एप्पलको मुनाफा घट्यो

२०७३ बैशाख १५ गते, बुधबार

काठमाडौँ, १५ वैशाख । एप्पलको मुनाफ १३ वर्ष यता पहिलो पटक घटेको छ । एप्पललको यो वर्षको पहिलो चौमासिकमा मुनाफ १३ प्रतिशतले घटेको छ । आइफोनको बिक्रीमा आएको कमीका कारण एप्पलको मुनाफा गएको वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्षको पहिलो चौमासिकमा १३ प्रतिशतले घटेको हो । सन् २००३ यता एप्पलको बिक्री घटेको यो पहिलो पटक हो ।
यो वर्षको पहिलो चौमासिकमा ५० अर्ब ५६ करोड अमेरिकी डलर बराबरको बिक्री भएको एप्पलले जनाएको छ । गएको वर्ष यही अवधीमा ५८ अर्बको सामान बिक्री भएको थियो । एप्पलले यो अवधिमा पाँच करोड १२ लाख आइफोन बिक्री गरेको छ । गएको वर्षको यही अवधिमा ६ करोडा १२ लाख आइफोन बिक्री भएको थियो । चीनमा एप्पलको व्यापार सबै भन्दा धेरै घटेको छ । त्यहाँ एप्पलको बिक्रीमा २६ प्रतिशतले गिरावट आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु