माओवादीद्वारा १५ रोपनी जग्गा कब्जा

२०७३ बैशाख ११ गते, शनिबार

काठमाडौँ, ११ वैशाख । नेकपा माओवादीले उदयपुर जिल्लाको पश्चिम पहाडी गाविस लेखानी २ ,को घुर्मी बजार स्थित बालकुमारी गौतमको नाममा रहेको जग्गा कब्जा गरेको छ । पार्टी जिल्ला सेक्रेटरी केदार राई हस्ताक्षरित गरिएको विज्ञप्तिमा लेखानी–२ ,मा रहेको ‘ख’ कित्ता नम्बर ४८’ को १५ रोपनी ,१२ आना जग्गा पार्टीले कब्जा गरेको बताइएको छ । विज्ञप्तीमा मोदनाथ गौतमबाट ०४२ सालमा लेखानी २ ुख ु३३ नम्बर कित्ताको २६ रोपनी जग्गा बालकुमारीले र सोही ठाउँको ४८ नम्बरको जग्गा शेरबहादुर लुंगेली मगरले किनेको तर लिखत पास गर्दा उल्टापाल्टी हुन गई ४८ नम्बर कित्ता गौतमको नाममा पर्न गएको रहस्य ०७० सालमा मात्र खुलेको बताइएको छ । दुवैले भोगचलन गर्दै आएको जग्गा शेरबहादुरबाट ०७० मा केशरबहादुर थापा मगर र डम्बरबहादुर थापा मगरले किनेपछि लिखत पास गर्न सदरमकुाम आउँदा मालपोत कार्यालयले उक्त जग्गा बालकुमारी गौतमको नामको जग्गा कब्जा गरिएको हो । विवादमा भएको उक्त जग्गाको मिलाई दिन आग्रह गर्दै आएको निवेदनमा मिलाउन खोज्दा नमिलेपछि पार्टीले जग्गा कब्जा गर्ने निर्णय गरेको जारी गरिएको विज्ञप्ती मा जनाइएको छ । विज्ञप्तीका अनुसार गौतम परिवारले केही वर्षअघि स्थनीय भीमबहादुर आले मगरबाट करकापमा पारेर ५० हजार लिएको तथा अर्का प्रेमबहादुर आले मगरलाई जग्गा दिने सर्तमा पैसा लिएर जग्गा नदिएको आरोप समेत लगाइएको छ ।

प्रतिक्रियाहरु