माओवादी केन्द्रीय सदस्य माइला लामा निसर्त रिहा

२०७३ बैशाख १२ गते, आईतवार

काठमाडौं, १२ बैशाख । नेकपा माओवादीका केन्द्रीय सदस्य माइला लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरन्जीवि ढकाललाई प्रहरीले निसर्त रिहा गरेको छ । प्रहरीले शनिबार बेलुका राजधानीको कपनबाट पार्टीका कामकै सिलसिलामा बाटो हिडिरहेका अवस्थामा नेता लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरन्जीवि ढकाललाई गिरफतार गरिएको थियो । गिरफ्तारपछि लामा र ढकाललाई अनुसन्धानका लागि भन्दै तीनकुने प्रहरी बृत्तमा राखिएको थियो । नेताद्वयलाई बिना सर्त आइतबार दिउँसो २ बजे रिहा गरिएको हो ।
रिहापछि प्रहरी बृत्तबाट माओवादीका नेता तथा कार्यकर्ताले अबिर माला लगाएर बुझेका थिए । रिहापछि नेता लामाले निसर्त रिहा गराउन पहल गर्ने मिडिया र शुभचिन्तकलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छ । लामाले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘मेरो गिरफ्तारीको विषयमा सर्वत्र चिन्ता चासो एवं निशर्त रिहाईका लागि आ–आफ्नो क्षेत्रबाट पहलर दबाब गर्ने मित्र, कमरेड, जनकलाकार तथा आम जनसमुदायलाई हार्दिक धन्यवाद एवं हृदयदेखि उच्च सम्मान व्यक्त गर्दछु ।’

प्रतिक्रियाहरु