महिला, राज्यसत्ता र जनक्रान्ति – प्रकाण्ड

२०७३ जेष्ठ १६ गते, आईतवार

“तर के कुरा प्रष्ट छ भने वर्तमान उत्पादन सम्बन्धहरु नामेट हुने वित्तिकै यस्ता सम्बन्धहरुबाट उत्पन्न हुने साझा स्वास्नी राख्ने प्रथा अर्थात गुप्त वा खुला सबै प्रकारका बेश्यावृत्तिको पनि अन्त हुने छ ।”१ माक्र्स एंगेल्स । ऐतिहासिक भौतिकवादी विचार अनुसार मानव समाजको उत्पत्ति, अस्तित्व र विकाशमा महिला निर्णायक तत्वको स्थानमा रहदै आएका छन । मानव समाजको समाजिक अस्तित्व र विकाशको निम्ति आवश्यक वस्तुको उत्पादन र त्यसको निम्ति आवश्यक पर्ने औजारहरु एकातिर, मानवको उत्पादन र वंश वृद्धि अर्कोतिर यी दुई प्रकारको उत्पादनद्वारा निर्धारण हुन्छ । पहिलो उत्पादनमा समान र दोश्रो उत्पादनमा नेतृत्वदायी भूमिकामा महिला रहदै आएका छन । जसको कारण कुनै पनि समाज व्यवस्था र राष्ट्र बाँची राखेको हुन्छ । यसलाई एंगेल्सले “जुन सामाजिक व्यवस्था अन्तर्गत कुनै निश्चित ऐतिहासिक युग र कुनै निश्चित राष्ट्रका मानिसहरु बाँचेका हुन्छन । त्यो व्यवस्था उत्पादनद्वारा अर्थात एकातिर, श्रमको विकाशको अवस्थाद्वारा र अर्कोतिर, परिवारको विकाशको अवस्थाद्वारा निर्धारित हुन्छ”२ भन्नुभयो । यसकारण उत्पादन सम्बन्ध र सामाजिक सम्बन्धका दृष्टिले महिला मानव समाजको ऐतिहासिक विकाशको चालक शक्ति हो ।
समाज विकाशको निश्चित प्रकृयामा समाज वर्गमा विभाजित हुन पुग्यो । उत्पादनका साधन, उत्पादित वस्तु र उत्पादक शक्तिमाथि मुठ्ठीभर कामचोर, ठग र शोषक वर्गको नियन्त्रण कामय भएको समाज र राज्य स्थापना भएपछि महिला विभेद, उत्पीडन र शोषणको मारमा पर्ने क्रमको शुरुवात भयो । जुन उत्पीडन मुलभूत दुई रुपमा व्यक्त भएको छ पहिलो वर्गीय, दोश्रो लिङ्गीय । भूदास युगबाट शुरु भएको यो उत्पीडन दास युग, सामन्ती युग, पुँजीवादी युग हुदै साम्राज्यवादी युगसम्म निरन्तर र फाँसिष्ट रुपमा चलिरहेको छ । साम्राज्यवादले त महिलालाई राज्य सत्ता र राजनैतिक अधिकारबाट बंचित, समान सम्पतिको अधिकार कब्जा, दोश्रो दर्जाको नागरिक, बच्चा जन्माउने मेसिन, गृहदाशी, माक्र्स एंगेल्सले भने जस्तै साझा यौन उपभोग्य वस्तु, वस्तु विकाउको विज्ञापन एवं मनोरंजनको साधन आदि बनाएको छ । साम्राज्यवादी अधिनायकत्वबाट मुक्तिको प्रश्न नै अहिलेका विश्वका महिलाहरुको मुख्य प्रश्न बन्न गएको छ ।
नेपाली समाज र वर्तमान राज्य सत्ताको चरित्र सामन्ती, दलाल पुँजीवादी र साम्राज्यवादी एवं विस्तारवादी हस्तक्षेपको समिश्रणको रुपमा व्यक्त भएको छ । यो राज्य र समाजमा महिलाको अवस्था आधारभूत र नैसर्गिक (गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी) अधिकारबाट वंचित, सम्पतिको अधिकारको लुटखसोट, दोश्रो दर्जाको नागरिको रुपमा सामाजिक विभेद, चुलोचौकोको दाशी, अनियन्त्रीत बच्चा जन्माउने मेसिन, वहुपति, देउकी, झुमा, छाउपडी प्रथा, बालविवाह, बहुविवाह, अनमेल एवं जवर्जस्ती विवाहको शिकार, दलित र मधेशी महिलाले भोग्नु परेको थप जातीय तथा सामाजिक विभेद, महिला बेचबिखन तथा हत्या हिंसा र ज्याला विहिन श्रम लगायत असंख्य उत्पीडनको मारमा पर्नु परेको छ । नेपाली महिलामाथि भै रहेका यी उत्पीडन दलाल पुँजीपति वर्गको राज्य सत्ता र त्यसको संसदीय राजनैतिक व्यवस्थाको उपज हो । यसको क्रान्तिकारी सामाधान खोज्नु नै आम नेपाली महिला र क्रान्तिकारी महिला संगठन एवं नेतृहरुको अहंदायित्व बन्न गएको छ ।
आम श्रमजीवी महिलाको मुक्तिको निम्ति देशमा विद्यमान मुख्यतः दलाल पुँजीपति वर्गको राज्य सत्ता र त्यसको संसदीय शासन व्यवस्था ध्वंस गरी राष्ट्रिय मुक्ति हाँसिल गरेको देश र क्रान्तिकारी वर्गहरुको संयुक्त अधिनायकत्व भएको राज्य सत्तासहितको जनवादी राज्य व्यवस्था स्थापना पहिलो शर्त हो । जनवादी राज्य सत्ता र शासन व्यवस्थाले मात्र माक्र्स एंगेल्सले कम्युनिष्ट घोषणा पत्रमा भन्नु भए जस्तै वर्तमान दलाल पुँजीवादी उत्पादन सम्बन्धको नामेट गर्ने छ र उक्त उत्पादन सम्बन्धहरुबाट श्रृजना भएको महिलामाथिको उत्पीडन र विभेदको अन्त गर्ने छ । यो लक्ष्य हाँसिल गर्न नेपालमा साम्राज्यवाद, विस्तारवाद र दलाल पुँजीपति वर्गका विरुद्धको जनवादी क्रान्ति अनिवार्य पूरा गर्नु पर्दछ । अन्यथा नेपाली महिलाहरुको मुक्ति र अधिकार संभव छैन । आफ्नो राज्य सत्ता र शासन व्यवस्था प्राप्तका खातिर आम नेपाली श्रमजीवी महिलाहरु, क्रान्तिकारी महिला संगठन र क्रान्तिकारी महिला नेतृत्वहरुले एकपल्ट आपूmलाई सम्पूर्ण रुपले तयारी अवस्थामा राख्नुको विकल्प छैन । हाम्रा महिला कमरेडहरु यस अवस्थाको निम्ति तयार हुनै पर्दछ ।
नेपालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा सम्पन्न गरिने अबको जनवादी क्रान्तिको राजनैतिक सैन्य कार्य दिशाको रुपमा हाम्रो पार्टीले “एकृकित जनक्रान्ति”को कार्य दिशाको संश्लेषण गरी अघि सारेको छ । यो कार्य दिशाको उद्देश्य राष्ट्रिय मुक्ति र नेपाली श्रमजीवी जनताको जनवादी अधिकारलाई स्थापित गर्नु रहेको छ । नेपालका आम महिला एवं क्रान्तिकारी महिलाहरुले “एकिकृत जनक्रान्ति”को कार्य दिशाको आत्मसातिकरण, यसको आफ्नो जीवन एवं आम श्रमजीवी महिलाहरुको जीवनमा प्रयोग र नेपालको सर्वहारा वर्गको मुक्ति आन्दोलनसंग महिला मुक्ति आन्दोलनलाई एकाकार गर्ने विचार सहितको दायित्व वहन गर्नु वर्तमान क्रान्तिकारी महिला आन्दोलनको ऐतिहासिक आवश्यकता बन्न गएको छ । ऐतिहासको यो आवश्यकतालाई परिपूर्ति गर्न क्रान्तिकारी महिला आन्दोलन आर्दशवाद र संकीर्णतावादबाट बच्च नितान्त जरुरी छ ।
पार्टीको “एकिकृत जनक्रान्ति”को कार्य दिशाले नेपाली महिलाहरुले भोगी राखेको वर्गीय र लैङ्गिक उत्पीडनबाट मुक्त गर्ने विशेष अधिकारको क्रान्तिकारी नीति अगाडि सारेको छ । विकशित नीतिको आधारमा नेपालका श्रमजीवी एवं उत्पीडित महिलाहरुलाई “एकिकृत जनक्रान्ति”को कार्यदिशासंग एकाकार गर्नु पर्छ । यसका निम्ति क्रान्तिकारी महिला संगठन र आम महिलाहरुले निम्न विषयमा विशेष ध्यान केन्द्रित गर्न अति जरुरी छ ।
१) महिला नेतृ कार्यकर्ता र आम महिलाहरुको दृष्टिकोण मालेमावादी बनाउने ।
२) “एकीकृत जनक्रान्ति”को राष्ट्रिय मुक्ति एवं जनवादी क्रान्तिको कार्यदिशामा आम श्रमजीवी महिलाहरुलाई समाहित गराउने ।
३) जनवादी राज्य सत्ता र महिला विशेष अधिकार प्राप्तिका निम्ति अविछिन्न कठिन संघर्षरत रहने ।
४) क्रान्तिकारी महिला नेतृ र कार्यकर्ताको विशाल भौतिक शक्ति तयार गर्ने ।
५) महिला नेतृ, कार्यकर्ता र आम महिलाहरुको मिलिशियाकरण, सैन्यकरण र सशस्त्रीकरण गर्ने ।
६) दक्ष्य नेतृ र कर्याकर्ता निर्माण गरी सुदृढ संगठन एवं व्यवस्थित परिचालन गर्ने ।
७) जनवादी क्रान्तिसंग नेपालको क्रान्तिकारी महिला आन्दोलनलाई एकाकार गर्ने ।
८) महिला कार्यकर्तालाई संगठनकर्ता, संघर्षकर्ता, उत्पादनकर्ता र प्रचारकर्ताको रुपमा विकाश गरी आम महिलाको बीचमा व्यापक रुपमा परिचालन गर्ने ।
९) क्रान्तिकारी महिला संगठनलाई श्रमजीवी महिला र आमजनसमुदायको सेवकको रुपमा स्थापित एवं परिचालित गर्ने ।
१०) पार्टीेले महिलाहरुबाट नेता र कार्यकर्ता उत्पादन एवं विकाश गर्न प्राथमिकताको सुचीमा राखेर योजनावद्ध पहल गर्ने ।
११) महिला नेतृ र कार्यकर्ताले प्रतिकृयावादी सत्ताद्वारा बनाएको आरक्षित मानसिकतालाई तोडी वैचारिक राजनैतिक, संगठनात्मक, संघर्षको नेतृत्व लिने सवालमा आपूmलाई अब्वल सावित गर्न निरन्तर संघर्षरत एवं प्रयासरत रहने ।
सन्दर्भ सामग्रीहरु
१) कम्युनिष्ट घोषणा पत्र पृष्ठ ६८, माक्र्स एंगेल्स रचना संग्रह चार खण्डमा खण्ड १ ।
२) परिवार, निजी सम्पती र राज्यको उत्पत्ति, १८८४मा प्रकाशित पहिलो संकरणको भूमिका पृष्ठ १४६, माक्र्स एंगेल्स रचना संग्रह चार खण्डमा खण्ड ३ ।
– लेखक नेपाल कम्युनिष्ट माओवादीका स्थायी समिति सदस्य तथा प्रवक्ता हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु