बजेटको विशेषता बारे जानकारी दिन पत्रकार सम्मेलन

२०७३ जेष्ठ १६ गते, आईतवार

काठमाडौ, १६ जेठ । हिजो सरकारले ल्याएको बजेटमा भएको मुख्य मुख्य विशेषताका बारेमा आज अर्थ मन्त्रालयले जानकारी गराउने भएको छ । हिजो अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजारको बजेट प्रस्तुत गरेका थिए । आर्थिक वृद्धिदर लक्ष्य ६ दशमलव ५ प्रतिशत वृद्धिदरको लक्ष्य राखिएको छ । बजेटले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएको छ भने कर्मचारीको तलब २५ प्रतिशतले बढाएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम तीन करोड छुट्टयाइएको छ । हिजो सार्वजनिक गरिएको बजेटका विषयमा दिउँसो ४ बजेतिर पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु