उत्तर कोरियाले दियो कडा चेतावनी, सैन्य अभ्यास रोक्न दबाब

२०७३ बैशाख १२ गते, आईतवार

काठमाडौं, १२ बैशाख । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास नरोकेसम्म आफ्नो परमाणु कार्यक्रम जारी रहने चेतावनी दिएको छ ।
उत्तर कोरियाली विदेशमन्त्री री सु योंगले दक्षिण कोरियाको रवैयाप्रति अमेरिका चुप लागेर बसेको भन्दै यस्तो चेतावनी दिएको हो । यता उत्तर कोरियाले हिजो मात्रै मिसाइल परीक्षण गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गरेको भन्दै अमेरिकाले उत्तरलाई चेतावनी दिएको बेला उल्टै उत्तर कोरियाले यस्तो धारणा सार्वजनिक गरेको हो ।
उत्तर कोरियाले गत केही महिनादेखि अनधिकृत रुपमा मिसाइल परीक्षण गरेपछि राष्ट्रसंघ, अमेरिकालगायत मुलुकले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध लगाएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु