प्रधानमन्त्री जी तपाईले बाढेको सपना गाउलाई की सहरलाई ? – रमाकान्त बास्तोला

२०७३ जेष्ठ १३ गते, बिहीबार

एक घनघोर जंगल , यही जंगलको बिच एउटा बिकट बस्ती भित्र लुकेको छ मेरो इतिहास, सोझो भासामा भन्दा म एक गाउँले हु , गाउँको सामाजिक परिबेश भित्र हुर्के, बढे, पढे । यहाँका मानिसहरु किसानी गर्दछन् ,किसान उनिहरुको धर्म हो ,कर्म हो । दिन रात को खाना जोहो गर्न खेतिपाति सँगै ज्याला मजदूरी गर्दै समय बितेको हुन्छ यहा । दुःख छ तर दुःख लाई पनि सुख मान्दै हासि ,खुसी जीबनयापन गरिरहेका हुन्छन् यहाँ ।
देशको एउटा हिस्सा मेरो गाउ पनि हो । तर यहा देशले दिने सुबिधा कहिले पायन , उल्टयो कर बापत या अन्य अनेकौ जाल झेल गरेर यही गाउँ र गाउँलेको रगत पसीना चुसिरह्यो ।उचित शिक्षाको अभाबमा यहा असीक्षीत ब्यत्तिहरु धेरै छन । बिकासको कुरा गरौ शून्य छ । यहाँका बालबालिका हरुको उज्जल भबिष्य छैन् । गरीबिका कारण उनिहरुको जीबनयापनमा कठिनाई परीरहेको हुन्छ । उचित शिक्षको अभाबमा कसरी भबिष्य बन्छ यहाँका बालबालिका हरुको ?
सोचनीय बिषय त अझ अनौठोको छ । शाही शाशनको अन्त्य सँगै राणा शासन आयो। १०४ बर्ष चालेको राणा शासनले जनताको हक अधिकार सुनिश्चित गर्न सकेन, उसको एकलौटी शासनले जनतालाई झन मारमा पार्यो जनताको हक अधिकार माथि बंचित गरियो त्यसैले १०४ बर्षे जाहानिय राणा शासनलाइ पनि अन्त्य गर्दै देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र पनि लामो समय रहन पाएन राजनितिक खीचातानी को कारण प्रजातन्त्र बाट फेरी बिबिन्न आंदोलन हुदै पञ्चायति ब्यबस्था लागू भयो । राजनितिक परिवर्तन भए तर जनताको आसा र भरोसा कहिले पूरा भएन तथापि जनताको हक अधिकार र देशको समृध्दिको खातिर प्रथम जनान्दोलन (२०४६) भयो । ततपश्चात १० बर्षे लामो माओबादी जनयुद्द पनि भयो । हजारौ जनताका छोराछोरी जनयुद्मा होमीए , अन्याय अत्याचार लाइ जरै देखि उखाली समतामूलक , समृध्दि र बर्गीय मुक्तिको लागि गरिएको महान जनयुद्दमा कयौ सहिद भए , घाइते ,अपांग ,उस्तै छन , हजारौ नागरिक लाइ बेपत्ता बनाइयो। जनताको एकमत सँगै २०६२/६३ को दोस्रो जनआन्दोलन भयो ,जनआन्दोलन र जनयुद्दले गर्दा नै निरंकुश राजतन्त्रको पनि अन्त्य भयो । केहि क्षणिक परिवर्तन भएको पक्कै हो । तर देश यो अबथामा आउँदा गाउँको बिकास सुन्य नै भयो । उल्टयो आसा र सपनाहरु बाढीए । गरीब गरीब नै छन उहि झोपडी मा दुइ छाक् टार्न दिनभर परिश्रम ,खेती किसानी गारीरहेका नै छन । युवा जमात बीदेशिएका छन ।
दुःख छ पीड़ा छ , देश अहिले संघीय गणतंत्रमा प्रबेश गरेको छ । कानून बनेको छ रे । तर महसूस गर्न यो गाउँले पाएन दमन , अत्याचार र शोषित भईरह्यो । कानूनले यो गाउँको न बिकाश गर्न सक्यो , न पर्देशिएका युवालाइ फरकाउन नै सक्यो । न गाउँको बिकाश गर्न नै सक्यो । न यहाँका बालबालिका को उचित भबिष्य निर्माण गर्न नै । बिजुली ,पानी बाटो यी सबै अपबाद बनेका छन गाउँको लागि , गाउका केहि ठुला बड़ाहरु पनि शोषक बनेका छन , भने राज्यले उनीहरुलाई पारीचालित गराएर सोझा गरीब गाउँको अस्मिता लुटाइएको छ । बालबालिका को भबिष्य सुनौलो हुन पाएको छैन् । महँगीले झनै अस्तब्यस्त बनाएको छ यहा ।
बिभिन्न राजनितिक परिवर्तन सँगै देशले ३१ औ प्रधानमन्त्री पनि पाएको छ । समाचार , रेडियो ,टेलिभिजन तीर निकै चर्चा र हाँसो पनि छाहेको रहेछ । हुन त बीरोध गर्नु स्वभाबिक पाटो हो । जनताले स्वतंत्रता पाएका पक्कै हुन । चील्ला गहकिला भासण गर्ने त नेताको बाणी नै हो । एस्तै प्रधानमन्त्री केपी ओलीले पनि आशाका सपनाका लहारहरु फयाक्नु के नौलो बन्यो र । उहाँका भनाईहरु गहन भएर हेर्ने गरेका छन मेरो गाउँमा पनी । हावा बाट बिजुली , घर घरमा ग़्यास पाइप जडान , चुच्हो परेको रेल , ठुला ठुला महल , आदि इत्यादि ,, देशलाइ समृध्दिको बाटोमा लाने आस्वाशन दिनु भएको रहेछ । तर जति आशा गरे पानी यो गाउँको लागि उहाले दिएको बच्चन हरु स्विकार गर्न र आशा भर पर्न सकेका छैनन् ।किनकी चुच्हो परेको रेल त्यों टाडा सहरमा गुड़ने हो , गाउ घरमा ग्यास्का पाइपलाइन आउला भनेर सोच्न पनि सकिदैन , अंधकारमय भएको गाउहरुमा बिजुली बत्ती ,पुल भबन अस्पताल, स्कुल निर्माण का सपना देखाउनु नौलो भएको छ । एस्तै गर्नुभएको छ ओली जी ले पनी । उहाको बोली सहरको लागि होला तर यो गाउँले आभास गर्न पाउने छैन् । त्यसैले प्रधानमन्त्री जी यो गाउँको लागि पनि आस्वासन र गहकिला चिल्ला सब्द् बोलीडीए आभारी हुने थिए । स्कुल ,भबन ,हॉस्पिटल ,बाटो ,बिजुली बत्ती , र अन्य बिकाश निर्माणको आसा गाउँको लागि पनि दिनुहोस् । तपाईका यी झुटा चिल्ला भासणले गाउँलेलाइ पनि सान्तवना मिलोस् । नून तेलको लागि टाढाको बाजार जानू पर्दछ बाटोमा जीर्ण भएको काठको झोलुङ्गे पुल छ ,त्यसलाई मर्मत गरिदिनुहोस् , महँगीले हामीलाई सताएको छ ,महँगीको मार देखि छुटकरा दिलाइदिनुहोस् , गाउँको स्कुलमा उच्चस्तरीय शिक्ष लागू होस् जसले भोली बालबालिकाको भबिष्य उज्जल बनोस , युवा पीड़ि बिदेशीनू नपरोस । बिरामी हुदा एउटा गोली औसधि नपाएर अकाल मृत्यु हुने गर्दछ ,यहा सानो स्वास्थ्यचौकी निर्माण गर्ने सपना बूनिदिनुहोस् ।

प्रतिक्रियाहरु