सुन तोलाको ५४ हजार ४ सय

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौं , १४ जेठ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ५५ हजार रुपैयाँ रहेको छापावाल सुन आज ६ सयले घट्दै ५४ हजार ४ सय रुपैयाँ कायम भएको छ । चाँदी पनि यस दिन प्रतितोला १० रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७ सय ५० रुपैयाँ कायम भएको छ। अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र संघीय बैंकले ब्याजदर बढाउने संभावनाले गर्दा सुनको मूल्य अन्तर्राष्ट्रियस्तरमा केही घटेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु