अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई खुट्टा काट्न सुझाव

२०७३ बैशाख १४ गते, मंगलवार

काठमाडौ, १४ बैशाख । अन्डरवर्ल्ड डन दाउद इब्राहिमले आफ्नो खुट्टा गुमाउन सक्ने सम्भावना देखिएको छ । गम्भीर बिरामीका कारण चिकित्सकले उनको खुट्टा काट्नुपर्ने सुझाव दिएको बताइन्छ । समाचार एजेन्सीहरुका अनुसार उनलाई ‘गेंग्रीन’ नामक रोग लागेको छ । यो रोक लागेका मानिसको शरीरका अंग मृत हुन्छन् र क्रमशः पुरै शरीर प्रभावित भई मृत्यु हुन्छ । दाउदको खुट्टा उक्त रोगबाट प्रभावित भएको बताइन्छ । त्यसैले चिकित्सकले उनको खुट्टा काट्न सुझाव दिएको बताइन्छ ।
भारतीय टेलिभिजन च्यानल ‘सिएनएन–न्यूज १८’ को रिपोर्टअनुसार मधुमेह र उच्च रक्तचापका कारण दाउदलाई सो रोग लागेको हो । हाल उनको उपचारमा संलग्न चिकित्सकले खुट्टा काटेर बाँकी शरीरका अंग बचाउनबाहेक अरु कुनै विकल्प नरहेको बताएका छन् । उनी हाल हिँडडुल गर्नसमेत नसक्ने भएका छन् । पाकिस्तानको कराँचीस्थित लियाकत नेशनल अस्पतालका चिकित्सकले उनको उपचार गरिरहेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु