मस्जिद भत्कँदा १५ जनाको मृत्यु

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौँ, १९ वैशाख । सोमालियामा एक मस्जिद भत्किदा १५ जनाको मृत्यु भएको छ । राजधानी मोगादिसुमा रहेको मस्जिदमा प्रार्थनाका लागी सयौं व्यक्ति जम्मा भएका बेला मस्जिद भत्कँदा थुप्रै घाइते भएका छन् ।
मस्जिदको भग्नावशेषमा थुप्रै च्यापिएकोले मृतकको संख्या बढ्ने सक्ने अनुमान गरिएको छ । जिर्णोद्वार क्रममा रहेको मस्जिद भत्किएकाले जिर्णाेद्वारको जिम्मा लिएका इन्जिनियर पक्राउ परेका छन् ।
सोमालियामा गत सातादेखि परेको मुसलधारे बर्षाका कारण पनि मस्जिद भत्केको हुनसक्ने अनुमान गरिएको छ । यस घटनाबारे छानबीन शुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु