प्रवासी सवार डुंगा पल्टियो , पाँच जनाको मृत्यु

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौं, १४ जेठ । इटली नजिकै भूमध्यसागरमा प्रवासीहरु सवार एउटा डुंगा डुबेको दृष्य क्यामेरामा कैद भएको छ । डुंगामा सवार ५६२ जनालाई उद्धार गरिएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार नजिकै आउँदै गरेको एउटा डुंगालाई देखेपछि सबैजना एक छेउमा जम्मा हुने क्रममा सन्तुलन बिग्रिएर डुंगा पल्टिएको हो ।डुंगा पल्टिन लागेपछि केही समुद्रमा हामफालेका थिए भने केही डुंगा समातेर माथिल्लो भागतिर झुण्डिदैं ज्यान जोगाउने प्रयासमा लागेका थिए । इटलीको तटरक्षक दल सवार डुंगाबाट ती आप्रवासीहरुको उद्धारमा हावा भरिएका साना डुंगा तथा लाइफ ज्याकेट समुद्रमा फालेर उद्धार गरिएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु