भारतीय प्रहरी नेपाल प्रवेश गरेकाे बिरोधमा प्रदर्शन

२०७३ बैशाख १४ गते, मंगलवार

काठमाडौं, १३ बैशाख । नेकपा माअाेवादीले अाइतबार नेपालकाे डाेटी र अछाम जिल्लाकाे सीमानामा भारतीय प्रहरीकाे जत्था प्रवेश गरेकाे भन्दै राजधानीलगायत देशका बिभिन्ना स्थानमा विराेध प्रदर्शन गरेकाे छ । यसैक्रममा काठमाडौंकाे शान्तिबाटीकाबाट निकालिएको विराेध जुलुशमा भारतीय प्रहरीकाे हस्तक्षेपका विरूद्ध चर्का नाराहरू लगाउदै शहर परिक्रमा गरिएको थियो । विराेध जुलुश शान्तिबाटीकाबाट जमल, असन र न्युराेडहुँदै सुन्धरामा पुगेर काेण सभामा परिणत भएकाे थियाे ।
काेणसभालार्इ संवाेधन गर्दै नेकपा माअाेवादीका पाेलिटब्युराे सदस्य सन्ताेष बुढामगरले भारतीय प्रहरी निर्वाध रूपले नेपाल भूमिमा प्रवेश गर्दा पनि सरकारले अहिलेसम्म कुनै विराेध वक्तव्य समेत ननिकाल्नु ठूलाे चिन्ताकाे विषय भएकाे बताए । ‘भारतीय प्रहरीहरू नेपालभित्र हतियारसहित प्रवेश गर्नु भारतीय विस्तारवादकाे याे नांगाे हस्तक्षेप हाे ।’ विराेध सभालार्इ संवाेधन गर्दै बुढाले भने -‘तर सरकारले अहिलेसम्म कुनै विराेध गरेकाे छैन । याे नेपाल सरकारकाे लाचार काम हाे ।यसकाे हामी जाेडदार विराेध गर्छाै ।’
माअाेवादीकाे उपत्यका व्युराेकाे अायाेजनामा भएकाे साे कार्यक्रममा विप्लव माअाेवादीका नेताहरूले नेपाल प्रहरीले नेपाली भूमिमा प्रवेश गरेका भारतीय प्रहरीलार्इ गिरफ्तार गरेकाेमा विशेष अाभार र धन्यवाद दिएका थिए । ‘अछाममा नेपाल प्रहरीले गरेकाे देशभक्ति कामकाे हामी उच्च सम्मान र मुल्यांकन गर्दछाैं ।’ नेकपा माअाेवादीका केन्द्रीय सदस्य माइला लामाले संवाेधन गर्दै भने, ‘हामी देशभक्त नेपाल प्रहरी, सेनालगायत सबै नेपाललार्इ माया गर्नेहरूसँग एक भएर जाने छाैं ।’ भारतीय प्रहरीले नेपाल भूमिमा प्रवेश गरेर गरेकाे हस्तक्षेपका विरूद्ध माअाेवादीका कार्यकर्ता र जनताले नेपाल प्रहरीकाे देशभक्ति कामकाे प्रशंसा गर्दै चर्का नारा लगाएका थिए ।

प्रतिक्रियाहरु