ओबामाको अभिव्यक्तिलाई बकवासको संज्ञा

२०७३ बैशाख १३ गते, सोमबार

काठमाडौ, १३ बैशाख । अमेरिकी राष्ट्रपति बराक ओबामाले ब्रिटेन युरोपेली संघबाट बाहिरिएमा उसलाई अमेरिकासँग कारोबारको सम्बन्ध बनाउन अरु दश वर्ष लाग्ने अभिव्यक्ति दिएकामा ब्रिटेन ईयूबाट बाहिरिनुपर्ने अभियान चलाइरहेकाहरुले आपत्ति जनाएका छन् । ईयूबाट बाहिरिंदा विश्वस्तरमा बेलायतको प्रभाव कम हुने पनि ओबामाले बताएका थिए । तर यूकेआईपीका नेता निगेल फराजले ओबामाको अभिव्यक्तिलाई बकवासको संज्ञा दिएका हुन् । ओमान र अष्ट्रेलिया जस्ता देश अमेरिकासँग व्यापारिक सम्बन्ध बनाइरहेको उदाहरण दिँदै फराजले ओबामाले बेलायतलाई पाठ पढाउन जरुरी नरहेको बताए ।

प्रतिक्रियाहरु