पूर्व राष्ट्रपतिलाई जन्मकैदको फैसला

२०७३ जेष्ठ १८ गते, मंगलवार

काठमाडौ, १८ जेठ । चाडका पूर्व राष्ट्रपति हिसेल हाब्रेलाई मानवताविरोधी अपराध गरेको आरोपमा दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको छ।
सेनेगलको राजधानी डकारमा अफ्रिकी संघ समर्थित एउटा अदालतले यो फैसला सुनाएको हो । हाब्रे सन् १९८२ देखि १०९० सम्म चाडको शासनमा रहेका थिए । न्यायाधीशले यसत्रममा उनीमाथि बलात्कार, यौन शोषण र हजारौ नागरिकको हत्या गराउनको आरोपमा दोषी ठहर गरको हुन् ।
हाब्रेमाथि आफ्नो आठ वर्षे शासनकालमा ४० हजार नागरिकको हत्या गराएको आरोप छ । अदालतमा हाब्रेविरुद्ध न्यायाधीशले जन्मकैदको फैसला सुनाएपछि त्यहाँ रहेका नागकिर खुसीले गदगद भएका थिए । उनीहरुले जोडजोडले ताली बजाएका थिए । पीडिततर्फका वकिल माउदेनियाले भने–पुरै अफ्रिकामा यो फैसलाबाट सबै खुसी छन् । किनभने हामीले पुरै विश्वमा र विशेषगरी चाडमा तानाशाहहरुको कस्तो परिणाम भोग्नुपर्छ भन्ने सन्देश दिएका छौ । सबैतिर खुसियाली छ, उत्साह छ । मारिएकाहरुका परिवारजनले पनि फैसलालाई ऐतिहासिक भनेका छन् ।
हाब्रेले पुरै सुनुवाईका क्रममा अदालतको वैधतामाथि प्रश्न उठाए र आफूमाथि लागेका सबै आरोप अस्वीकार गरे । आफ्नो शासनकालमा उनले अमेरिकाको समर्थन हासिल गरेका थिए । उनले फैसलाविरुद्ध पुनरावेदनका लागि १५ दिनको समय लिएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु