‘मधेसको माग काँग्रेसले सम्बोधन गर्छ’

२०७३ बैशाख १३ गते, सोमबार

काठमाडौँ, १३ बैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मधेसको माग काँग्रेसले सम्बोधन गर्नसक्ने बताएका छन । अमेरिका भ्रमणका क्रममा आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने – काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अडानका कारण संविधान जारी भएको हो । सातदशक लामो अथक प्रयासबाट संविधान आएकामा खुसी छु । कोइरालाले अगाडि भने – “अब संविधान आएको छ । यसको कार्यान्वयन गर्ने जिम्मा हामीहरुको हो ।” महामन्त्री कोइरालाले तेह्राँै महाधिवेशनले काँग्रेसमा ६० र ४० को भागबण्डा अन्त्य गरिदिएको दाबी पनि गरे ।
कोइरालाले पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्दै प्रविधि मैत्री ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिँदै भने – अब हरेक गाविसलाई सूचना सञ्जालबाट जोड्न सक्दो प्रयत्न गर्नेछु ।
सरकार परिवर्तनको विषयमा टिप्पणी गर्दै कोइरालाले भन्नुभयो – हामी सरकार परिवर्तनको पक्षमा छैंनाँैं तर व्याप्त कालोबजारी, भूकम्पपीडितको मर्का र दातृनिकाय मार्फत सङ्कलित रकमको उपयोगविहीनताले सरकारको नैतिक आधार गुमेको अवस्था छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु