माओवादीको आन्तरिक कार्यक्रममा प्रहरीको हस्तक्षेप

२०७३ बैशाख १२ गते, आईतवार

काठमाडौं ११ बैशाख । नेकपा माओवादीको आन्तरिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । माओवादीको काठमाडौं जिल्ला मातहतको आन्तरिक प्रशिक्षण कार्यक्रममा प्रहरीले व्यापक धरपकड गर्दै प्रहरीले सो हस्तक्षेप गरेको हो । काठमाडौंको कपन स्थित बालउद्धार उमाविमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा प्रहरीले व्यापक धरपकड गरेको नेकपा माओवादीले जनाएको छ।
धरपकडपछि प्रहरीले माओवादीका ४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरिएको बताइएको छ । गिरफ्तार पर्नेहरुमा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला सेक्रेटरी माईला लामा र जिल्ला सदस्य चिरञ्जीवि देवकोटा, ज्ञानेन्द्र सहित अन्य १ जना रहेका छन । सादा पोसाकमा आएका प्रहरीले चारैतिरै बाट घेरा हाली साङ्घातिक रुपमा हमला गरी नेता कार्यकर्ता माथि धरपकड गरेको बताईएको छ ।

प्रतिक्रियाहरु