोकान र वादोरियो विधाका पदाधिकारीहरु र रेफ्री, प्रशिक्षकहरुलाई सेमिनार गोस्टी गराई सोहि नियम अनुसार प्रतियोगिताहरु आयोजना गरि नियम लागु गराई साफ गेम्स, एशियन गेम्स र ओलम्पिक गेम्समा प्रतिस्पर्ध गर्न सक्ने खेलाडी उत्पादनमा तार्केट गर्नु पर्ने सोहि अनुसार प्रशिक्षक लाइसन्स, रेफ्री लाइसन्स दिलाई देशको नेतृत्व गर्ने सक्षम टिम तयार गर्न लग्नु पर्ने बेला छ l
अहिले तछाड मछाड विभिन्न नाम दिएर प्रतियोगिताहरु आयोजना गर्ने र आफ्ना अनुकुलका टिम हरुलाई सहभागी गराई आफुले प्रशिक्षण दिएका खेलाडीहरुलाई जिताउनु पर्ने नियतले प्रथामिकता पाएको प्रतियोगिताले कराते खेलको उन्नति त हुदैन आयोजकले स्याबासी बटुल्न खोज्ने र समाचार प्रकासीत, प्रत्र प्रत्रिकाको समाचार कटिंग गरि राख्ने र आफ्नो बायो डाटा राम्रो छ भन्ने देखाउने मात्र हो l
कमसेकम यति त गर, राम्रो प्रतिस्पर्धा गर्न सक्ने टिमलाई सहभागी गराऊ l
बिश्व कराते महासंघ WKF को लाइसन्स लिएका रेफ्रीहरुलाई सहभागी गराऊ l WKFको Set Point Panel प्रयोग गर, जसले खेलाडी, रेफ्रीले सोहि नियम अनुसार खेल खेल्नु र खेलाउनु पर्छ l
टाईसिट बनाउदा मनो खुसीले गर्न पाइदैन सबै बिश्व कराते महासंघ WKF टाई ड्र सिस्टमले गर्छ l बालाजु कराते-डो प्रतिष्ठान, नेपालमा देशको नाम धान्ने साफ गेम्समा स्वर्ण पदक र एशियन गेम्समा पदक बिजेता खेलाडीहरु छन् भने बिश्व कराते महासंघ WKF सबै सिस्टम छ प्रयोग त गर l
ब्याक्तिको जय होइन कराते खेलको जय हो l यति मात्रै ख्याल राखम नेपाल देशको सम्मान दिलाउने साफ र एशियन गेम्समा पदक दिलाउन सक्ने खेलाडी उत्पादन भनेको बालाजु कराते-डो प्रतिष्ठान नै हो स्वच्छ प्रतिस्पर्धा गर्न सिक l
( लेखक बालाजु कराते एकेडेमीका सस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक हुन)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु