वैदेशिक रोजगार, रेमिट्यास र समाजिक व्यवस्था – रानीशर्मा तिवारी

२०७३ बैशाख १८ गते, शनिबार

कुनै पनि व्यक्तिलाई दैनिक आवश्यकता परिपूर्तिका लागि रोजगारीको आवश्यक्ता पर्दछ । रोजगारी पनि सकेसम्म आफ्नै गाउँघर वा शहरमा चाहन्छ । नभए आफ्नै देशको कुनै ठाउँमा, जहाँ या त परिवारसँग बस्न पाओस् वा बेला मौकामा सजिलै घर परिवारलाई भेट्न पाओस्, आप्mनै समाजमा बसेर काम गर्न पाओस् । तर नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा लाखौं युवाहरू रोजगारीका लागि विदेशिनु परेको अवस्था छ ।
अनौपचारिक तथ्याङ्कहरूले रोजगारीका लागि विदेशिने नेपाली युवाको संख्या पचास लाख भन्दा माथी रहेको अनुमान गरेका छन् । यसमध्ये न्यून संख्यामा मात्र दक्ष कामदारका रूपमा गएका छन् । अझ प्रोफेशनल वा विशेषज्ञ स्तरमा विदेशमा रहेका नेपालीको संख्या निकै कम छ । दक्ष कामदार वा इन्जिनियर, डाक्टर, जस्ता प्रोफेशनल सेवामा काम गर्न विदेशिएकाहरूले परिवारलाई (श्रीमती छोरा छोरी) समेत लिएर जाने र सँगै राख्ने अवस्था छ । तर अदक्ष कामदारका रूपमा भारत, खाडी मुलुक लगायतका ठाउँमा जानेहरूले आफूसँग परिवार लैजाने व्यवस्था र अवस्था दुवै छैन ।
राज्यको ध्यान स्वदेशमा रोजगारी सिर्जना गर्नुभन्दा वैदेशिक रोजगार प्रवद्र्धनमा लागेको छ । मानौं राज्यको उद्देश्य नै भाडाका कामदार उत्पादन गर्ने देशको रूपमा नेपाललाई परिचित गराउनु हो । सामान्य रूपमा हेर्दा वैदेशिक रोजगारीले समाज समृद्ध हुँदै गएको प्रतित हुन्छ, तर यस्तो समृद्धिले आफूसँगै ल्याएको नकारात्मक पक्ष पनि विचार गर्नुपर्ने आवश्यक्ता छ ।
देशमा रोजगारको अवस्था नरहेको कारण विदेशिएका नेपाली कामदारहरूले विदेशबाट कमाएर पठाएको÷ल्याएको रेमिटेन्सले केही हदसम्म आम जीवनमा उज्यालो ल्याएको प्रतित हुन्छ । माटो वा खरका घरहरू पक्की घरमा परिणत हुँदै गएका छन्, घरमा एल.इ.डी. टी.भी., घरका सदस्यको हातमा मोबाईल फोन, इत्यादीको उपलब्धता बढेको छ । खानपान लत्ताकपडाको स्तरमा समेत सुधार आएको छ । अधिकांश विदेशिएकाहरूले केही जग्गा जमिन, घडेरी पनि जोडेका छन् ।
समग्रमा रोजगारीका लागि विदेशिएका नेपालीको परिवारको जीवनस्तरमा पक्कै सुधार आएको प्रतित जो कोहीले गरेका छन् । विदेशीएकाहरूको आर्थिक अवस्थामा आएको सुधारबाट प्रभावित युवाहरू नेपालमा भएको अवसरलाई पनि बेवास्ता गर्दै विदेश जान कस्सिएको अवस्था पनि रहेको छ । केही विदेशिएका युवाले स्वदेशमा फर्केर विदेशमा कमाएको पैसा लगानी गरेर आप्mनै राम्रो व्यवसायहरू पनि संचालन गरेका छन् । तर यस्ता युवाको संख्या नगण्य छ ।
अधिकांश युवाले विदेशमा कमाएको पैसा घडेरी÷जग्गा खरिद, पक्की घर बनाउन र विदेश जाँदा साहुबाट लिएको ऋण तिर्न खर्चिन्छन, अनि बाँकी पैसा मोटरसाइकल, मोबाईल र टी.भी.मा खर्चिन्छन् । फेरि विदेश जानु अगाडि साहुसँग चर्को ब्याजमा ऋण लिनु विदेशबाट नेपाल फर्केकाहरूको नियति नै बनेको छ ।
वैदेशिक रोजगारीले राज्यको बेरोजगारीको चिन्तालाई कम मात्र गरेको छैन अधिकांश निम्न वर्ग र निम्न मध्यमवर्गका नेपालीको जिवन स्तर र आर्थिक अवस्थामा सुधार ल्याइदिएको छ ।
वैदेशिक रोजगारले परिवार, समाज र देशमा उज्यालो मात्र ल्याएको छैन । वैदेशिक रोजगारीका कतिपय नकारात्मक पक्ष पनि छन् । वैदेशिक रोजगारीका अँध्यारो पक्षहरू पनि छन् । रेमिटेन्सले ल्याएको खुशीका पछाडि विदेशमा काम गर्ने नेपालीको ठूलो दुःख र पीडा लुकेको छ । आप्mनो घर परिवार, समाज र देशबाट टाढा रहेर काम गर्नु आपैmमा कम पीडादायी छैन ।
त्यसमा पनि अधिकांश नेपालीले खाडि मुलुकमा निकै प्रतिकुल अवस्था (एक्सट्रिम कन्डिशन) मा काम गर्नु परिरहेको अवस्था छ । जोखिम मोलेर कमाएको पैसाले घर परिवार चलाउनेदेखि सम्पत्ति आर्जन समेत गर्नु परेको छ । वर्षौंसम्म घर परिवारसँग भेटघाट नहुँदा हुने पीडा र एक्लोपनको अनुभूति आप्mनो ठाउँमा छँदैछ ।
लामो समय घर परिवारबाट टाढा रहँदा आपसी लगाव कम हुने र पारिवारिक घनिष्टता (बण्ड) समेत कमजोर हुँदै जाने अवस्था सिर्जना भइरहेको छ । यसबाट सम्बन्ध विच्छेदका घटना र अझ विदेशबाट फर्किँदा श्रीमती नै अरूसित घरजम गरिसकेको अवस्थाहरू पनि प्रकाशमा आइरहेका छन् । त्यति मात्र होईन छोरा छोरीसँग पनि भावनात्मक भन्दा पनि पैसा दिने व्यक्तिको रूपमा प्राविधिक सम्बन्ध विकास भईरहेको छ ।
अझ विवाह गरेर श्रीमती भित्र्याएको केही हप्ता वा महिनामै रोजगारीका लागि विदेश जाने प्रचलन र बाध्यताले श्रीमान श्रीमतीको बिचमा भावनात्मक सम्बन्ध वा लगाव नै राम्रोसँग बन्न पाउँदैन । अर्को तर्फ विवाह भएको केही समयमै वर्षाैंका लागि विछोडिनु परेपछि त्यसले अर्को नकारात्मक प्रभाव निम्त्याउँछ ।
युवा तथा अपरिपक्क उमेर र श्रीमान श्रीमती बिच भावनात्मक सम्बन्ध विकास हुन नसकेको कारण विकल्पको खोजी गर्ने अवस्थाहरू देखिएका छन् । यसले सामाजिक विकृतिहरू समेत निम्तिरहेका छन् । जसका कारण विदेशमा कमाउन गएको व्यक्ति स्वदेश फर्किँदा उसँग नकमाएको सम्पत्ति न त परिवार हुने कतिपय घटना बाहिर आएका छन् ।
वैदेशिक रोजगारबाट आएको पैसाबाट सुखी जस्तो देखिने घर परिवारको आफ्नै पीडा पनि छ । पैसाले भौतिक सुख सुविधा त ल्याएको छ, तर आफन्तलाई टाढा बनाएकोे छ । केटाकेटीले बावुबाट पाउने प्रत्यक्ष माया र ममताको अनुभूति गर्न नपाएको अवस्था छ । यसबाट बाल मनमा बावुसँग हुनुपर्ने लगाव वा प्रेमको भावना कमजोर हुन्छ । अरूको बावुले गरेको माया देख्दा विदेशिएकाको बाल बच्चाको मनमा स्वाभाविक रूपमा पीडा हुन्छ नै, उसले आफूलाई कमजोर महशुस गर्छ । त्यस्तै बावु आमाले बुढेसकालमा छोराछोरीको सामिप्यता खोज्ने र सेवा चाहिने बेला छोराहरू साथमा नरहँदा वृद्ध वृद्धाको मनमा हुने पीडा पनि आप्mनो ठाउँमा छ । अर्को तर्फ विदेशिएकाले पनि बा आमाको स्याहार गर्न नपाउँदा मन दुख्छ नै ।
वैदेशिक रोजगारका लागि गएकाहरूको घरमा रहेकी पत्नीको अवस्था अझ दुःखदायी छ । श्रीमानसँग वर्षौं टाढा बस्नु पर्ने बाध्यता त छँदैछ, उसैमाथी केही पर्दा कोसँग सहयोग माग्ने भन्ने समेत समस्या छ । अर्को तर्फ एक्ली महिलालाई हाम्रो समाजमा गिद्धे दृष्टि लगाउनेहरूको पनि कमी छैन । एक्ली महिलाले घर बाहिर मात्र होइन घर भित्र पनि विभिन्न किसिमका यातना र तनाव सहनुपर्ने अवस्था छ ।
यौन उत्पीडनको प्रयत्न गर्नेले विरोध गर्दा विदेशमा रहेको श्रीमानलाई बात लगाईदिने धम्की दिने गरेका विभिन्न घटना समेत प्रकाशमा आएका छन् । कतिपय अवस्थामा यस्ता धम्की दिने र यौन उत्पीडन गर्नेमा परिवारकै पुरूष पात्रहरू रहने गरेका छन् । त्यति मात्र होइन विदेशबाट फर्किएका श्रीमानले बात लगाइएको वा शंकाको भरमा पत्नीमाथी अविश्वास गरी पत्नीलाई सम्बन्ध विच्छेद गरेको घटना समेत भएका छन् ।
रोजगारीका लागि विदेश जानु नेपाली युवाको बाध्यता हो । वैदेशिक रोजगारीले केही समृद्धि ल्याए पनि यसले समाजमा ल्याएका नकारात्मक असर प्रति सचेत हुन आवश्यक छ । वैदेशिक रोजगारीमा जानेले पनि सँधैका लागि वैदेशिक रोजगारीलाई नै आप्mनो नियती बनाउनु भन्दा एक पटक विदेशबाट कमाएर ल्याएको पैसाले घर जग्गा, र सोखका साधन जुटाउनु भन्दा पनि स्वरोजगारको व्यवस्था गरेर नेपालमै बस्ने तर्फ ध्यान दिुनु पर्छ ।
अर्को तर्फ राज्यले देशमा उद्योग धन्दाको विकासको वातावरण बनाई वैदेशिक रोजगारी न्यूनीकरण गर्नुपर्दछ । विदेश जानेले पनि राम्रो तलब प्राप्त गर्ने र परिवार समेत विदेशमा गएर बस्न सक्ने अवस्थाको सिर्जना गर्न दक्ष कामदार उत्पादनमा जोड दिनु पर्दछ । अन्यथा वैदेशिक रेमिटान्सले ल्याएको समृद्धिले समाजिक व्यवस्थालाई जर्जर बनाउँदै लैजाने पक्का छ । (लेखक, तराई मधेश सद्भावना पार्टी नेपालकी उपाध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु