हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु बुद्धिमानी हैन – पुष्पगोपाल श्रेष्ठ

२०७३ बैशाख २६ गते, आईतवार

कामकुरो एकातिर कुमलो बोकि ठिमितिर भने जस्तै गरेर, भन्ने बेला पार्टी एकताको कुरा गर्ने भन्ने, गर्ने बेलामा आफ्नै पार्टीभित्र फुट् पैदा गर्ने । यो कस्तो किसिमको पार्टी एकताको प्रक्रिया हो, बुझि नसक्नु हुन पुगेको छ । अन्य शक्तिसित पार्टी एकता गर्नुभन्दा पहिले आफ्नै पार्टीलाई एकढिक्का बनाई, मजबुट पार्टीको हैसियतले अन्यसँग पार्टी एकताको कुरा उथाउनु वा प्रक्रियामा जानु उचित हुन्थ्यो । बिदम्वनाको कुरा, अन्य पार्टीसँग एकता गर्नुको नाममा आफ्नै पार्टीभित्र फुट् पैदाहुने गरि क्रियाकलाप अपनाउनु कुनै अर्थमा पनि युक्तिसँगत थहरिन्न । यो कलम चलाउनेले बुझेसम्म, आजको आवश्यकता भनेको सबैखाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध क्रान्तिकारी विचारको रक्षा गर्नु, पार्टीलाई एकताबद्ध तुल्याउनु र एकता–संघर्ष तथा मुख्यतः रुपान्तरित हुँदै केन्द«ीकृत, अनुशासित तथा नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गर्नु हो । तर, यहाँ त सुन्नमा आए जस्तो एकताबद्ध पार्टीभित्र जस्तो जेसुकै प्रयोजनको लागि गरेको भएतापनि अन्ततः त्यो ‘सिगनेचर क्याम्पेन’ले फुट् पैदा गर्ने नै हो ।
देशमा बल्झिन्दो समस्या–राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका विषय जस्तो अत्यन्तै सम्वेदनसिल विषयवस्तुहरुलाई नजरअंदाज गरी, पार्टी एकताको नाममा पहिला पार्टी एकता गर्ने अरु काम कुरो एकसाथ बसी छलफल र वादविवादद्वारा सुल्ताउँदै जाउँला भन्ने जस्तो गएर जिम्मेवार (फन्तुस) कुरामा अदिगलिई बस्नु भनेको क्रान्तिकारी कम्युनिष्टहरुलाई हँसिमा उदाउनु हो । सच्चा क्रान्तिकारी कम्युनिष्टहरु, आफ्नो बिचमा सामान्यतः स्वीकार्य रहिआएको मालेमाका आधाभूत सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक विषयमा हुनुपर्ने समान समझदारी र एकरुपताको आवश्यकतालाई यसरी उपेक्षा र अनादरगरि एकोहरो पाराले मात्र पार्टी एकताको माला जप्दै गर्नु युक्ति संगत कुरा होइन ।
आज विश्व क्रान्तिका लागि भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद, नवउदारवाद, नवउपनिवेशवाद र दक्षिणपन्थि संशोधनवाद नै मूल खतरा रहि ओएको छ । र त्यसमाथि आफ्नो देश नेपालमा मुख्यतः भारतीय विस्तारवादी हस्तक्षेप तथा उत्पीडन तीब्ररुपमा बढदै गरेकोबाट समेत अनजान जस्तो बनी, ती नै देशी तथा विदेशी वर्गदुश्मनहरुद्वारा नेपालको कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी धारालाई ध्वस्तपार्दै संसदवादको आहलमा दुवाउन निर्माण गर्दै गरेकोलाई समेत कुनै संकोच नमानी सचेतनाको अाँखा पुरै बन्द गरेर उनीहरुकै इसारामा नाच्दै हिंड्नु जस्तो विदम्वना देशको निमित्त अरु के हुनसक्छ ?
हाम्रो नेपालको विद्यमान अर्धसामन्ति तथा अर्ध÷नव औपनिवेशिक अवस्थामा नेपाली समाजको आधारभूत अन्तरविरोध मुलतः दलाल तथा नोकरशाहि पूँजीपति एवम् सामन्तवर्ग र जनसमुदाय बिच रहिआएको छ भने अर्कोतिर विश्व साम्राज्यवाद तथा भारतीय विस्तारवाद र नेपाल राष्ट्रका बिच कायमै रहेको छ । देशमा बिद्यमान रहिआएको यो वर्तमानको वस्तुगत स्थिति भन्नु नै जनवादी क्रान्तिको चरण हो । र जनवादी क्रान्तिको चरणमा दलाल एवम् नोकरशाहि पूँजीपति र सामन्तवर्ग प्रमुख दुश्मन रहेका हुन्छन् । ती वर्ग खासमा भन्नुपर्दा सामान्यतः साम्राज्यवाद र विशेषतः भारतीय विस्तारवादद्वारा निर्देशित तथा परिचालित रहिआएका छन् । मुलुकमा यस्तो स्थिति मौजुदगि छँदाछँदै, एमाओवादीले पठाएको पार्टी एकता सम्बन्धी प्रस्तामा उल्लेखित निम्न वाक्य ‘नयाँ जनवादी क्रान्तिको कार्यनीति वा समाजवादी क्रान्तिको रणनीति भन्ने लगाएतका प्रश्नलाई बिना कुनै आग्रह, पुर्वाग्रह आन्तरिक अध्ययन र छलफलका माध्यमबाट ठोस वस्तुको ठोस विश्लेषण गरी निश्कर्षमा पुग्नु उचित हुन्छ’ भनी व्यक्त गरिएको राजनैतिक सोचको उद्देश्य मूलतः क्रान्तिकारीहरुलाई दिगभ्रमित पार्ने एक प्रकारको क्रान्तिविरोधि अभियान अर्थात दक्षिणपन्थि संशोधनवादी रवैया प्रस्फुरित गर्नु रहेको छ । भने अर्काेतिर फेरी त्यस्तै गरि नेकपा क्रान्तिकारी माओवादीका नेता बादलद्वारा समप्रेशित पुरक प्रस्तावमा उल्लेख वाक्य ‘अन्तरराष्ट्रिय स्तरमा समाजवादोन्मुख तथा समाजवादी क्रान्तिहरुको पूर्वाधार विस्तार हुँदै गएको छ’ को भाव भंगिमा पनि एमाओवादीसँग पुरै मिल्दो जुल्दो हुन आउनुले बिना सर्त पार्टी एकताको ख्वाव जवर जस्त रुपले पर्दाफास हुनपुगेको छ ।
हामीले क्रान्तिकारी पार्टी बिच एकताको कुरा सोच्ता वा कुरा गर्दैगर्दा सर्वप्रथम सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक आधारका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद, संसदवादको विरोध, बलप्रयोगको सिद्धान्त, जनवादी केन्द«बिन्दु बनाई पार्टी–एकताको प्रक्रिया अगाडि बढाउने सोच्नु जरुरी छ । अन्यथा क्रान्तिकारी पार्टी एकताको नाममा प्रतिक्रान्तिकारी पार्टी एकतामा परिणत हुनगई अन्ततः ती नै देशी तथा विदेशी वर्गदुश्मनहरु कै चाहना अनुरुप पार्टी एकता उनीहरु कै खेलौना बनी, नेपालको कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी धारालार्य बिघटन गरी ध्वस्त पार्न र क्रान्तिकारी कम्युनिष्टहरुलाई संसदवादको आहलमा दुवाउनका लागि, ती देशी तथा विदेशी वर्गदुश्मन र सामान्यतः मध्य तथा वामपन्थी तथा मुख्यतः दक्षिपन्थी संशोधनवादीहरुको चौतर्पिm घेरावन्दीमा फस्न नपुग्ला भन्न सकिन्न । तसर्थ समय छँदै क्रान्तिकारी कम्युनिष्टहरुले सचेतताको अाँखा उघारी पार्टी एकताको आवश्यकता भित्रको लक्ष र उद्देश्य परिपूर्तिको निमित्त जुझारु क्रान्तिकारी सोचका साथ माथि उल्लेखित विषयवस्तुहरुलाई आत्मासात् गरी पार्टी एकताको निमित्त जुटनु अत्यावश्यक छ ।
हामीले भुल्न नै चाहेर पनि भुल्न नसकिने कुरा भनेको हाम्रो मुलुक नेपालभित्र जबरजस्त रुपमा रहिआएको अर्धसामन्ति तथा अर्ध÷नवऔपनिवेशिक अवस्था हो यद्यापि नेपालमा सामाजिक, आर्थिक, राजनीतिक तथा साँस्कृतिक रुपमा केहि परिवर्तन भएको देख्नमा आएका छन् । र शासन सत्तामा पनि देख्नमा केहि(पुरानो बोटलमा नयाँ लेवल चिपकाए भैंm ) हेरफेर त भएका छन् । परन्तु भन्नु नै पर्दा नेपालको सिंगो सामाजिक–आर्थिक व्यवस्था र राज्यसत्ताको वर्गिय चरित्र यथावत कायमै छ खास कुनै गुणात्मक क्रान्तिकारी तथा आधारभूत परिवर्तन भएकै छैन । हामी सबैलाई थाहा भएकै कुरा हो, नेपाली जनवादी क्रान्तिका दुई आधारभूत कार्यभार मध्ये एक राजतन्त्र समाप्त भए पनि अर्धसामन्ति स्थितिको मूलत अन्त्य भएको छैन भने अर्काेतिर साम्राज्यवादी–विस्तारवादी उत्पीडनको अन्त्य गर्ने कार्यभार त सिङगै नै बाँकि छ । यस्तो स्थिति यथावत कायम छँदाछँदै नेपालमा पूँजीवादी जनवादी क्रान्ति पुरा भयो भन्दै हिंडनु सर्वथा गलत कुरा हुन । र यसप्रकारको सोचाई आखिर राजनैतिक दिवालियापन नभए अरु के हुन सक्छ ?
आज देशको आवश्यकता र शुभचिन्तक जनताको चाहना अनुरुप पार्टी एकताको निमित्त भरमजदुर किसिमले कोशिस गर्दै गरेको प्रष्ट देख्न सकिन्छ । र कोशिसमा कहिं कतै कुनै कमि भए गरे जस्तो लाग्दैन । तर पनि समयको माग अनुरुप पार्टी एकता कायम गर्न कामयाव हुनगइरहेको छैन, किन ? क्रान्तिकारीहरु बिच बदे बदेमानका दिगज मानियका कामरेडहरु नभएका पनि होइनन् । फेरि पनि पार्टी एकता कायम हुनमा विभिन्न बाधा अर्चन मात्र किन ? किनकि माक्र्सवादको अध्ययन साम्यवाद सम्बन्धी कृतिहरु, किताबहरु र पुस्तिकाहरुमा लेखिएका कुराहरु कण्ठाग्र पार्नमै सीमित, हामीले साम्यवादको घोकुवाहरु अथवा घमण्डीहरुबाट आखिर पाउँछ नै के र ।
हामी क्रान्तिकारी कम्युनिष्टहरुलाई सुगा–रताइको आवश्यकता छैन् । परन्तु हामीले हामी मध्ये प्रत्येकको बुद्धिलाई आधारभूत तथ्यहरुको जानकारीद्वारा विकसित र उन्नत तुल्याउनु पर्दछ । किनभने, यदि कुनै कम्युनिष्टले सारा उपलब्ध ज्ञानलाई आफ्नो मस्तिस्कमा मंथन गर्दैन भने, साम्यवाद एउटा फोस्रो कुरा र केबल साधा सूचनापट मात्र बन्न जाने छ । अनि कम्युनिष्ट केवल पाखण्डी सिवाय अरु केहि रहने छैन । तपाई हामीले त्यस ज्ञानलाई हृर्दयङ्गम मात्रै गरेर पुग्दैन, आलोचनात्मक ढङ्गले यसरी हृर्दयङ्गम गर्नु पर्दछ । जसले गर्दा आफ्नो दिमागमा नचाहिंदो कसिङगर थुप्रन जाने छैन् । बरु, आफ्नो बुद्धिलाई यस्ता सारा तथ्यहरुले सम्पन्न तुल्याउनु पर्दछ जुन आजको क्रान्तिकारी कम्युनिष्टहरुको लागि अनिवार्य हुन्छ ।
आज देशको वस्तुगत यथार्थताले अवश्य पनि पार्टीगत एकताको माग गर्दछ । तर यसको माने अवश्यव पनि यो होइन कि बिना सोच बिचार अर्थात सैद्धान्तिक आधार बिना हचुवा तालले हतार हतार पार्टी एकताको नाममा एकता कायम गरेर, पछि दक्षिणपन्थी संशोधनवादको भुमरिमा परेर पछुताई टुक्रिनु र छुटनुभन्दा अगावै क्रान्तिकारी राजनीति क्रान्तिकारी कार्यदिशा, रणनीति तथा कार्यनीतिमा एकरुपता कायम गरी समान सोचको पृष्ठभूमिभित्र पार्टी एकता कायम् गर्न सकेमा मात्र पार्टी एकता दिगो र औचित्यपूर्ण हुने कुरामा दुइमत हुन सक्दैन ।
हामीले अत्यन्तै महत्वकासाथ बुझनु पर्ने कुरा के हो भने, कुनै कम्युनिष्ट गम्भिर, कठीन र ठूलो परिश्रम नगरिकनै, आलोचनात्मक ढङ्गले जाँचि हेर्नु पर्ने तथ्यहरुलाई नबुझीकनै आफुले थाहा पाएका तैयार निष्कर्सहरुको आधारमा साम्यवादको गफ हाँकन थाल्दछ भने त्यो ज्यादै दयनीय कम्युनिष्ट भएको दावा गर्दछ र उसले अब जान्नु पर्ने कुरा केही पनि छैन भन्ने कुरा गर्दछ भने त्यसमा कम्युनिष्ट भन्न लायकको कुनैपनि कुरा हँदैन ।
हाम्रो देश नेपालमा विद्यमान अर्धसामन्ति र अर्ध÷नवऔपनिवेशिक अवस्थाको यो ऐतिहासिक जनवादी क्रान्तिको चरण हो । र यस प्रकारको स्थितिमा नयाँ जनवादी न्यूनतम र समाजवाद अधिकतम हुने भएकोले तदअनुरुप नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने, द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा, वर्तमान विश्व र नेपालको सामाजिक–आर्थिक अवस्थाबारे आवश्यक अध्ययन गरी क्रान्तिको कार्यदिशालाई समृद्ध, परिमार्जित तथा विकसित तुल्याई क्रान्तिकारी कम्युनिष्टव पार्टी एकता कायम गर्नु आजको आवश्यकता हो ।
फेरिपनि पार्टी एकताको लागि सच्चा क्रान्तिकारी कम्युनिष्टहरु पुरै सचेतता अपनाई सम्बन्धित विषयबारे घनिभूत रुपले खुलस्त, स्पष्ट तथा मुर्त भाषामा छलफल चलाउन र वैचारिक आदान–प्रदान गरी सही र समान निष्कर्षमा पुग्न जरुरी छ । किनभने हाम्रो देश नेपालमा मुख्यतः भारतीय विस्तारवादी हस्तक्षेप तथा उत्पीडन तीब्र रुपमा बढदै गइरहेको छ । र यस क्रमसँगै नेपालमा कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई विघटन गरी ध्वस्त पार्न र क्रान्तिकारी कम्युनिष्टहरुको नामोनिशान मेताउन देशी तथा विदेशी वर्गदुश्मन र सामान्यतः मध्य तथा ‘वाम’ पन्थी तथा मुख्यतः दक्षिणपन्थी संशोधनवादीहरुद्वारा चौतर्पिm रुपमा भयानक षडयन्त्रका जालो बुन्दैगरेका छन् । तसर्थ क्रान्तिकारीहरुले पार्टी एकताका कुरा गर्दा यी सबै पक्षहरुमाथि विशेष गम्भिरताका साथ सोच्न र मन्न गरी अधैर्यतालाई पुरै पन्छाई, बुद्धिमतापूर्ण ढङ्गलेव पार्टी एकताको काम–कुरा र प्रक्रियालाई अगाडि बढाउन सावधानिका साथ सुजबुझता अपनाई अगाडी बढ्नु जरुरी छ ।

प्रतिक्रियाहरु