बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन उर्दी !

२०७३ बैशाख १६ गते, बिहीबार

काठमाडौं १६ वैशाख। भारतको बिहार राज्यमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन सरकारले उर्दी जारी गरेको छ । राज्य सरकार अन्तर्गतको आपतकालिन प्रवन्ध विभागले सर्वसाधारणमा यस्तो उर्दी जारी गरेको हो । पछिल्ला दिनमा आगलागीका घटना बढेसँगै दिनैभरी खाना पकाउने काम नगर्न आग्रह गरेको हो । त्यसैगरी किसानलाई खेतबारीमा गहुँको भुस डढाउन पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।
बिहारका मूख्यमन्त्री नितिशकुमारको निर्देशनमा विभागले यस्तो निर्देश जारी गरेको हो । सरकारी निर्देशनलाई अटेर गर्नेमाथि कारवाही हुने भएको छ । ‘निर्देशन उल्लंघन गरेका कारण आगलागी भएको पाइए कडा कारवाही गरिने विभागले जनाएको छ ।
खाना पकाइसकेपछि पनि चुलोमा आगो निभाउन भनिएको छ । विभागका अनुसार विगत एक महिनामा बिहारमा राज्यमा आगलागीमा परेर ६७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरु