हामीले दिएको रेमिटेन्समा कतिन्जेल रजाइ गर्ने – विवशकुमार सेजुवाल

२०७३ जेष्ठ १७ गते, सोमबार

सम्माननिय प्रधानमन्त्री ज्यू तथा सम्पुर्ण मन्त्री ज्यूहरु
यो अत्यास लाग्दो खाडिको मरुभुमीबाट प्रदेशिको नमस्कार ,
म नेपाली हुनुमा सधै गर्भ गर्छु किन कि मेरो वीर पुर्खाको ईतिहास मैले राम्रो सङ्ग घोकेको छु । त्यसैले अङ्ग्रेज हरु सङ्गको लडाइँमा मेरो पुर्खाले नहारेको र झुक्न नजानेको इतिहासलाइ मैले हर पल हर क्षेण आत्मसाथ गरि आफू नेपाली हुनुको एउटा खुशी बाड्दै नेपाली को शिर उचो राख्ने यात्रामा लागि परेकै छु ।
प्रधानमन्त्री ज्यु , मैले आज नबोली नहुने भयो । म र मेरो ब्याक्तिगत जीवन को इतिहास अलि फरक छ । अहिले म बाध्यता ले भन्दै छु म उमेरमा अलि काचै छु तर यो देशको दुई वटा सत्ता सङ्ग को संघर्षबाट मैले ठूलो धोका खाइसकेको जिबन्त इतिहास म सङ्ग ताजै छ । यो इतिहासले भोलि कुनै दिन मेरो आउने पिडिले अनुसरण गरेर पक्कै पनि तपाईंको विरुद्ध संघर्ष त गर्ला नै तर मैले यहाँ तपाईंको नेतृत्व मा रहेको सरकारले ल्याएको बाजेटको बारे थोरै भन्न मन लाग्यो ।
म जस्तै कलिला युवाले देशको अर्थतन्त्र धानेका छन भन्दा तपाइलाइ हासो लाग्दो हो । आखिर हामिले भन्ने ठाउँ पनि त छैन । किन कि तपाईंले म र मेरो यो पुस्ताको थोरै चिन्ता गरेको हुदो हो त आज यो मरु भुमिको तातो बालुवा सङ्ग हामिले बालुवाटार को रेमिटेन्स जोगाउन यति ठुलो संघर्ष को रुप जीवन मा अगाल्ने थिएनौ । सायद यो बेला हामी हाम्रो देश नेपालको कुनै उद्योग मा रोजगारी भएर बसेका हुन्थ्यौ होला । तर अहिले ५५ डिग्री को घाम मा आफ्नो देशको अस्तित्व राख्न गुलामी भएर बस्न बाध्य छौ ।
म ५५ डिग्री को घाम सङ्ग दिनभरी तातो बालुवामा लट्पटिदै आज को दिनलाइ धकेली रहेको थिए । नेपाल मा हिजो २०७३/७४को लागि तपाईं नेतृत्वको
सरकारले बजेट पेश गरेको रहेछ दिन भरी को थकान ले थलिएको ज्यान अनि आज आराम गरौ भनेर कोठामै बसे मैले जब अखबार का पाना पल्टाएर हेरे विभिन्न शिर्षक र उपशिर्षकमा बडो महत्व काक्षी बजेट पेश गरिएको रहेछ । करकार को नेतृत्व रास्ट्रपति देखि प्रधानमन्त्री र मन्त्री सांसदहरू को मासिक भत्ता बढाउनु भएछ खुसी लाग्यो । किन कि मैले सोचेको थिए सरकार लाई मैले तिरेको रेमिटेन्स कुनै उद्योग धन्दा र कलकारखाना मा कहि लगानी भैहाल्छ कि भन्ने ठूलो मलाइ चिन्ता थियो । तपाइँको बुद्धि ले यो चिन्ता केही समय का लागि टर्यो ।
बिकसित मुलुकमा म अबिकसित देशको नागरिक भएर १८ घन्टा लेब्बरी गरेर धौ धौ ले जेनतेन देशको अर्थतन्त्र र मेरो पारी बारिक जीवन धानिरहेको छु । तपाईं जस्तै बकमफुसे नेताको जस्तो अर्काको श्रम पसिना मा लिखित र नाराले भरीएको बजेट भासण गरेको जस्तो हुदैन । यो देश के हो ? र देश कसरी चलेको छ तपाईं म रहेको मुलुकमा आइ मेरो दिन चर्या हेर्न म सबिनय अनुरोध गर्दछु अनि तपाईं देशको प्रधानमन्त्री र रास्ट्रपति सांसदहरू को भत्ता बढाएर मेरो पसिना मा रजाइ गर्नु होला ।
कस्तो काहालि लाग्दा दिन हरु छ्न यो मरुभुमी मा यता गणतन्त्रको निम्ति लडेका योद्धा यहि बालुवा सङ्ग लट्पटिएका छन यहाँ समाज परिवर्तनको निम्ति भनेर हिडेका तर तपाई नेताले नै अयोग्य भनेर समाज बाट तिरिस्कृत हुन बाध्य परिएका पुर्ब छापामार पनि यहि मरुभूमि मै जीवन ब्याबस्थापनको भबिश्य खोजीमा भौतारी रहेका छन हिजो अयोग्य भनेर मिल्काइएका ती छापामार को रिन खादै गर्दा आज आफ्नो भत्ता कसरी र कसको मेहेनत ले बढ्यो यो त थोरै बुझौ प्रधानमन्त्री ज्यु , कसरी अयोग्य भए छन त ती आकाश , बारुद , र योद्धा केही मेसो पाएर दुई लाख ले आफ्नो लाज छोप्न खोजिएको हो वा उनीहरुले पठाएको रेमिटेन्स खाएर ब्याज तिर्न खोजिएको हो । देशको अर्थतन्त्र धान्न सक्ने ती आकाश , हरु के को लागि अयोग्य भए छन यो के उत्तर पाउन सकिन्छ । त्यसैले हो मैले यी आकाश हरुलाइ हेरे अनि मेरो इतिहास लाई सम्झे गणतन्त्र र देशको बजेट आयो भन्नू मा मलाई कुनै गर्भ छैन ।
सरकार , श्रीपेच खोलिएको छ तर श्रीपेच रहिद का सासक हरु रहुन्जेल मेरो नेपाल आमा को आँसु बगिरहेको हुनेछ यो श्रीपेच सितको अर्को लाडाइ फेरि लड्न जरुर छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु