माओवादी एकता र धु्रविकरणका सन्दर्भहरू- विष्णु पन्त

२०७३ जेष्ठ १४ गते, शुक्रबार

रुप पक्षमा हेर्ने हो भने हिजोको अपराजेय माओवादी शक्ती ७,८ टुक्रामा विभाजीत वनेको छ । आज फेरी माओवादीहरु भीत्र एकता र धु्रवीकरणका वहशहरु चलीरहेका छन् । एकातिर जर्वजस्त एकता अर्थात चोचोमोचाको एकताका प्रयत्नहरु घनिभूत पारिएको छ भने अर्कोतर्फ क्रान्तिकारी धु्रवीकरणको प्रक्रियाले पनि तिव्रता पाउन थालेको छ । वैद्य माओवादीको वादल समूह एकताका लागी भन्दै विभाजीत वन्यो र निशर्त एकतामा जाने निर्णय ग¥यो । इतिहासले के प्रमाणित गरीछाड्यो भन वादल समूहले हिजो पार्टी विभाजन गर्दा उठाएको मुद्दालाई दह्रोसँग समाउन र चुनौतिहरुको सामना गर्न सकेन । उ भुकम्पले चर्कीएको घर जस्तै गल्र्यामगुर्लुम्मै ढल्यो । उ सिहं भनेको त स्याल जस्तै लत्रीयो र विरालो जस्तौ म्याउ गरीहाल्यो । राजनीतिक संकटको वेला सत्तीसाल जस्तै ठीङ्ग उभीएर चुनौतीका सामना गर्ला भनेको सानो हुरी आउदैमा धोद्रो सिंहल जस्तै ढल्यो । सायद किरणको टीप्पणी सही छ, जीवन गुजाराका लागी उनीहरुले पार्टी एकता गरे । जागीरका लागी, ठेक्कापट्टीका लागी, व्यापार व्यवसायका लागि अनि मन्त्री, सांसदका लागि उनीहरूले एकता गरे । अझै ठेट शब्दमा भन्दा चुनावका लागि वा संसदका लागि उनीहरु एकतामा गए । अर्को शब्दमा चरम अवसरवादी, संसदवादी र सुधारवादी भोक, तृष्णा र प्यासका कारण उनीहरु निर्शत एकतामा गए । दुई कम्युनिष्ट पार्टी वीचको यती सस्तो, भद्दा वा कुरुप एकताको कसैले कल्पना पनि गर्न भ्याएको थिएन । किनकि न त त्यहा कुनै विचारको वहस भयो न त कार्यदिशाको नै लाज लागेन उनीहरुलाई अझै जनवादी केन्द्रीयताको कुरा गर्न † शायद आफ्नो डुव्नै लागेको साख वा इतिहासलाई मोहन वैद्य किरणले बचाए । केही मान्छेहरुलाई लागेको छ, यो एकतावाट माओवादी हिजोको जस्तै शक्तीशाली वन्छ । शायद एक दुई महिनामै के पुष्टी हुने छ भने व्यक्तिहरु वा नेताहरुको भीड जम्मा गर्दैमा हिजोको शक्तीशाली माओवादी जन्मीन सक्तैन । किनभने उनीहरु जति धेरै विचारविहीन एकताका नाटक गर्दै जाने छन्, त्यती धेरै फुट, विभाजनका सिकार बन्न वाध्य हुने छन् । यो एकता वास्तविक होइन र नाटकीय हो । यो एकताले जिवन होइन मृत्यु बोकेको छ । इतिहासमा कुनै यस्त घटनाहरु घट्छन्, जसको मूल्य चुकाउन असंभव हुन्छ । अव हिजोको विभाजनको मूल्य कुनै पनि एकतावाट चुक्ता गर्न सकिदैन । हिजो जुन क्षेति भयो, कथित एकतावाट त्यसको क्षेतिपूर्ति हुन सक्दैन । अव फेरी नयाँ धाराबाट संघषको आँधीवेहरी सृजना गरेर मात्र क्रान्ति संभव वनाउन सकिन्छ । इतिहासको नियम कति क्रुर र निर्मम छ भने अव फेरी फुटेका नेताहरु एक ठाउँमा आउँदैमा उनीहरु शक्तीशाली बन्न असंभव छ । सायद यसो भनौँ, समयले प्रशस्त अवसरहरु दिएर पनि त्यसको सदुपयोग गर्न नसक्ने नेताहरु इतिहासबाट दण्डित बनी सकेको छन् । हेर्दाहेर्दै उनीहरु भन्न थाली सके इतिहासको अन्त्य भईसक्यो, वीचारको अन्त्य भईसक्यो, वर्गको अन्त्य भई सक्यो र आधुनिकताको अन्त्य भई सक्यो । हेर्दाहेर्दै उनीहरु लाजै नमानेर नवमाक्र्सवादी वा उत्तर आधुनीकतावादी चिन्तनवाट ग्रासित बनी सके । हिजो घनले हानेर फुटाएको मतपेटीकाको बाकस अनी बहिस्कारमा एमाओवादी नेता हराउ अभियानका गतिविधिहरुले आजे के भन्दा हुन उनीहरुलाई ? यो नग्नताले उनीहरुलाई कहा पु¥याउला ? कहिले काही मान्छेहरु आफ्नो उचाई आफैले चाल पाउँदैनन । जे होस प्रचण्डले वादलहरुलाई घुँडा टेकाई छाडे र एउटा लस्करलाई उल्लु बनाई हाले । मलाई के लाग्छ भने संवन्धविच्छेद पछिको केही वर्षको वियोग अव आएर पूर्नमिलनमा परिणत भएको छ । उनीहरुको एकता वा उनीहरुको घर फर्काई सुखद होस भन्ने शुभकामना दिन चाहन्छु ।
झ्वाट्टै हेर्दा यो नाटकीय एकताले क्रान्तिकारीहरुलाई केही निरुत्साहीत गर्छ नै । तर के सत्य हो भने जमेर वसेको शान्त पोखरीको पानीवाट समुन्द्र मोचन गर्न संभव हुँदैन । पानीले खोला र नदी भएर वग्न जान्नु पर्छ । सायद यो एकताले एउटा राम्रो काम गरेको छ त्यो के हो भने धु्रवीकरणका लागि वाध्य वनाई दिएको छ । यस्तो तस्वीर देखिदै छ, थकितहरु एकातिर र क्रिायशील अनी उर्जाशीलहरु अर्को तिर † यस्तो धु्रवीकरण हुँदै छ कि छद्मभेषीहरु एकातीर र क्रान्तिकारीहरु अर्कोतिर † संसदवादी पार्टी नेताहरुले भरीने र क्रान्तिकारी पार्टी कार्यकर्ताहरुले भरिने संभावना प्रवल छ । आत्मसमर्पणवादीहरु एमाओवादीमा ओईरीने र स्वाभिमानी योद्धाहरु अर्कोतर्फ ओइरीने संभावनाहरु वढ्दै छन् । आज आएर के प्रष्ट भएको छ भने हामीले हिजो भने जस्तै अव तीनवटा ध्रुवमा माओवादी आन्दोलन धु्रवीकृत भएको छ ः प्रचण्डको एमाओवादी, वावुरामको नयाँ शक्ति र विप्लवको नेकपा माओवादी । एमाओवादी भित्र एउटा ठूलो एकताको नाटक मञ्चन गरीएको छ तर त्यसको मूल कारण निकट भविष्यमै हुन लागेको एउटा डरलाग्दो विभाजन र ध्वसलाई टार्न वा विषयान्तर गर्नका लागि मात्र यो हतारो गरीएको हो भन्ने तथय कहि छिपेको छैन । यो एकताबाट एमाओवादी वलियो भएको भूगोल मैले भेटाएको छैन तर कमजोर भएको चाहिँ देखेको छु ।
जे होस घटनाक्रमले हिजो विप्लवले उठाएका मुद्दा र कदमहरुलाई सही सावित गरीदिएका छन् । यस्तो संकट र चुनौतिको वेलामा पनि क्रान्तिको झण्डा उठाएर ठिङ्ग उभिन सक्ने नेताको रुपमा विप्लवलाई स्थापित गराई दिएको छ । जतिवेला विप्लव नदिको वेगको उल्टो दिशातर्फ उभिएर त्यसलाई रोक्न लाग्दै थिए, त्यतिवेला नै उनले आधा युद्ध जीतिसकेका थिए । अव नेपाली राजनीतिमा केवल दुई धु्रव वाकी रहेन छन् ः एकातिर संसदवादी र अर्कातर्फ क्रान्तिकारी, एकातिर आत्मसमर्पणवादी, पलायनवादी र अर्कोतर्फ ने.क.पा माओवादी । क्रान्तिकारीहरु संख्या र मात्रालाई निर्णयक ठान्दैनन् । त्यसैले होला अचेल जो सुकै नेताले पार्टी छाडे पनी पार्टीलाई फरक पारेको छैन । उनीहरु व्यक्तिलाई प्रधान ठान्दैनन् । वास्तवमा नेतृत्वको परीक्षा यस्तै तरल अवस्थामा हुन्छ । अवसरवादीहरु पार्टीवाट वाहिरीदा क्रान्तिलाई फाईदा नै पुग्छ । वादलहरुको एमाओवादीमा विलयले विप्लवको आवश्यकतालाई झनै वलियो वनाई दिएको छ ।
वास्तवमा यो विचारहिन एकताको चर्चा धेरै दिन चल्ने वाला छैन । वरु अव त्यसको सट्टामा धु्रवीकरणका वहशहरु तिव्र वन्ने छन् । हामीले इतिहासको यो नियमलाई वुझ्नु पर्छ कि प्रत्येक धु्रवीकरणले क्रान्तिकारीहरुलाई वलियो वनाउने छ । आँँट र हिम्मत भएका नेताहरुलाई स्थापित गर्ने छ । इतिहासमा कोही स्थापित भएँ भन्दा भन्दै विस्थापित भईसकेको हुन्छ । हिँजो सम्म मान्छेहरुमा के भ्रम थियो भने ड्यास माओवादी भित्रको दुईलाइन संघर्ष र पार्टी विभाजन गलत थियो । आज घटनाक्रमले त्यो भ्रमलाई साफ पारिदिएको छ । शायद छुट्टै पार्टी वेलैमा नवनाएको भए आज विप्लवको हालत त्यही हुन्थ्यो जस्तो क. किरणको भएको छ । अहिले त ओत लाग्ने ठाउँ छँदै छ । केही व्यक्तिहरुको ओहोरदोहरले हामिलाई किञ्चीत फरक पारेको छैन र पार्ने पनि छैन । केही समय अघि महासचिव क. विप्लवको एउटा संष्लेषण सुन्दा मलाई अचम्म लागेको थियो – “संशोधनवादीहरु विचको एकता वा विभाजन दुवैले क्रान्तिलाई उत्तिकै फाइदा पु¥याउने छ ।” वास्तवमा दुश्मनहरु वीचको एकताले पनि क्रान्तिकारी वीचको एकतालाई प्रगाढ वनाउँदो रहेछ ।
कुनै पनि एकता वा ध्रुविकरण के का लागि वा केका आधारमा भन्ने कुराले त्यसको प्रभावकारीताको निर्धारण गर्दछ । निश्चित उद्देश्य प्राप्तिका लागि विचराधारात्मक एकता युगान्तकारी र ऐतिहासिक वन्न सक्छन् । संसदवादि शक्तिहरु चुनाव जित्नका लागि वा संसदमा आफ्नो उपस्थिति वलियो वनाउनका लागि एकता गर्छन । अहिले तत्काल दुवै उद्देश्यमा फाईदा पुग्ने अवस्था छैन । प्रश्न उठ्छ, तथापि यो हतारो किन ? त्यसको एउटै कारण छ, एमाओवादीमा जान लागेको पहिरोलाई मत्थर पार्न । एकतामा प्रचण्ड र वावुराम वा के.पि ओली मिलेको भए कुनै टिप्पणी गर्नू पर्दैन्थ्यो । तर प्रचण्ड र वादल विचको निशर्त एकातालाई दुर भविष्य सम्म पनि प्रश्न उठीरहन्छन् र रहस्यमय वनीरहन्छन् । आज व्यक्ति व्यक्तिलाई भ्रममा पार्ने, पद र पैँसाको प्रलोभनमा पारी आफूतिर तान्ने खेल र षडयन्त्रहरु भईरहेको छन् । सायद उनीहरुको यो षडयन्त्रवाट पार्टी झनै स्पातिलो, र सुदृढ वन्ने छ । उनीहरु एकताको नाराबाट दुनियालाई भ्रमित वनाउने सपना देखिरहेका छन् भने हामी धु्रवीकरणको प्रक्रियावाट उनीहरुलाई तह लगाउने छौ । जव जव क्रान्तिकारी धु्रवीकरणले तिव्रता पाउने छ, तव तव उनीहरुले टेक्ने ठाउँ हराउँदै जाने छ ।
आजको परिस्थितिले तिव्र धु्रवीकरणको माग गरेको छ ताकि सर्वत्र विचारधारात्मक हलचल र कम्पन पैदा होस् । यस्तो वनोस, जसको स्वत्व जहाँ हो उ त्यही पुगोस् । क्रान्तिकारी छिटो भन्दा छिटो क्रान्तिकारी कित्तामा जाओस् र संसदवादी शिघ्रतिशिघ्र आफ्नै कित्तामा उभियोस् । भ्यागुतो जस्तो उभयचर प्राणी हाम्रो पार्टीमा नफड्कीयोस् । कोही वाँकी छन् भने तिलक परीयार जस्तै जाउन, वादल जस्तै फट्कीउन । त्यही उनीहरु हुन जसले हिजो हामीलाई विद्रोह र क्रान्तिका लागि भन्दै प्रचण्ड सँग संवन्ध विच्छेद गर्न लगाए । आज तिनीहरुले हामीलाई जवाफ दिनु पर्छ वा पर्दैन ? एकता नै गर्नु थियो भने पनि वा हिजो गल्ती नै भएको थियो भने पनि चुनाव अँगाडि गरेको भए वुद्धिमानि हुन्थ्यो । यी प्रश्नहरुको जवाफ उनीहरुसँग छैन । उनीहरु सँग भ्रम छर्ने फगत एउटै नारा छ ः माओवादीहरु एक हुनु पर्छ , कुम्युनिष्टहरु एक हुनु पर्छ । तर उनीहरु यो लुकाउँछन् कि संसदवादी कम्युनिष्टहरु एक हुनु पर्छ । एकता पछिका उनीहरुका सांगठानीक संरचना हामिले देख्ने नै छौ, पाँच, सातसय देखि हजार जना सम्मको केन्द्रिय समिति, एक दुई सयका जिल्ला कमिटि हुदै ५,१० जनजाका गाउँ कमिटी † अव वाँकी को हुने हो ? शायद उनीहरु नेताहरुको भीडमा परीणत हुने छन् । कार्यकर्ता वन्न कोही तयार नुहेने पार्टीमा परीणत हुँदै छन् । वास्तवमा उनीहरुको विषयमा हामीले धेरै टाउको दुःखाउनु पर्ने विषय त केही पनि छैन, न त उनीहरुलाई धेरै गाली गर्नु पर्ने नै छ । उनीहरु आफ्नै कारणले समाप्त हुँदै छन् । खाली उनीहरुले छर्न सक्ने भ्रमबाट सवैलाई मुक्त गर्नु हाम्रो प्रमुख कर्तव्य हो ।
क. विप्लवले भने जस्तै हामी क्रान्तिकारी माओवादी हुनुको नाताले हामी एउटा संष्लेषणमा पुग्नै पर्छ कि भविष्यको सामना हामी माओवादी भएर नै गर्नु पर्छ , संसदवादी वा सुधारवादी भएर होइन । माओवादी आन्दोलनमा भएको क्षेतिलाई हामीले वर्ग संघर्षकै माध्यमबाट क्षेतिपूर्ति गर्ने शाहस गर्नु पर्छ । वर्ग समन्वयवादमा फसेर हामी आफ्नो अस्तित्व वचाउन सक्तैनौ । मुसा जस्तै यता र उता दौडेर हामीले आफूलाई समृद्ध गर्न सक्तैनौ । के प्रष्ट छ भने संसदीय चुनाववाट सत्ता कब्जा गर्छु भन्ने भ्रमलाई अव कसैले पत्याउने अवस्था छैन । वल प्रयोग वा युद्धबाट मात्रै सत्ताकब्जा संभव छ । सेना विनाको कम्युनिष्ट पार्टी भ्रम मात्र वा आत्मरत्ती मात्र हुन्छ । केही नेता वा मान्छेहरुको वर्ग उत्थान भयो भन्दैमा वर्ग संघर्ष सिद्धिदैन । दुश्मन प्रति प्रहार गरौ र मित्रहरु प्रति एकतावद्ध बनौँ, यही नै समयको माग छ । विचारधारात्मक संघर्षलाई अझ वढी तिव्रतामा विकास गरौँ । क्रान्तिकारी धु्रविकरणको प्रक्रियालाई तिव्र वनाउन साथ अवसरवादी, संशोधनवादी, संसदवादी वा गै्रहमाओवादीहरु आफै समाप्त हुने छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु