कुन गणतन्त्रको लागि शुभकामना दिने वा लिने – विवशकुमार सेजुवाल

२०७३ जेष्ठ १५ गते, शनिबार

कस्तो थियो त्यो निरङ्कुश तन्त्रको बर्बरता ? तर पनि हामी यो युवाको मनले हार्न मानेन किनकि हामी नयाँ जनवादी गणतन्त्रको निम्ति आफ्नो भौतिक जीवनलाई फासिवादी सत्ताको श्वेत आतंकसँग जिते संसार हारे हत्कडी भनेर मुक्ती या मृत्युको कसम खाएका थियौँ । र पो यो अहिले केही संसदवादी पुरानो उहीँ मण्डलेहरुले गणतन्त्रको नारालाई पुरानै खोल ओढाएर आपूm भलो हुन खोज्दैछन् । अचम्म त के भने समाजवाद हुँदै साम्यवादको लक्ष्य बोकेर गरिब र निमुखाको मुक्तिको निम्ति लड्न हिड्यौ भनेकाहरु उहीँ सामान्ती तन मन र चरित्र बोकेर गणतन्त्रको कोट लगाइ आज शुभकामनाको लस्कर चलाउँछन् होला । माफ गर्नु होला म यो शुभकामनाको निम्ति सम्बोधित पात्रको लागि लायक छैन । सम्बोधन त देशको नाममा पनि होला र म जस्तै कलिला फुलको थुङ्गा जस्तै चहकिला युवा गणतन्त्र जिन्दावाद भन्दाभन्दै ढलेका मेरो प्रियजनको नाममा पनि होला अनि म जस्तै गणतन्त्रको निम्ति भनेर आफ्नो ब्यक्तिगत जीवनसँगको भबिश्य देशको सपना र नेपाल आमाको अस्तित्व को निम्ति खर्चेर मेरो देश भन्दाभन्दै खाडिको तातो बालुवा माथी लट्पटिएका हामी युवा को नाममा पनि शुभकामना आउला र तेसको बणन सायद यस्तो होला ! देश बिदेशमा रहेको नपालीमा गणतन्त्र स्थापना दिवसको शुभकामना भनेर आउला । यो मेरो लागि बेअर्थको हुने छ । मेरो घुडा र टाउकोमा अड्किएको शाही शासनकालको बमको छर्रा अझै निकालिएको छैन । मेरो गणतन्त्रको जुन सपनाको लक्ष्य थियो । त्यो अझै भेटाइएको छैन म बीच यात्रामा कसरी स्थापना दिबस भनेर शुभकामना लिनु । अहिले पनि मेरी नेपाल आमाका सपनाहरू ऐठन बनेर गिज्याउदै छन् । तिमी यत्तिसम्मको लागि हो ? अब मैले सोचेको मेरो अस्तित्वको गणतन्त्र साच्चै न आउने हो हँ ? कस्तो अचम्मित जहाँ आफै गोली खाएको एउटा घाइते शरीर बोकेर अरब र खाडीको मरुभूमिमा एउटा क्रान्तिको सपना फेरि बोक्दैछु । यो नबसामान्ती र पुराना दलालले दिएको धुर्त गणतन्त्रको म कसरी शुभकामनाको पात्र बन्न सक्छु ।
म यति बेला शुभकामना दिने छु या लिने छु जुन बेला मेरो शरीरमा अड्किएका गोलिले नेपाल आमाको सपनालाई एकीकृत जनक्रान्तिको बाटोबाट साकार पार्ने छ अनि हाम्रो साम्यवादको अभिस्ट सपनाहरुसँग साटिएको हामीमा खुसियाली छाउने अलि म शुभकामना दिउला या लिउला यो सामान्ती चरीत्रसङ्ग मेरो कुनै सम्बन्ध छैन मलाई शुभकामना नदिनु कृपया ।
ती रङ्गिन सपनाको तिमीसँगको यत्रा थालिदा मैले यो बिश्वासघातको पोको बुनेको थिएन किनकि तिमी पनि त म जत्तिकै इमानदारीको नाटक रच्दै थियौ । कस्तो अचम्म आफैले हुर्काएको नाबालक बच्चाको आफै हत्या गरेर अझ इमानको दर्शन जप्दै हिड्ने कस्तो तिम्रो गणतन्त्र । जहा सत्य सपनामा अस्तित्व खोज्न जुम्ला, हुम्ला, र कालिकोटको आँसु अझै रित्तिएका छैनन् । त्यो कस्तो गणतन्त्र ? अझ अरुण र तमोरले आफ्नो सुसाइ बदलेको छैनन् । त्यो कस्तो गणतन्त्र ? भो म लिन्न तिम्रो त्यो धुर्त गणतन्त्रको शुभकामना … ।

प्रतिक्रियाहरु