“खुल्लामन्चमा समृद्दी राईलाई दुई शब्द” : शुष्मा रुपाबुङ

२०७३ जेष्ठ १३ गते, बिहीबार

प्रिय समृद्दी,
राईको नाताले हामी दिदी-बहिनी पर्छौ तर तिमीलाई राई मन नपर्ने यो साइनो पनि मन्जुर नहुन सक्छ! म चै आफ्नै ठान्छु तर को दिदी को बहिनी जन्ममिती हेर्नू पर्ला सायद हामी समकालीन हुन सक्छौ त्यसैले पनि मैले तिमी भनेर सम्बोधन गर्दैछु।
आज सामाजिक सन्जाल/ फेसबुकका भित्ताहरुमा तिम्रै मात्र चर्चा परिचर्चा चलिरहेको छ थाहा छैन तिमी यति बेला के महसुस गरिरहेकी छौ,म भने एकदमै नराम्रो महशुस गरिरहेकी छु! तिम्रो लागि म दुखेको छु/किनकी तिमिलाई गाली गर्नु एउटा किरातिम्मा लाई गाली गर्नु हो र त्यो म पनि हु त्येसैले दुई शब्द र्तिम्रो नाममा खर्चिदैछु।
म हरेक हिसाबले तिमी भन्दा पछि छु, तिम्रो जतिको सुन्दर अनुहार छैन, तिम्रो जस्तो मिलेको शरीर छैन, तिमी जतिको अंग्रेजीमा पोख्त छैन, सामान्य गाउको परिबेशमा जन्मेर हुर्केको सामान्य स्कुल र बिश्वबिध्यालय बाट डिग्री लिएको छु तर पनि सदियौ देखि थिचिएर, पिल्सिएर मासिनै लागेको आफ्नो मौलिकता र पहिचानलाई चिनेको छु । माया गर्न जानेको छु र यस्लाई फेरि पनि स्थापित गराउन कम्मर कसेकी छु ,फेरि पनि जबर्जस्ती जिउदै पैताला मुनि भसाइएको आफ्नो पुर्खालाई स-सम्मान आफ्नो स्थानमा स्थापित गर्नु अस्तित्वको लडाईमा भाग लिरहेकी छु । यसो गर्न मैले कुनै स्कुल र बिश्वबिध्यालयमा पढेर जानेको हैन,म आफुलाई जीवन दिने आमालाई माया गर्छु बाबालाइ माया गर्छु आफ्नो माईतिलाई सम्मान गर्छु यसो भनौ म आफ्नो शरीर भित्र बगिरहेको तातो रगतलाई माया गर्छु यति नै काफी भयो मलाई आफ्नो पुर्खा/मौलिकता र पहिचान प्रती नतमस्तक हुन।
म एउटा राई समुदयमा हुर्के बढे नेपाली शुद्द बोल्न आउदैन थियो तर पनि स्कुल जान थाले पछि नेपाली(खस भाषा)मा प्रथम नै हुन्थे तर कसरी तिमी भन्छौ? नेपाली राम्रो बोल्न आउदैन भनेर, मानौला तिमी बिकशित मुलुकमा जन्म्यौ, हुर्क्यौ पढ्यौ तर तिम्रा घरका सबै परिवार आफन्त त अग्रेजिमा पोख्त हुनु हुन्न होलानी? के तिमी चौबिसै घण्टा अग्रेजिमा कुरा गर्छौ र? छातिमा हात राखेर भन तिमी सपना नेपालिमै देख्छौ,, र अर्को कुरा म अग्रेजिमा पोख्त छैन तर कम्तिमा पनि म I don’t want see boys from my communities भन्न सत्तिन र र भाषा शैली नमिल्दा पनि यसो हुन जादैन।
मलाई थाहा छ तिमी सक्षम छौ, तिमीलाई अगाडि बढ्न, कुनै प्रतिस्पर्धामा पहिलो हुन समाबेशी कोटा चाहिदैन, तिमी राज्यको सबै मान्छे सङ खुल्ला प्रतियोगितामा अगाडि आउन सक्छौ तर सोच तिमी जस्तो सम्पन्न परिवारमा जन्मेर आधुनिक शिक्षा लिन पाउने हाम्रो समुदायको केटिहरु कति होलान?? यदि तिमी जस्तै भए तिमिले यो स्थान पक्कै पाउने थिएनौ उनिहरु अर्थात हामिहरु तिमी भन्दा पछि छौ त्येसैले त तिमी पहिलो भयौ माथि भयौ के अब तिमिले तिमी भन्दा पछि भएका जो तिम्रो हात समाएर तिमी संगै माथी उक्लन खोज्ने आफ्नै दिदी बहिनी को लागि सोच्नु पर्दैन? तर तिमिले त आफ्नो झुप्रो घर ठानेर उल्टै सानदार बङ्लामा भाडामा बस्न गयौ तिमिले सोचेनौ कि त्यो झुपडी मा तिम्रो परिवारको अरु सदस्यहरु पनि थियो र अब तिनिहरु बे घर खुल्ला आकशमा आफ्नो सिर ओताईरहेछ, जुन दिन भाडामा बसेको सानदार घरबाट निकालिन्छौ त्यो दिन बल्ल महशुस हुन्छ त्यो एउटा झुप्रो घर हैन स्वर्ग को सानो टुक्रा थिएछ भनेर ।
मैले पनि नेपाल सरकारले लिएको लोक सेवा प्रतियोगिता मा आफ्नो समाबेशी कोटाबाट नभइ राज्यका सबै जाती वर्ण र समुदायको मान्छेहरु सङ्ग खुल्ला प्रतियोगिता बाटै नाम निकालेको हो तर पनि मैले कहिल्यै भनिन अब हामीलाई हाम्रो समाबेशी कोटा पुग्यो भनेर बरु म भन्दा कम अवसर पाएका राज्यको मुलधार बाट बन्चित मेरो भाइ बहिनी हरुको लागि सोचिरहे,भर्खरै हाम्रो उभौली साकेला सकियो भनौ राम्री अझै सेलाउन बाकी छ, साकेला हाम्रो पहिचान हो,जीवन हो हामी किराँती हौ भन्ने चिनाउने मुख्य सुचक पनि हो,यो बेला धेरै अघि छुटेका ब्यास्त जिवनसैलिलाई छुट्याएर आफ्ना आफन्तजन साथिभाई अनि अग्राजहरु सङ्ग भेटेर ढोल झ्याम्टा सङै सैलिहरुमा सुखदुख बाड्ने गर्छौ, भन्ने हो भने हाम्रो राई लिम्बु समुदायमा जस्तो चेलिलाई सम्मान गर्ने माईती हरु कमै समुदायमा भेटिन्छ, बिहे गरिसकेर गैसकेको चेली ले पनि माइती आउदा उत्तिकै हक जगाउन दिन्छन जति पहिला, नढाटी भन्ने हो भनेत अरु समुदायमा जुवाईलाई फकाई फुल्याई भगवान मानेर आफ्नो छोरिलाई राम्रो गरोस भनेर चाकर गरिरहदा हाम्रो समुदायको माईतिहरु चेलिलाई हेला गर्यो भने जुवाईलाई पिट्न सम्म तयार हुन्छन यो कुरा सकरात्मक भन्न खोजेको हैन तर हाम्रा माईतिहरु चेलिहरुलाई यति सम्म माया गर्छ/ महत्व दिन्छन भन्न खोजेको, तर आज एक अर्कालाई यति माया, सद्भाव राख्ने चेली माईती हरु सार्वजानिक रुपमा गालिका वर्षा हरु हुँदै गर्दा तिमिलाई कस्तो लाग्छ कसम म चै साच्चै एेठन् परिरहेकी छु।
सायद तिमिले यति धेरै प्रेम अनि महत्व दिने माईतिहरुलाई चिन्न सकेनौ, जुन रगतले तिमी जीवित छौ त्यही रगतलाई आफू बाट टाडा पार्न खोज्यो! तिमी आफै भन तिम्रो शरीर भित्र बगेको रगतलाई सबै निकाल्यौ भने तिमी जिवित हुन सक्छौ? भन्ने कुरा धेरै छन मन भित्र तर कति कुराहरु मन भित्रै रहे शब्दमा लेखिन नामन्जुर गरे अनि महशुस बनेरै बसिरहे । हामी किरातिहरुको अर्को पहिचान आफ्नो पुर्खाहरुलाई अर्थात आफू भन्दा ठुलालाई सम्मान गर्नु तर तिमिले त सिधै अपमान मात्र हैन बेइजत नै गर्यो, थाहा छैन फुफु हरुले के महशुस गरिरहनु भएको छ यतिबेला मोडेल भनेको टिमिक्क शरीर बनाएर पार्दर्शी कपडा लाएर स्टेजमा क्याटवाक गर्नु नकि सुन्दरी प्रतियोगिता हरुमा ताज पहिरिनु अनि पर्दामा छम्छमी नाच्नु मात्र हैन, मोडेल अंग्रेजी शब्द नेपाली मा यस्को अर्थ नमुना हो जुन अरुको लागि नमुना बन्ने अरुले आफुलाइ देखेर आफू जस्तै हुन खोज्ने एउटा आदर्श ब्याक्ती तिमी पनि हाम्रो अरु किरातिम्मा बहिनी हरुको लागि एउटा नमुना थियौl मैले मेरो प्रत्येक बहिनिहरुलाई समृद्दी राई बन्न प्रेरित गरिरहन्थे तर आज म उनिहरुले मलाई भन्छन हामी पनि समृद्दी राई जस्तो भयो भनेत सबैले गाली गर्दो रैछन अब त नहुने, यहाँ तिम्रो मात्र हैन हाम्रो पनि अभिमान स्वाभिमान तल खसेको छ।
तिमीलाई लाग्छ होला तिमीलाई गालि गर्नेहरु नपढेको गाउले गवार जस्ले जे भने पनि केही फरक पर्दैन तर याद गर तिनिहरु छन र नै तिमी सेलिब्रेटी भयौ तिमी जस्तै पढेलेखेको शिक्षित राम्रो प्रतिभावान मान्छे हरु त तिम्रो खुट्टा तानेर तिम्रै स्थान लिनमा ब्यास्त छन।
आफ्नो जात समुदाय को पहिचान खोज्दैमा जातिबादी हुदैन जातिबादी त ति हुन जस्ले धेरैलाई राज्यको मुल्धार बाट बन्चित गराएर नामेट पार्न खोज्छ, जस्ले जात वर्ण छुट्याए, म आफू भएर बाच्न पाउनु भन्नुको अर्थ अरुलाई मार्नु हैन।
माया गर्ने मान्छेले मात्र आफुले गरेको कुरामा चित्त दुखाउछन त्येसैले सोच तिमिलाई तिम्रो आफ्नो मान्छेले आफ्नो मौलिकताले आफ्नो समुदायले धेरै माया गर्नु हुन्छ र नै चित्त दुखाउनु भयो हुनत आज चाहेको भन्दा धेरै अश्विल शब्दहरु तिम्रो नाममा प्रयोग गरिरहेका छन यसमा म दुखी छु र यहि मार्फत पनि सबैलाई अनुरोध गर्न चाहन्छु अरुलाई तल पार्ने नाममा आफू पनि तल नझर्नुस।
अन्त्यमा,तिमि सिरको फुल थियो हावाले उडाको भए सबै मिलेर फेरि उठाउने थिए जसरी धरहरा दैबिक बिपत्तिले ढलाए पनि आज फेरि त्येस्लाई उठाउन सबै जना एक भएर जुर्मुराई रहेका छन त्यो धरहरा बनाउनेले आफै डोजर लाएर भत्काको बहए पक्कै कसैले फेरि उठाउने कोसिस गर्ने थिएनन् । त्यस्तै सिरमाथिको फुल आफै भुइमा झर्यो अब कसैले उठाउन हतपत कोसिस गर्ने छैनन, तिमी आफै उठेर फेरि साबित गर्नु पर्नेछ तिमी पक्का सिरकै फुल हो भनेर…त्यतिन्जेल सम्मको लागि फेरि मेरो किरातिम्मा बहिनिहरुको(निछाम्मा)हरुको लागि एउटा अर्को मोडेल(आदर्श ब्यक्ति) खोज्नेछु,, आशा छ यसपल्ट पक्कै मैले खोजेको मोडेलले मलाई गलत साबित गर्ने छैन अनि बहिनी हरुको अगाडि म…
—तिम्रो रुपाबुङ शुष्मा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु