एउटै कम्पनीबाट ५० हजार कामदार निकालिए

२०७३ बैशाख १८ गते, शनिबार

काठमाडौं, १८ बैशाख । साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक मानिने बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिदिएको छ ।
कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो । तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको सउदी अरबले विभिन्न उपाय निकालिरहेको जनाइएको छ । तर बिनलादिन समूहको यस निर्णयले सउदी सरकारलाई कुनै फरक नपर्ने पनि बताइएको छ ।
यो कम्पनी गत वर्ष मक्काको मस्जिदमा १०७ जना मारिने गरी भएको क्रेन दुर्घटनामा यस कम्पनी पनि दोषी पाइएपछि यसमाथि प्रतिबन्ध लगाइएको थियो ।
यो कम्पनीमा अलकायदाका पूर्व नेता ओसामा बिन लादेनको पनि सम्बन्ध रहेको बताइएको थियो । साउदी राजपरिवारबाटै ठूला ठूला निर्माणलगायतका ठेक्का पाउने यस कम्पनीमा कुनै समय दुई लाखसम्म कर्मचारी रहेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु