एमाओवादी केन्द्रीय समितिको बैठक बस्दै

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौ, १ जेठ । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा पार्टी एकताका विषयमा छलफल हुने बताइएको छ । बैठक
अहिले बिहान साढे ९ बजेपछि पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ । बैठकमा पार्टी एकताको निर्णय अनुमोदन गर्ने र नेताहरुको कार्यविभाजनका विषयमा छलफल हुने एकीकृत नेकपा माओवादीले जनाएको छ । फुटेर गएका चार माओवादीबीच एकता गर्ने निर्णय भएसँगै कार्यविभाजनमा फेरबदल र पार्टीको नाम समेत फेरिनेछ । बैठकमा एकतापछि पार्टीको मूल एजेण्डा, सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु